Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

विवाहको उमेर घटाउने विषय फेरि बहसमा, १८ वर्ष उमेरहद राख्नु कति व्यवहारिक ?

नागरिकता १६, मतदान १८ र विवाह २० वर्ष पुगेपछि गर्ने फरक-फरक व्यवस्था अमिल्दो भएको सुझाव

खबरडबली संवाददाता

काठमाडौं । विवाहको उमेर २० पुगेको हुनु पर्ने कानुनी व्यवस्था कार्यान्वयनमा समस्या देखिएको भन्दै त्यसलाई घटाउन सर्वसाधारणले सुझाव दिएको एउटा संसदीय स्थलगत अध्ययन टोलीका सांसदहरूले बताएका छन्।

देशका विभिन्न स्थानबाट १८ वर्षलाई विवाह गर्ने उमेरहदका रूपमा राख्दा त्यो व्यवहारिक हुने सुझाव आएको अध्ययनमा संलग्न सांसदहरूले बताएका हुन्।

अध्ययनका क्रममा सांसदहरू तीन वटा बाल सुधारगृह, १३ वटा कारागार र हिरासतहरूमा पुग्नुका साथै सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशमा अन्तर्क्रियाहरू गरेर छुट्टाछुट्टै सुझाव सङ्कलन गरेका थिए।

यद्यपि यसको सदन र संसदीय समितिमा छलफल गर्दै कानुनको मस्यौदा सिफारिस गर्ने महत्त्वपूर्ण काम भने बाँकी नै रहेको कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी बताउँछिन्।

"२० वर्ष आसपासमा भएका विवाहमा बालविवाहको रूपमा उजुरी नदिईकन इगोको रूपमा बढी सजाय हुने अपहरण, शरीर बन्धक, जबरजस्ती करणीजस्ता विषय जोडेर पूर्वाग्रह राखिएका पाइए," स्थलगत अध्ययनका लागि गठन गरिएको उपसमितिमा पनि रहेकी सुवेदी भन्छिन्।

"त्यसबाहेक शिशुहरूको जन्म दर्ताका बेला अर्को सकस देखा परेको छ। परिवार र समाज सहमत हुँदाको अवस्थामा त्यही विषय सामान्य हुने अन्यथा उजुरी र मुद्दाको रूप लिने काम राम्रो होइन।"

अमिल्दो

सङ्घीय संसद्ले बनाएका ऐन तथा कानुनहरूको कार्यान्वयनका चुनौती बुझ्ने क्रममा कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको सो संसदीय उपसमितिले विवाहको उमेरसम्बन्धी बहसलाई पुनः सतहमा ल्याएको हो।

सांसदहरू प्रदेशका सांसद, न्यायालय एवं स्थानीय सरकारका प्रतिनिधि, कानुन कार्यान्वयनकर्ताहरूसँग छलफल गर्दा उमेर घटाउने सुझाव पाएको बताउँछन्।

उपसमिति सदस्य रहेकी अर्की सांसद रन्जुकुमारी झाका अनुसार नागरिकता १६ वर्षमा, मतदान १८ वर्षमा र विवाह २० वर्ष पुगेपछि गर्ने फरक-फरक व्यवस्था अमिल्दो देखिएको भन्दै सुझावहरू आएका थिए।

"१८ वर्ष पुगेका केटा र केटी सँगै बस्न थालेका छन्। तर त्यसक्रममा आपसी मतान्तर हुँदा उनीहरू पीडित बन्न पुगेको समेत पाइएका छन्," सांसद झा भन्छिन्।

"२० वर्षे उमेर तोक्दा पनि व्यापक रूपमा कार्यान्वयनमा किन आउन सकेन भनेरसमेत समीक्षा हुनु पर्ने देखिन्छ। विवाह भनेको स्थानीय संस्कार, सामाजिक परम्परासँग जोडिने विषय भएकाले पनि प्रदेश अनुसारको कानुन बन्नुपर्छ भन्ने मेरो व्यक्तिगत मत छ।"

यस अध्ययनका क्रममा 'लिभिङ टुगेदर'को विषयसमेत कानुनमा समेटिनुपर्ने सुझाव आएका छन्।

प्रतिवेदनमा अन्तरजातीय प्रेम-विवाहका घटनामा उनीहरूका परिवारले त्यसलाई स्वीकार नगर्दा 'केटीका परिवारबाट जबरजस्ती करणी, अपहरण, शरीर बन्धकजस्ता कसुरमा जाहेरी आउने गरेको' पाइएको उल्लेख छ।

अन्यत्र के-कस्तो व्यवस्था छ?

यसअघि पनि सरकारका मन्त्री र सांसदहरूले सदनमा विवाहबारेको कानुन संशोधन गर्दै उमेर घटाउन आवश्यक रहेको बताएका थिए।

छलफलका क्रममा अमेरिका, ब्रिटेनजस्ता विकसित मुलुकमा समेत नेपालको भन्दा कम नै विवाहका लागि आवश्यक उमेर सहितको कानुन रहेको उल्लेख गर्दै सांसदहरूले कानुन कार्यान्वयनलाई व्यवहारिक बनाउने नेपालमा समेत त्यस्तो उमेर घटाउँदा हानि नपुग्ने देखिएको बताएका थिए।

यूकेको इङ्ग्ल्यान्ड र वेल्समा विवाहको लागि केटा र केटी दुवै १८ वर्ष पुग्नुपर्छ भने स्कटल्यान्ड र नर्दन आयरल्यान्डमा दुवैजना १६ वर्ष पुग्नु पर्ने व्यवस्था छ। अमेरिकाका धेरैजसो राज्यमा १८ वर्षलाई विवाहयोग्य उमेर मानिएको छ। दक्षिणी छिमेकी भारतमा भने विवाह हुने दिनमा केटा २१ र केटी १८ पुग्नुपर्ने कानुनी व्यवस्था छ।

उत्तरी छिमेकी चीनको मुख्य भूमिमा केटाका लागि २२ र केटीका लागि २० वर्षे न्यूनतम उमेरको कानुनी व्यवस्था छ।

सांसद् सुवेदी भन्छिन्, "विकसित देशहरूमा धेरैतिर १८ वर्षलाई विवाह गर्न योग्य उमेरका रूपमा पाइयो। केही देशमा अपवादका रूपमा त्यो भन्दा बढि नभएका पनि होइनन्। यसले पनि उमेर घटाउने सुझावका लागि आधारहरू दिएको छ।"

कानुन

मुलुकी देवानी संहिता २०७४ ले हाल महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ। साथै तोकिएको उमेर नपुगी बालविवाह गर्ने तथा गराउने दुवै पक्षलाई तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवानाको सजाय तोकिएको छ।

मुलुकी देवानी संहितामा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर तथा प्रारम्भदेखि नै अमान्य हुने व्यवस्था छ।त्यसैगरी कानुनले तोकेको उमेर नपुगी पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेको भए पनि सोही कारणले पुरुष र महिलाबीच स्वतः विवाह भएको नमानिने समेत उल्लेख छ।

"जबर्जस्ती करणकी महल, फौजदारी अपराध संहिता लगायतका कानुनहरूमा संशोधन गर्न आवश्यक हुन्छ। समस्या पनि समाधान हुने, कानुन पनि कार्यान्वयन हुनेगरी अब संशोधन अगाडि बढाउनु पर्छ भन्ने छ," सांसद् झा भन्छिन्।

कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी अब सुरु हुने संसद्को हिउँदे अधिवेशनमै सदनमा सुझावहरू समेटिएको प्रतिवेदन पेस गर्ने तयारी रहेको बताउँछिन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विभिन्न कार्यक्रम गर्दै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...

विश्व बैंकको सहयोगमा मुलपानी-तितौरे सडक कालोपत्र हुँदै

बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य: बेवास्ताले बढ्दै जोखिम, समस्या कसरी थाहा पाउने ?

काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...

स्वदेशी चलचित्र डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान

काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...

निर्वाचन ६४ दिन बाँकी- ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending