राँझा । बाँके निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा तीव्र गतिका कारण हुने सवारी दुर्घटनाले मानवीय क्षति बढ्दै गएको छ । पूर्वपश्चिम राजमार्गको बाँके निकुञ्जको ७२ किलोमिटर क्षेत्रमा तीव्र गतिका कारण सवारी दुर्घटना हुने गरेका छन् ।
गत शुक्रबार मात्रै दाङबाट बर्दियातर्फ जाँदै गरेको ना७ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्ज नजिक बाँके निकञ्ज क्षेत्रमा बिग्रेर सडक छेउमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।
उक्त दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेतहनी गाउँका सात जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । बाँके निकुञ्जको ७२ किलोमिटर क्षेत्रमा कुनै ‘टाइम कार्ड’को व्यवस्था नभएकाले तीव्र गतिका कारण हुने गरेका सवारी दुर्घटनामा मानवीय र वन्यजन्तुको ज्यान जाने गरेको छ ।
राजमार्ग क्षेत्रका अधिकांश दुर्घटना तीव्र गतिका कारण भएको पाइएको प्रहरी नायब उपरीक्षक तिवारीले बताए । बर्दिया निकुञ्जमा जस्तै बाँके निकुञ्जमा पनि राजमार्ग क्षेत्रमा ‘टाइम कार्ड’ लागू गर्नसके तीव्र गतिका कारण हुने सवारी दुर्घटना र सवारीसाधनमा ठोक्किएर हुने वन्यजन्तुको मृत्यु पनि रोकिने उनको भनाइ छ । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गको ७२ किमी क्षेत्रमा बितेका तीन आर्थिक वर्षमा ५६ ठूला दुर्घटना भएका छन् ।
आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म तीन आवमा भएका ५६ दुर्घटनामा परी बाँके निकुञ्ज क्षेत्रमा ४४ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए ।
निकुञ्ज क्षेत्रभित्र राजमार्गमा तीव्र गतिका कारण सवारी दुर्घटना हुने गरे पनि बीचबीचमा बस्ती भएका कारण टाइम कार्ड लागू गर्न कठिनाइ हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: