काभ्रे । काभ्रेपलाञ्चोकमा पहिरोको उच्च जोखिम रहेको जनाउँदै तेमाल गाउँपालिकाको दुई स्थानमा अध्ययन सुरु गरिएको छ।
अध्ययन टोलीमा भूगर्भ विज्ञान, सामाजिक विज्ञान र मानविकी सङ्कायका नेपाली तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता छन्। अध्ययनका लागि पहिरोको उच्च जोखिम रहेको तेमालको वडा नं ४ स्थित आखेलादुर्सा र वडा नं ५ को थालागाङमा अत्याधुनिक उपकरण राखिएको छ।
पहिरोको कारण र समय पत्ता लगाउन अनुसन्धान थालिएको टोलीमा सहभागी नेपाली भुगोलविद् गोपीकृष्ण बस्थालले बताए। ‘तेमालमा वर्षा, कम्पन र चिस्यानको औषत् मापनद्वारा पहिरोको कारणबारे अनुसन्धान गरिरहेका छौँ, अनुसन्धानले पहिरो जानुपूर्व नै स्थानान्तरण तयारी गर्न तथा नीति(कार्यक्रम बनाउनको मद्दत पुग्नेछ,’ उनले भने।
बस्यालका अनुसार जमिनमा राखिने ‘बेव इन्यावल्ड डाटा लगर’सहितको उक्त उपकरणमा चिस्यान मापन गर्ने यन्त्र, तापक्रम र आद्रता नाप्ने सेन्सर र ध्वनी उत्सर्जन गर्ने सेन्सर जडान गरिएका छन्।
उक्त उपकरणले सेन्सरमार्फत सबै ‘डाटा रेकर्ड’ गरिरहेको हुन्छ। बस्यालले भने, “उपकरणले पहिरो जाँदैछ भनेर साइरन बजाउँदैन तर, जमिनभित्रको तथ्याङ्कले पहिरो जानसक्ने अवस्थाबारे जानकारी दिएपछि पूर्वतयारी गर्नुपर्छ र योजना बनाउन सहज पुग्ने छ।
गाउँपालिकामा सजग नेपाल नामक एक सोधमूलक परियोजनाको संयोजकत्वमा प्राविधिक र सामाजिक–सांस्कृतिक अध्ययन गर्न थालेको हो। उक्त परियोजनामा सोशल साइन्स, तथा बेलायत, क्यानडा, न्यूजिल्यान्डका विभिन्न विश्वविद्यालयलगायत एनएसइटीका प्रतिनिधिमूलक संस्था प्रतिनिधिको संग्लग्नता रहेको छ।
परियोजनाको नेपाल सरकारको सरोकारवाला निकाय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वातावरण तथा विपद् व्यवस्थापन शाखा, भूकम्प प्रविधि राष्ट्रिय समाजले अवलोकन निरीक्षण गरिरहेको छ।
नेपालका पहिरोको उच्च जोखिम अध्ययन अनुसन्धानमा संलग्न मानवशास्त्री टेकबहादुर दोङले काभ्रेपलाञ्चोकको तेमालका दुई स्थानका अलावा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिको मार्मिङ र कोदारी, बाह्रबिसे नगरपालिकाको तल्लो सिगार्चे र माथिल्लो सिगार्चे, दोलखाको भीमेश्वर नगरस्थित फेदी र बोस्युङपा र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका– २ स्थानमासमेत १० स्थान उक्त उपकरणद्वारा पहिरोको उच्च जोखिमबारे अध्ययन भइरहेको जानकारी दिए।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काभ्रेपलाञ्चोकलाई यसवर्ष बाढीपहिरोको उच्च जोखिममा ‘मध्यम’ जिल्लाका रुपमा सूचीकृत गरेको थियो।
यस्तै जिल्लामा यस वर्षको ‘मनसुनजन्य विपद्’मा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले जनाएको थियो ।
शाखाको विपद् तथा जोखिम वर्गीकरणमा परेकामध्ये सबैभन्दा बढी मण्डनदेउपुर नगरमा सबैभन्दा बढी सात सय ८५ र सबैभन्दा कम बेथानचोक गाउँपालिकामा एक सय ४८ घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको उल्लेख गरिएको थियो। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - ०९:३१
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु ...
माघ ९ गते, २०८२ - ०९:२६
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् । जिल्ला पार्टी सचिव...
माघ ९ गते, २०८२ - ०९:१४
म्याग्दी। लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा...
माघ ९ गते, २०८२ - ०८:३०
तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको ...
माघ ९ गते, २०८२ - ०८:२६
बागमती । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य ...
माघ ९ गते, २०८२ - ०७:२८
काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने...
माघ ९ गते, २०८२ - ०७:२२
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थिय...
माघ ९ गते, २०८२ - ०७:१३
महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...
माघ ९ गते, २०८२ - ०७:१०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...
माघ ९ गते, २०८२ - ०७:०८
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...




प्रतिकृया लेख्नुहोस्: