Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

विवाहको उमेर घटाउने विषय फेरि बहसमा, १८ वर्ष उमेरहद राख्नु कति व्यवहारिक ?

नागरिकता १६, मतदान १८ र विवाह २० वर्ष पुगेपछि गर्ने फरक-फरक व्यवस्था अमिल्दो भएको सुझाव

खबरडबली संवाददाता

काठमाडौं । विवाहको उमेर २० पुगेको हुनु पर्ने कानुनी व्यवस्था कार्यान्वयनमा समस्या देखिएको भन्दै त्यसलाई घटाउन सर्वसाधारणले सुझाव दिएको एउटा संसदीय स्थलगत अध्ययन टोलीका सांसदहरूले बताएका छन्।

देशका विभिन्न स्थानबाट १८ वर्षलाई विवाह गर्ने उमेरहदका रूपमा राख्दा त्यो व्यवहारिक हुने सुझाव आएको अध्ययनमा संलग्न सांसदहरूले बताएका हुन्।

अध्ययनका क्रममा सांसदहरू तीन वटा बाल सुधारगृह, १३ वटा कारागार र हिरासतहरूमा पुग्नुका साथै सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशमा अन्तर्क्रियाहरू गरेर छुट्टाछुट्टै सुझाव सङ्कलन गरेका थिए।

यद्यपि यसको सदन र संसदीय समितिमा छलफल गर्दै कानुनको मस्यौदा सिफारिस गर्ने महत्त्वपूर्ण काम भने बाँकी नै रहेको कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी बताउँछिन्।

"२० वर्ष आसपासमा भएका विवाहमा बालविवाहको रूपमा उजुरी नदिईकन इगोको रूपमा बढी सजाय हुने अपहरण, शरीर बन्धक, जबरजस्ती करणीजस्ता विषय जोडेर पूर्वाग्रह राखिएका पाइए," स्थलगत अध्ययनका लागि गठन गरिएको उपसमितिमा पनि रहेकी सुवेदी भन्छिन्।

"त्यसबाहेक शिशुहरूको जन्म दर्ताका बेला अर्को सकस देखा परेको छ। परिवार र समाज सहमत हुँदाको अवस्थामा त्यही विषय सामान्य हुने अन्यथा उजुरी र मुद्दाको रूप लिने काम राम्रो होइन।"

अमिल्दो

सङ्घीय संसद्ले बनाएका ऐन तथा कानुनहरूको कार्यान्वयनका चुनौती बुझ्ने क्रममा कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको सो संसदीय उपसमितिले विवाहको उमेरसम्बन्धी बहसलाई पुनः सतहमा ल्याएको हो।

सांसदहरू प्रदेशका सांसद, न्यायालय एवं स्थानीय सरकारका प्रतिनिधि, कानुन कार्यान्वयनकर्ताहरूसँग छलफल गर्दा उमेर घटाउने सुझाव पाएको बताउँछन्।

उपसमिति सदस्य रहेकी अर्की सांसद रन्जुकुमारी झाका अनुसार नागरिकता १६ वर्षमा, मतदान १८ वर्षमा र विवाह २० वर्ष पुगेपछि गर्ने फरक-फरक व्यवस्था अमिल्दो देखिएको भन्दै सुझावहरू आएका थिए।

"१८ वर्ष पुगेका केटा र केटी सँगै बस्न थालेका छन्। तर त्यसक्रममा आपसी मतान्तर हुँदा उनीहरू पीडित बन्न पुगेको समेत पाइएका छन्," सांसद झा भन्छिन्।

"२० वर्षे उमेर तोक्दा पनि व्यापक रूपमा कार्यान्वयनमा किन आउन सकेन भनेरसमेत समीक्षा हुनु पर्ने देखिन्छ। विवाह भनेको स्थानीय संस्कार, सामाजिक परम्परासँग जोडिने विषय भएकाले पनि प्रदेश अनुसारको कानुन बन्नुपर्छ भन्ने मेरो व्यक्तिगत मत छ।"

यस अध्ययनका क्रममा 'लिभिङ टुगेदर'को विषयसमेत कानुनमा समेटिनुपर्ने सुझाव आएका छन्।

प्रतिवेदनमा अन्तरजातीय प्रेम-विवाहका घटनामा उनीहरूका परिवारले त्यसलाई स्वीकार नगर्दा 'केटीका परिवारबाट जबरजस्ती करणी, अपहरण, शरीर बन्धकजस्ता कसुरमा जाहेरी आउने गरेको' पाइएको उल्लेख छ।

अन्यत्र के-कस्तो व्यवस्था छ?

यसअघि पनि सरकारका मन्त्री र सांसदहरूले सदनमा विवाहबारेको कानुन संशोधन गर्दै उमेर घटाउन आवश्यक रहेको बताएका थिए।

छलफलका क्रममा अमेरिका, ब्रिटेनजस्ता विकसित मुलुकमा समेत नेपालको भन्दा कम नै विवाहका लागि आवश्यक उमेर सहितको कानुन रहेको उल्लेख गर्दै सांसदहरूले कानुन कार्यान्वयनलाई व्यवहारिक बनाउने नेपालमा समेत त्यस्तो उमेर घटाउँदा हानि नपुग्ने देखिएको बताएका थिए।

यूकेको इङ्ग्ल्यान्ड र वेल्समा विवाहको लागि केटा र केटी दुवै १८ वर्ष पुग्नुपर्छ भने स्कटल्यान्ड र नर्दन आयरल्यान्डमा दुवैजना १६ वर्ष पुग्नु पर्ने व्यवस्था छ। अमेरिकाका धेरैजसो राज्यमा १८ वर्षलाई विवाहयोग्य उमेर मानिएको छ। दक्षिणी छिमेकी भारतमा भने विवाह हुने दिनमा केटा २१ र केटी १८ पुग्नुपर्ने कानुनी व्यवस्था छ।

उत्तरी छिमेकी चीनको मुख्य भूमिमा केटाका लागि २२ र केटीका लागि २० वर्षे न्यूनतम उमेरको कानुनी व्यवस्था छ।

सांसद् सुवेदी भन्छिन्, "विकसित देशहरूमा धेरैतिर १८ वर्षलाई विवाह गर्न योग्य उमेरका रूपमा पाइयो। केही देशमा अपवादका रूपमा त्यो भन्दा बढि नभएका पनि होइनन्। यसले पनि उमेर घटाउने सुझावका लागि आधारहरू दिएको छ।"

कानुन

मुलुकी देवानी संहिता २०७४ ले हाल महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ। साथै तोकिएको उमेर नपुगी बालविवाह गर्ने तथा गराउने दुवै पक्षलाई तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवानाको सजाय तोकिएको छ।

मुलुकी देवानी संहितामा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर तथा प्रारम्भदेखि नै अमान्य हुने व्यवस्था छ।त्यसैगरी कानुनले तोकेको उमेर नपुगी पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेको भए पनि सोही कारणले पुरुष र महिलाबीच स्वतः विवाह भएको नमानिने समेत उल्लेख छ।

"जबर्जस्ती करणकी महल, फौजदारी अपराध संहिता लगायतका कानुनहरूमा संशोधन गर्न आवश्यक हुन्छ। समस्या पनि समाधान हुने, कानुन पनि कार्यान्वयन हुनेगरी अब संशोधन अगाडि बढाउनु पर्छ भन्ने छ," सांसद् झा भन्छिन्।

कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी अब सुरु हुने संसद्को हिउँदे अधिवेशनमै सदनमा सुझावहरू समेटिएको प्रतिवेदन पेस गर्ने तयारी रहेको बताउँछिन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending