मकवानपुर । हेटौँडा उपमहनगरपालिकासहित मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन एक गतेदेखि हालसम्म डेङ्गुबाट सङक्रमितको सङ्ख्या चार सय २१ पुगेको छ ।
उक्त कार्यालयका अनुसार जिल्लामा हालसम्म सबैभन्दा बढी सङ्क्रमित हेटौँडा उपमहानगरपालिकामा रहेको र त्यहाँ अहिलेसम्म तीन सय २९ जनामा डेङ्गु फेला परेको छ ।
त्यसैगरी थाहा नगरपालिकामा एक, मकवानपुरगढी गाउँपालिकामा ११, बागमती गाउँपालिकामा २०, मनहरि गाउँपालिकामा ३३, इन्द्रसरोवर गाउँपालिकामा दुई, भीमफेदी गाउँपालिकामा दस, वकैया गाउँपालिकामा १४ तथा विकट एवम् दुर्गम राक्सिरागङ गाउँपालिकामा एकजना डेङ्गु सङ्क्रमित फेला परेको छ ।
उक्त कार्यालयको विवरणअनुसार सो अवधिमा जिल्लामा एक पुरुषको डेङ्गुबाट मृत्यु भएको थियो । जिल्लामा सोमबारसम्म थप १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेकामा हेटौँडा उपमहानगरपालिकामा छ, मकवानपुरगढी गाउँपालिकामा एक, मनहरि गाउँपालिकामा दुई जनाका साथै यहाँ बस्दै आएका अन्य जिल्लाका तीन जनामा पनि सङ्क्रमण फेला परेको थियो
जिल्लामा दैनिक सरदर दसभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित भइरहेका अनुमान उक्त कार्यालयले गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ८ गते, २०८१ - १६:४८
काठमाडौँ । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको सम्पति अधिकांश श्रीमती जुलीकुमारी महतोको नाममा रहेको छ । महतोको नाममा जनकप...
जेष्ठ ८ गते, २०८१ - १६:३८
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी)अर्यालले सम्पति विवरण सार्वजनिक गरेको छन् । सार्वजनिक मन्त्रीहरूको सम्पत्ति विवरण...
जेष्ठ ८ गते, २०८१ - १६:३१
काठमाडौँ । सहरी विकासमन्त्री धनबहादुर बुढाले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको...
जेष्ठ ८ गते, २०८१ - १६:१२
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्पती विवरण सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक उनको सम्पत्ति विवरणमा आफ्नो ...
जेष्ठ ८ गते, २०८१ - १५:५७
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार आफ्नोसहित श्रीमती निकिता पौडेलको...
जेष्ठ ८ गते, २०८१ - १५:४५
काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनु...
जेष्ठ ८ गते, २०८१ - १५:३९
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गर्न माग गर्दै राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरे...
जेष्ठ ८ गते, २०८१ - १४:४१
काठमाडौँ । प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ फिर्ता भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेल...
जेष्ठ ८ गते, २०८१ - १४:२६
काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवर...
जेष्ठ ८ गते, २०८१ - १४:१९
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको टिप्पणी गरेका छन् । प्रतिनि...
प्रतिकृया लेख्नुहोस्: