Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

को हुन् स्वर्गीय सुवास नेम्वाङ ?

नेम्वाङ गुमाउँदा नेपालको राजनीतिमा निकै ठूलो रिक्तता भएको छ

खबर डबली

काठमाडौं । दुवै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । ७१ वर्षीय नेम्वाङको हृदयघातका कारण निधन भएको हो ।

बालुवाटारस्थित निवासमै हृदयघात भएपछि शिक्षण अस्पताल महाराजगंज र्पुयाइएका नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए । हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट उनको शवलाई पार्टी कार्यालय च्यासलमा ल्याएर बुधवारसम्म श्रद्धाञ्जलिका लागि राखिएको छ ।  

नेम्वाङका छोराहरू देशबाहिर रहेकाले उनीहरू फर्किएपछि परिवारको सल्लाहअनुसार बुधवार बेलुकी उनको अन्तिम संस्कार गरिने  एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।

एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङलाई अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रकाे रूपमा  मानिन्थ्यो । गत फागुनमा भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका थिए । तर उनी नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।

विसं २००९ साल फागुन २८ मा इलाममा जन्मिएका नेम्वाङले कानुनमा स्नातक गरेका थिए  ।केही समय कानुन व्याविायीको रूपमा काम गरेका उनले नेपाल ल क्याम्पसमा प्राध्यापनसमेत गरेका थिए । हाल  प्रतिनिधिसभामा सदस्य रहेका नेम्वाङ इलाम २ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए । 

२०४८ सालमा राष्ट्रियसभा सदस्य भएर संसदीय अभ्यासमा प्रवेश गरेका नेम्वाङ २०५२ सालमा पुनः राष्ट्रियसभा सदस्य निर्वाचित  भएका थिए । उनी दुईपटक राष्ट्रियसभाको सदस्य भएका थिए । 

०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेम्वाङ त्यसयताका कुनै पनि निर्वाचनमा पराजित भएका थिएनन् । इलाम–२ बाट निर्वाचित भएर ०६४ र ०७० सालको संविधानसभामा अध्यक्षता गरेका नेम्वाङ संविधान जारी भएपछि जिम्मेवारीबाट हटेका थिए । एमाले राजनीतिबाट करिब ९ वर्ष टाढा देखिएका नेम्वाङ संविधानसभा अध्यक्षबाट राजीनामा दिएसँगै एमाले राजनीतिमा फर्किएका थिए ।

पार्टी राजनीति

विद्यार्थी कालदेखि नै राजनीतिमा लागेका नेम्वाङ ०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति बनेका थिए । ०३३ सालपछि नेकपा मालेमा संगठित भएका नेम्वाङ ०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकतापछि बनेको नेकपा (एमाले)मा सक्रिय भएका थिए ।

०५४ को छैटौं महाधिवेशनदेखि एमाले केन्द्रीय कमिटी सदस्य भएका उनी ०७१ सालमा भएको नवौं महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य बनेका थिए । ०७८ सालमा चितवनमा भएको दशौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचितल भएका नेम्वाङ पछिल्लो समय राजनीतिप्रति नागरिकको असन्तुष्टिप्रति चिन्तित् देखिन्थे ।

चार कार्यकाल संसद्को नेतृत्व

नेम्वाङले चार कार्यकाल संसद्को नेतृत्व गरेका थिए । गत फागुनमा भएको राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी नेपाली कांग्रेससहितको सत्तारूढ गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।

सभामुखका रूपमा उनको पहिलो कार्यकाल २०६३ वैशाख देखि २०६३ को माघसम्म थियो भने दोस्रो कार्यकाल २०६३ माघदेखि २०६५ साल जेठसम्म रहेको थियो । त्यस बेला उनी पुनस्र्थापित संसद्को सभामुख बनेका थिए ।

तेस्रो र चौथो कार्यकाल उनले संविधानसभा अध्यक्षका रूपमा संसद्को नेतृत्व गरेका थिए । उक्त भूमिकामा उनी २०६५ साल साउनदेखि २०६९ साल जेठसम्म र २०७० साल फागुनदेखि २०७२ सालको असोजसम्म रहे ।

विसं २०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उनी कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री पनि बनेका थिए। उनी सामान्य प्रशासन र स्थानीय विकासमन्त्री र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बने ।  त्यसअघि २०३४ सालदेखि नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका थिए ।

नेपालमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भएपछि उनले प्रतिस्पर्धा गरेका सबै मुख्य निर्वाचन जितेका छन् । विसं २०४८ यता उनी दुई पटक राष्ट्रिय सभामा निर्वाचित भए भने २०५६ यताका पाँचवटै चुनावमा निर्वाचित बने ।

विसं २०५६ मा उनी संसद्को लेखा समितिको सभापतिमा निर्वाचित भएका थिए । गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी इलाम २ बाट निर्वाचित भए ।

नेम्वाङको राजनीतिक यात्रा विद्यार्थी युनियनबाट भएको थियो । उनी २०२९ सालमा अनेरास्ववियूबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्ववियू सभापति निर्वाचित भएका थिए ।

खासगरी नयाँ संविधान जारी गर्न नेम्वाङले खेलेको भूमिका अतुलनीय भएको राजनीतिक दलका नेताहरू र राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

नेताहरुबाट श्रद्धान्जली व्यक्त

राजनीतिकर्मी र विभिन्न पेसा व्यवसायका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत् उनीप्रति श्रद्धाञ्जलि दिने क्रम जारी छ । प्रधानमन्त्री प्रचण्डले नेम्वाङको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।

एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा नेम्वाङबारे भावुक स्ट्याटस पोस्ट गरेका छन् । मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले र्पुयाउनुभएको योगदान सधैँ सम्झिरहने छौँ भनेर ओलीले लेखेका छन् ।

त्यस्तै पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि नेम्वाङको निधनले आफूलाई स्तब्ध बनाएको जनाएका छन् ।

राजनीतिमा रिक्तता

नेकपा एमालेका सचिव ज्ञवालीले नेम्वाङको निधनले पार्टीलाई मात्रै नभई संविधानअनुसार मुलुक चलोस् भन्ने चाहना राख्ने प्रत्येक व्यक्तिका लागिउहाँको निधन पीडादायी बनेको बताए ।

उहाँलाई गुमाउँदा नेपालको राजनीतिमा निकै ठूलो रिक्तता भएको महसुस गरेका छौँ । त्यो तहको व्यक्तित्व निर्माणका लागि राष्ट्रले दशकौँ खर्च गर्नुपर्छ,” ज्ञवालीले भने।

सरल जीवनशैली अपनाउने नेम्वाङ पार्टीभित्र मात्रै नभई अन्य दलका नेताका लागि पनि प्रेरणा रहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्।

कानुन विषय प्राध्यापन र वकालतपछि सक्रिय राजनीतिमा लाग्दै संसद् प्रवेश गरेका नेम्वाङ संसद्, कार्यपालिका र न्यायपालिका तीनवटै निकायबारे परख राख्थे ।

उनी वरिष्ठ अधिवक्ता पनि थिए। नेपाल बार असोसिएशनको महासचिव हुँदा पनि उनले संस्थालाई बलियो रूपमा अगाडि बढाएको कानुनका जानकारहरू बताउँछन् ।
व्यवस्थापकीय क्षमता

नेम्वाङ संविधानसभाको अध्यक्ष दुई पटक रहँदा माओवादीको तर्फबाट सभासद रहेका खिमलाल देवकोटा उनमा व्यवस्थापकीय क्षमता प्रबल रहेको बताउँछन् ।

विभिन्न दल र विज्ञका विचार सुनेर त्यसलाई व्यवस्थापन गर्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्न उहाँ कुशल हुनुहुन्थ्यो,” देवकोटा सम्झिन्छन् । विचार नगरी नबोल्ने र प्रतिक्रिया दिनभन्दा सुन्न बढी रुचाउने व्यक्तिका रूपमा उनले आफूलाई चिनाएको देवकोटा बताउँछन् ।

त्यसबाहेक कानुनको पृष्ठभूमि भएका कारण शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्, न्यायपालिका र कार्यपालिकाबारे धारणा राख्ने व्यक्तिका रूपमा उनलाई सम्झिनुपर्ने बताउँछन् । कानुनको पृष्ठभूमि भएका कारण अतिरिक्त क्षमता, बुझाइले सबै नेतालाई ट्र्याकमा ल्याउन र न्यायपालिकाको सन्तुलन मिलाउनका लागि उहाँको औपचारिक र अनौपचारिक भूमिका थियो । त्यसको अभाव अब खट्किने देवकोटाले बताए ।
संविधानसभाको अध्यक्ष भएको नाताले नयाँ संविधानको विशेषताबारे केके भएको थियो भन्ने इन्स्टिट्यूशनल मेमोरी उहाँमा थियो र अब  त्यो पनि गुम्यो भन्ने लागेको देबकोटाले बताए । 
अतुलनीय योगदान
कानुनी पृष्ठभूमि भएकी काँग्रेस नेती तथा पूर्वसांसद पुष्पा भुसालका अनुसार नेम्वाङको भूमिका खासगरी समावेशिताको सिद्धान्त पालना गर्ने गराउने विषयमा थियो ।

नेम्वाङको सरल जीवनशैलीबाट प्रभावित रहेकी भुसाल विशेषतः परिवर्तनका मुद्दामा आफ्नो दललाई मात्रै नभई सबै दलका फरक मतलाई मिलाएर लैजान सक्ने क्षमता भएको नेताका रूपमा नेम्वाङलाई सम्झिन्छिन् ।

परिवर्तनका मुद्दालाई साझा बनाउन उहाँले सबै दलसँग कुरा गरेर जुन नेतृत्वदायी भूमिका खेलेको देखियो त्यो अतुलनीय रहेको उनले बताइन् । पेसामा, राजनीतिमा वा सदनमा उहाँसँग काम गर्न पाएको बताउँदै उनले उहाँ आफ्नो मार्गदर्शक पनि भएको बताइन् ।

पार्टीले मात्रै नभई राष्ट्रले नै नेम्वाङलाई पत्याएको भन्दै उनी राजनीतिक विचारधाराभन्दा माथि गएर लोकतन्त्रलाई सुदृढ बनाउन स्रोत व्यक्तिका रूपमा चिनिएको भुसाल ठान्छिन् ।

संसद् विघटनमा विरोधाभास

कानुनका प्राध्यापक हुँदादेखि नेम्वाङसँग सङ्गत गरेका राजनीतिक विश्लेषक कृष्ण खनाल उनको सबैभन्दा ठूलो भूमिका संविधान जारी गर्नुमा रहेको र त्यसलाई पछिसम्म सम्झिन लायक योगदान मान्नुपर्ने बताउँछन् ।

नेम्वाङले संविधान जारी गर्दा संविधान प्राविधिक रूपमा लेखेर मात्रै नपुग्ने र त्यसको कार्यान्वयनका लागि राजनीतिक पार्टीले आचरण र व्यवहार पूरा गर्नुपर्छ भन्ने स्पष्ट सोच सधैँभरि राखेको खनाल बताउँछन् ।

तर खासगरी पछिल्लो पटक एमाले नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेको विषय निकै विवादित बन्यो । त्यो विघटनका बेला नेम्वाङले पार्टी नेतृत्वको पक्षमा धारणा राखे ।

संविधान जारी गर्दा “अब संसद् विघटनको बाटो बन्द भयो” भन्ने अभिव्यक्ति नेम्वाङले दिएका थिए । उनकै पार्टी सरकारमा रहँदा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले संसद् विघटन गर्दा नेम्वाङमाथि उनको विगतको अभिव्यक्तिका कारण प्रश्न समेत गरियो ।

घरघरमा संविधान बाँड्न सर्वोच्चको परमादेशपछि सरकारले कसरी व्यवस्था मिलाउँछ ?
त्यस संसद् विघटनबारे ध्यानाकर्षण गराउँदा उनी नाजबाफ भएर मुख फोर्न नसकी बसेका थिएल । त्यसैले राजनीतिमा लागेका मान्छेमा सिद्धान्त र मतका बीचमा द्वन्द्व देखिन्छ । त्यो द्वन्द्व उहाँमा पनि थियो,” राजनीति शास्त्रका प्राध्यापक खनालले भने । “कहिलेकाहीँ विरोधाभास पनि देखिन्छ । संविधानबारे सोचअनुसार बोल्न छोड्नुभएन तर उहाँको पार्टीकै व्यवहार त्यसअनुसार मेल खाँदैन थियो ।”

पछिल्लो समय एमालेले सुन तस्करी प्रकरणलाई लिएर संसद् अवरोध गरिरहँदा पनि संसद् चलाउन विपक्षी दलको पनि भूमिका हुन्छ भन्ने अभिव्यक्ति नेम्वाङले दिएका थिए । तर उनकै पार्टीले पटकपटक संसद् चल्न दिएन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending