Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कमलामाईमा मासुको अव्यवस्थित व्यापार

सांकेतिक तस्विर
खबरडबली संवाददाता

सिन्धुली । कमलामाई नगरपालिकाको कार्यालय भवन छेवैमा रहेको कृषिउपज बजारभित्र तीन मासु पसल छन् । कोठा नं ५ मा सुमित माछा पसल, कोठा नं ६ मा बराल मासु पसल र कोठा नं ८ मा खाँडादेवी मिट सप्लायर्स । यी मासु पसलका कारण कृषिउपज बजार नै दुर्गन्धित बनेको छ ।

मासु पसलबाट आउने दुर्गन्धले वरपरका व्यापारी मात्रै होइनन्, तरकारी, फलफूल, दूध, दहीलगायत बजारभित्र पाइने अन्य सामान किन्न आउने उपभोक्ता पनि पीडित भएका छन् ।

कृषिउपज बजारभित्र पस्नै मन नलाग्ने र मासु पसलबाट आउने दुर्गन्धले नाक थुनेर हिँड्दा पनि टाउको दुख्ने गरेकाे  उपभोक्ता मुना पौडेलले बताइन् । ति पसलबाट आएकाे दुर्गन्धले वाकवाकी समेत लाग्ने यनकाे गुनासाे छ । गर्मी महिनामा यहाँको दुर्गन्धले सामान नै किन्न नसक्ने अवस्था रहेकाे उनले बताइन् ।

मासु पसल नजिकै रहेको सुुरेश फलफूल होलसेल पसलका एक कर्मचारी र तरकारी पसलकी सिखिला देवी चौधरीकाअनुसार मासु पसलमा हुने फोहर र दुर्गन्धका कारण व्यापार गर्न नै समस्या भइरहे बताउँछन् ।

उपभोक्ता नाक थुनेर आउँने र तरकारी किनेर फर्किने गरेकेा उनकाे दुखेसाे छ । यो समस्या धेरै वर्षदेखि भोग्दै आएकाे बताउँदै उनले  सधैँ बिहानदेखि साँझसम्म यहीँ बसेर व्यापार गर्न कठिन भएकाे चाैधरीकाे भनाइ छ ।  छिमेकी मासु पसलका व्यारीलाई यस विषयमा केही भन्यो भने रिसाइ हाल्ने उनकाे भनाइ छ । 

बराल मासु पसलका सञ्चालक तालविक्रम बरालका अनुसार उनले २० वर्षदेखि यही ठाउँमा मासु पसल सञ्चालन गदैँ आएका छन् आफ्नो पसलबाट स्वस्थ मासुमात्रै बिक्री हुने उनले दाबी गरे ।नगरपालिकाको कार्यालय भवन आसपासमा पसलबाट आउने दुर्गन्धका कारण बस्नसक्ने अवस्था हुदैन । बिक्रीका लागि राखिएका मासु बाहिर पनि खुला, नछोपिएको अवस्थामा राखिएको स्थानीय बताउँछन् ।

कमलामाई नगरपालिका–५ मधुटार, पुलचोकमा रहेको पृति माछा पसल, श्री रितु माछा पसल र पुलामी फ्रेस मिट हाउसको अवस्थामा पनि उस्तै छ । बसपार्कबाट मघुटार जाने पुल कट्नेबित्तिकै आउने साँघुरो सडकको छेवैमा यी पसल सञ्चालित छन् । माछा र मासु पसलबाट आउने दुर्गन्धले स्थानीयवासीसँगै सडकमा गुड्ने सवारीसाधन र पैदल यात्रुलाई समेत असर परिरहेको स्थानीय समीक्षा बुढाथोकीले बताए।

“यहाँ राखिएका माछा र मासु पसलबाट केही किनेर खाऔँ झैँ लाग्दैन । बाटोको धुलो त्यही, झिँगा त्यस्तै भन्केको हुन्छ । फोहर उस्तै देखिन्छ”, उनले भने, “यहाँको बाटो हिँड्ने यात्रु पनि नाक थुनेर हिँड्न बाध्य छन् । मासु पसल मापदण्डविपरीत चलेका छन् ।” सिन्धुलीमाडीमा अवस्थित शनिबारे हाटमा खुला स्थानमा सुगुँर, बुङ्गुर, राँगाको मासु र माछा बेच्न राखिएका देखिन्छन् । यहाँबाट निस्कने फोहर र दुर्गन्धले बजारलाई प्रदूषित बनाउने गरेको स्थानीय बताउँछन् ।

कमलामाई नगर पशु शाखामा दर्ता भएका ३० मासु पसल छन् । कनपा–४ मा तीन, वडा नं ५ मा सात, वडा नं ६ मा १०, वडा नं ७ मा पाँच, वडा नं ८ मा दुई, वडा नं १० मा एक र वडा नं १२ मा दुई मासु पसल दर्ता भएर सञ्चालित छन् । यीबाहेकका धेरै मासु पसल दर्ताविना नै सञ्चालन भइराखेका छन् भने दर्ता भएका मासु पसलले पनि न्यूनतम मापदण्डसमेत पूरा गरेका छैनन् ।

“माछामासुको पसल बोर्डमा अडरअनुसार जिउँदो ताजा माछा, मासु पाइने कुरा लेखिएको हुन्छ । तर मासु पसलेले मरेर सड्नै लागेको माछा र उपचार नलागेको बिरामी पशुकोसमेत बिक्री गर्ने गरेका छन्”, स्थानीय मोहन ढकालले भने, “कमलामाई नगरपालिकाभित्र मात्रै होइन, उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर मापदण्डको पूर्ण कार्यान्वय गरेर सञ्चालनमा भएका मासु पसल जिल्लामा शिला खोज्दा पनि भेट्न सक्ने अवस्था छैन ।”

व्यापारी तथा व्यवसायीले विनापरीक्षण मासु वितरण गर्दा, बधशाला र मासु बिक्रीका लागि राखिने ठाउँसमेत व्यवस्थित नहुँदा यहाँका उपभोक्ता गुणस्तरहीन र अस्वस्थ्यकर मासु खान बाध्य भएका उनको भनाइ थियो । १० वर्ष मासु व्यवसाय गरेर हालै छोड्नुभएका ढकालका अनुसार मासु व्यवसायीले न्यूनतम मापदण्डसमेत पूरा नगरी मासु बेचिरहेका छन् । उचित पशु बधशाला र व्यवस्थित मासु बजारको अभावमा जथाभावी बध गर्ने, खुलारुपमा सडक छेउमै मासु बेच्न राख्ने गर्नाले समस्या झन बढ्दै गएको उनले बताए ।

यसरी मापदण्डविपरीतका मासु पसलका कारण गुणस्तरीय र स्वच्छ मासु उपभोक्ताले पाउन नसकेको ढकालले बताए। “माछामासु पसल उपभोक्तको हितविपरीत सञ्चालनमा छन् । यसले सिधै मानव स्वास्थ्यमा असर परिरहेको छ”, उनले भने, “स्थानीय सरकारले बजार अनुगमनलाई तीव्रता दिनुका साथै माछामासु पसलका लागि व्यवस्थित बजार र पशुबधशालाको व्यवस्था गर्नुपर्छ ।”

न्यूनतम मापदण्ड पूरा नगरी माछा तथा पशुपक्षीका मासु बिक्री हुने गरेको गुनासो आउन थालेपछि नगरपालिकाले अनुगमन गरेर सुधार गर्नका लागि सुझाव दिएको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताए । “अनुगमनका क्रममा कतिपय माछामासु पसलमा बिक्री वितरणका लागि राखिएको ठाउँमै किरा परेकोसमेत भेटेका थियौँ । उनीहरुलाई सम्झाइबुझाइ गर्नुका साथै जरिवाना तिराएका छौँ”, उनले भने, “कारबाहीस्वरुप जरिवाना तिराउँदा पनि अटेर गर्नेलाई मासु पसल बन्द गर्न नगरबाट पत्र पठाउने कार्य अगाडि बढाएका छौँ ।”

नगरपालिकाले नियममित अनुगमन गरेर न्यून मापदण्ड पूरा नगर्ने मासु पसललाई कारबाही गर्न थालेपछि केहीमात्रामा सुधार भएको नगरप्रमुख पोखरेलले बताए । अस्वस्थकर मासु खुवाएर जनताको स्वास्थ्यमा खेलबाड गर्ने मासु व्यापारी तथा व्यवसायीको पसल गरिदिने उनले चेतावनी दिए ।

माछामासु पसल र पशुबधशालालाई व्यवस्थित बनाइ उपभोक्तालाई गुणस्तरीय र स्वस्थकर माछामासु उपभोग गराउने कमलामाई नगरपालिकाको नीति कार्यान्वयन आउन सकेको छैन ।

मुख्य बजार क्षेत्र तथा व्यस्त सडकको छेउमा अव्यवस्थित रुपमा माछामासु व्यवसाय सञ्चालनमा रोक लगाइ छुट्टै व्यवस्थित स्थान तोकिदिनुपर्ने स्थानीय शिक्षक रमेश देवकोटाको धारणा छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: