Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कोदो र धानमा रोग तथा कीरा लागेर बाली नष्ट

खबरडबली संवाददाता

बाग्लुङ । बागलुङका ग्रामीण क्षेत्रमा लगाइएको कोदो र धानमा रोग तथा कीरा लागेर बाली नष्ट भएको छ । जरा कुहिने, डाँठ सुक्नेजस्ता समस्या आएपछि किसानले उपचारको खोजी गरेका छन् । 

बागलुङ नगरपालिका आसपासका क्षेत्रमा सबैभन्दा धेरै बाली नष्ट हुने गरी रोगकीरा लागेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुवास सापकोटाले बताए । ‘समस्या आएपछि  ११  वटै वडामा पुगेर स्थलगत निरीक्षण गरिसकेको उनले बताए । तत्काल उपचारका लागि विषादी र औषधी माग गरिसकेको उनको भनाइ छ ।  उनका अनुसार कोदो बालीमा खुम्रे कीरा, गवारो र ढुसीजन्य रोग देखिएको हो । 
त्यस्तै धान बालीमा पनि यो समस्या देखिएको हो । वडा नं ४, ५, ६, ७, ८ र ९ मा खुम्रो किराको प्रकोप बढी छ भने वडा नं ६, ७ र ८ मा गवारो रोगको प्रकोप भेटिएको हो । वडा नं। ४, ५, ६, ७, ८, ९, १० र ११ मा ढुसीजन्य समस्या देखिएको हो । धानमा ती रोगबाहेक सिथ ब्लार्ट, ब्लाष्ट, रुट नट जस्ता समस्या पनि देखिएको हो । 

नगरपालिकाले किसानका लागि किङ स्टार नामक विषादी एक सय ७० पोका, हेक्जाक्लोनोजोल नामक विषादी ४८ पोका, लेभिष्टिन चार पोका र ट्राइसाइक्जोल ९९ पोका वितरण गरेको सापकोटाले बताएका छन् । त्यस्तै स्टिकर नामक विषादी झोल एक सय १० बोतल र कार्टाप हाइड्रोक्लोराइड एक सय सय ६३ किलो ल्याएर किसानलाई पठाइसकिएको बताए । 

कोदो बालीमा देखापरेको ढुसीजन्य रोगको उपचारका लागि समस्या पहिचान गर्न प्रयोगशाला परीक्षण गर्न बाली संरक्षण प्रयोगशाला पोखरामा नमूना पठाइएको अर्का प्राविधिक राहुल केसीले बताए ।‘हरेक दिन किसानको फोन आएकोले किसानको बारीमै पुगेर समस्या बुझी रहेको उनको भनाइ छ । समयमा उपचार गर्न नसकेमा आगामी वर्ष उत्पादनमा समेत समस्या पर्ने उनले बताए ।

उनले नगर प्रमुख र प्रमुख, प्रशासकीय अधिकृतमार्फत गण्डकी प्रदेश सरकारका कृषिमन्त्रीसम्म यो समस्या पुगेको बताए। मन्त्री महेन्द्रध्वज जिसीले पनि तत्काल अनुसन्धान गर्न र आवश्यक औषधी पठाएर उपचार गर्न प्राविधिकलाई निर्देशन दिएकाले औषधी आउने क्रम रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए। 

‘धेरै किसानबाट यो समस्याबारे कुरा आएपछि मन्त्रीज्यूलाई फोन गरेर तत्काल औषधि पठाउन आग्रह गरेको छु’, श्रेष्ठले भने, ‘प्राविधिक रुपमा आवश्यकताका आधारमा माग गर्न भनेकाले कृषि शाखालाई सोहीअनुसारको औषधि माग गर्न लगाएको छु ।’ केही स्थानमा आफैँ पुगेर पनि किसानको बाली अनुगमन गरेको उनले बताए । 

यस वर्ष बर्सातमा आएको उतारचढाव तथा समयमा रोप्ने काम गर्न नपाउँदा पनि धान बालीमा समस्या आएको प्राविधिकले बताएका छन् । समय समयमा रोगकीरा त लाग्छ, तर समयमा रोप्ने र पर्याप्त सिँचाइ भएन भने धानमा समस्या आउँछ’, सापकोटाले भने , ‘तर पनि किसानलाई निरास हुन नदिन सबै प्रयास भएका छन् ।’ समयमा उपचार गरेमा बाली जोगाउन सकिने उनले बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending