काठमाडौँ । नेकपा (एमाले) महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच सोमबार भेटवार्ता भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहेका महासचिव पोखरेलको सोमबार सिपिसीका विदेश विभाग प्रमुख लिउ जियनचाओबीच बेइजिङमा भेटवार्ता भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
सो अवसरमा महासचिव पोखरेलले आफूहरु एक चीनको पक्षमा दृढ रहेको उल्लेख गर्दै चीनविरोधी गतिविधि नेपालको भूमिबाट हुन नदिने बताए ।
महासचिव पोखरेलले एमालेले असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको बताए । उनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच भएका सहमति कार्यान्वयनको पक्षमा एमाले रहेको भनाइ राखे ।
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध घनिष्ठ र सुमधुर रहेको उल्लेख गर्दै यस सम्बन्धलाई नयाँ उचाइमा लैजान चाहेको बताए ।
उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएका सहमति कार्यन्वयनका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाए । विदेश विभाग प्रमुख लिउ जियनचाओले चीन सधैँ शान्ति, विकास र समृद्धिको पक्षमा रहँदै आएको स्पष्ट पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १७:४३
.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...
चैत्र २ गते, २०८२ - १६:४९
काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...
चैत्र २ गते, २०८२ - १६:४३
ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...
चैत्र २ गते, २०८२ - १६:२७
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...
चैत्र २ गते, २०८२ - १६:२०
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...
चैत्र २ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...


प्रतिकृया लेख्नुहोस्: