Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

के हृदयाघात भएका व्यक्तिलाई बचाउन सकिन्छ ?

खबरडबली संवाददाता

काठमाडौं । पाँच पटक प्रधानमन्त्री भइसकेका सूर्यबहादुर थापा (हाल स्वर्गीय) विसं २०६८ सालको पुस महिनामा कमलपोखरीको पूर्वतर्फ रहेको तत्कालीन राष्ट्रिय जनशक्ति पार्टीको कार्यालयमा बोल्दा बोल्दै बेहोस भए।

पार्टी कार्यकर्ताहरूले तत्कालै डाक्टरहरूलाई फोन गर्ने क्रममा एक जना चिकित्सकले उनलाई 'सीपीआर' दिँदै अस्पताल लगिहाल्न सुझाव दिएका थिए।

"त्यस बेला हामीलाई भनिए अनुसार पार्टीका नेता दीपक बोहराले गाडी चलाएर अर्का नेता राजेन्द्र श्रेष्ठले सीपीआर दिँदै अस्पताल पुर्‍याउनुभएको रहेछ," हाल राष्ट्रपतिका सल्लाहकार समेत रहेका थापाका छोरा सुनिलबहादुर थापाले बीबीसी न्यूज नेपालीसँग भने।

ती चिकित्सकले सिकाएअनुसार नै सीपीआर दिँदै लगिएका कारण बुबालाई त्यस बेला बचाउन सकिएको सुनिल ठान्छन्। त्यस बेला जनशक्ति पार्टीमै रहेका नेता किरण गिरीले आफू पनि थापालाई लगिएको गाडीमा अस्पताल गएको बताए।

"छातीमा थिच्दै थिच्दै अस्पताल पुर्‍याइएको थियो। पछि डाक्टरले पेसमेकर राखेपछि उहाँ ठिक हुनुभयो," गिरी सम्झन्छन्। संविधानसभाका अध्यक्ष समेत भएका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको मृत्यु हृदयाघातका कारण भएको उनको पार्टीले बताए पनि अस्पतालले मृत्युको कारणबारे स्पष्ट खुलाइसकेको छैन।

तर उनको निधनसँगै हृदयाघात र मुटुको हेरचाहबारे विभिन्न बहसहरू भैरहेका छन्।

मुटु रोग सम्बन्धी जानकार चिकित्सकहरू हृदयाघात भएका मानिसहरूलाई पनि तत्कालै अस्पताल लैजान सकिए बचाउन सकिने बताउँछन्। हृदयाघात भएका मानिसहरूलाई अस्पताल पुर्‍याउनुअघि सीपीआर (छातीको मध्य भागमा हत्केलाले दम दिने) गरेर पनि केही समय बचाइएका उदाहरणहरू छन्।

सीपीआरले बचाउन सक्छ ज्यान

अस्पताल लैजाँदासम्म ठीक तरिकाले सीपीआर दिइरहने हो भने मुटुको चाल बन्द भइसकेका मानिसहरूलाई बचाउन सकिने केही सम्भावना रहने मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर भगवान् कोइराला बताउँछन्।

“धेरैजसो अचानक हुने हृदयाघात जसलाई हामी सडन कार्डियाक अरेस्ट भन्छौँ। त्यसलाई आधारभूत लाइफ सपोर्ट व्यवहारमा उतार्न सकियो भने मुटु बन्दै भएका पनि उल्लेख्य मानिसहरूलाई बचाउन सकिन्छ,” कोइराला भन्छन्।

उनका अनुसार नेपालमा अस्पताल पुर्‍याउनुअघि मुटु बन्द भएका कति मानिसहरूलाई बचाइयो भन्ने यकिन तथ्याङ्क राखिएको नभए पनि केही त्यस्ता बिरामीहरू उपचारपछि बाँचेका उदाहरण छन्।

“मैले नाम भन्न नमिल्ने एक दुई वटा उदाहरणहरू चाहिँ छन्। घरमै मुटु बन्द भएपछि सीपीआर गरेर कृत्रिम तरिकाले मुटु थिचेर बचाएर अस्पताल पुर्‍याएर घर फर्किएकाहरू पनि छन्,” उनले भने।

तर यस्तो सङ्ख्या निकै न्यून रहेको उनी बताउँछन्। “सीपीआर जस्तो गतिविधिले मुटु बन्द भएका मानिसहरू बचाउने सम्भावना उल्लेख्य हुन्छ। तर यो चाहिँ मुटु बन्द भएको केही मिनेटभित्रै सुरू गर्नुपर्छ,” कोइराला थप्छन्।

मुटुरोग उपचारमा लामो अनुभव भएका अर्का डाक्टर मन बहादुर केसी पनि अरू स्वास्थ्य सुविधा उपलब्ध नभएको अवस्थामा सीपीआर प्रभावकारी हुने बताउँछन्।

“सीपीआर भनेको छाती थिच्दै अस्पताल पुर्‍याउने हो। मुटुको चाल कम भएको वा मुटु नचलेको अवस्थामा यसले काम गर्छ,” केसी भन्छन्, “तर कतिपय अवस्थामा पात हल्लिएजस्तो मुटु थर्र गरेर रहेको हुन्छ त्यस्तो अवस्थामा चाहिँ सीपीआरले पनि काम गर्दैन।”

तत्काल अरू विकल्प नभएको अवस्थामा सीपीआर सबैभन्दा प्रभावकारी विकल्प हुनेमा दुवैजना विज्ञ डाक्टरहरू सहमत छन्। सीपीआरको अभ्यास कतिपय पश्चिमा देशहरूमा धेरै हुने गरेको र उनीहरूले आम मानिसहरूलाई यसको तरिकाबारे समय समयमा प्रशिक्षण पनि दिने गरेका कारण प्रभावकारी नतिजा देखिने गरेको चिकित्सकहरू बताउँछन्।

हृदयाघातको लक्षण देखिए के गर्ने ?

आफ्नो वरवर रहेका कुनै व्यक्तिमा हृदयाघातको लक्षण देखिए सीपीआर दिने तरिका र अवस्थाबारे राम्रोसँग बुझ्नुपर्ने चिकित्सकहरू बताउँछन्।

“अचानक कसैले होस गुमायो छाम्दा नाडी छ, छैन, त्यो पनि हेर्न जानेको हुनुपर्‍यो। श्वास पनि फेर्दैन नाडी छाम्दा नाडी छैन भनेदेखि मुटु थिच्ने त्यसलाई हामी चेस्ट कम्प्रेसन भन्छौ सुरू तुरुन्तै गर्‍यौँ भने त्यसले हानी गर्दैन देख्दा खेरि चाहिँ डरलाग्दो देखिन्छ मुटु थिचेको जस्तो,” मुटुरोग विशेषज्ञ कोइराला भन्छन्, “त्यसले मात्रै पनि धेरै मान्छेलाई बचाउन सक्छ।”

तर छारे रोग लागेको वा अन्य कारणले बेहोस भएको मानिसहरूलाई यसो गर्न उपयुक्त नहुने उनी बताउँछन्। हृदयाघातको जोखिम समूहमा रहेका व्यक्तिहरूले आफ्नो मुटुमा कुनै असहजता भएको महसुस भए घरमा आराम गर्नेतर्फ नलागी नजिकैको अस्पताल जानु बुद्धिमानी हुने मुटुरोग विशेषज्ञ केसी बताउँछन्।

तर त्यस्तो अस्पतालमा कम्तीमा ईसीजी गर्ने उपकरण र त्यसको रिपोर्ट हेर्ने डाक्टर भएको सुनिश्चित गर्नुपर्ने उनी बताउँछन्। अस्पताल लैजान समय लाग्ने अवस्थामा मुटुको चाल प्रभावकारी बनाउन सहयोग गर्ने औषधी पनि खान सकिने केसी बताउँछन्।

“एस्पिरिन भन्ने हुन्छ त्यो ३०० एमजी चपाएर निल्ने। यत्तिकै निल्नु भन्दा चपाएर निल्दा प्रभावकारी हुन्छ,” केसी भन्छन्,
“सबभन्दा राम्रो चाहिँ कम्तीमा ईसीजी सेवा भएको र त्यससम्बन्धी डाक्टर भएको नजिकैको अस्पतालमा जाने नै हो।”

हृदयाघातका लक्षण

चिकित्सकहरूका अनुसार हृदयाघातको लक्षण सबैलाई एउटै नहुन सक्छ। “हृदयाघातकै लक्षण चाहिँ छातीको अघिल्लो मध्य भागमा दुखाई तर भारी भएर ढुङ्गाले थिचेको जस्तो कसैलाई श्वास फेर्न गाह्रो हुने गरी दुख्छ र कसैलाई बायाँपट्टिको भागतिर च्यापुतिर सरेर गएकोजस्तो पनि महसुस हुनसक्छ,” कोइराला भन्छन्।

“यो अत्यन्त नमज्जा लाग्ने कठिन दुखाई हुन्छ कहिलेकाहीँ ग्यास्ट्रिकले हुने दुखाइसँग पनि मिल्नजान्छ।” तर एक औँलाले देखाउन मिल्ने खाले दुखाई साधरणतया हृदयाघातमा नहुने कोइराला बताउँछन्।

“विशेष गरी वाकवाकी पनि भएर आउँछ, रिङ्गटा लाग्छ, पसिना आउँछ, अत्यन्त गाह्रो महसुस हुन्छ भने चाहिँ उमेर पुगेका र जोखिम भएका मानिसले तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर इसीजीबाट वा अन्य तरिकाले जाँच गराए सुरक्षित हुन्छ,” उनी भन्छन्।

डाक्टर केसीका अनुसार सबैभन्दा धेरै देखिने लक्षण भनेको छातीको बायाँपट्टि दुख्ने हो तर कसै कसैलाई बीचमा पनि दुख्न सक्छ।

डा मन बहादुर केसीका अनुसार हृदयाघातका लक्षणहरू:

छातीको मध्य वा बायाँभागमा दुख्ने (कहिलेकाहीँ दुख्ने ठाउँ बायाँ हाततर्फ सर्दै जान्छ)
कमजोर महसुस हुने
श्वास फेर्न कठिन हुने
घाँटी अँठ्याएजस्तो (चोकिङ) हुने
पेटको माथिल्लो भाग दुख्ने

जोखिमका कारण

डा कोइरालाका अनुसार उमेरसँगै मुटु रोग वा हृदयाघातको जोखिम बढ्दै जान्छ। “किनभने उमेर बढेसँगै मुटुको रगतको नलीहरू साँघुरो हुँदै जाने बोसो वा क्याल्सियम जम्दै जाने र त्यसको कारणले हृदयाघात हुने सम्भावना केही प्रतिशतले भए पनि बढ्दै जान्छ,” कोइराला भन्छन्।

“तर कम उमेर हुँदैमा हृदयाघात हुँदैन भन्ने पनि छैन। यदि त्यो व्यक्ति ध्रूमपान गर्छ व्यायाम गर्दैन मोटोपन छ तनाव धेरै छ कोलेस्टोरल धेरै छ रक्तचाप उच्च छ वा आनुवंशिक लक्षण छ भने एकदमै युवा व्यक्तिमा पनि हृदयाघात हुनसक्छ।”

उनका अनुसार धेरैजसो ४० वर्षमाथिका व्यक्तिमा हृदय रोगको जोखिम बढी हुने भए पनि आफूले गङ्गालाल हृदय रोग केन्द्रमा काम गर्दा २० प्रतिशतजस्तो हृदयाघातका बिरामीहरू ध्रूमपान गर्ने र ४० वर्ष मुनिका थिए।

डा केसीका अनुसार हृदयाघातको जोखिम निम्त्याउने तत्त्वहरू यी हुन्:

सुर्तीजन्य पदार्थको सेवन
उच्च रक्तचाप
मधुमेह
उच्च कोलेस्टोरल
मानसिक तनाव
बढ्दो उमेर
मोटोपना
निष्क्रिय जीवनशैली
वंशाणुगत समस्या

“जसको परिवारमा बा, आमा उहाँका दाजुभाइ, दिदी बहिनीहरूलाई हृदयाघात छ उनीहरूका सन्ततिलाई हृदयाघात हुने सम्भावना अरू सामान्य मान्छेहरू भन्दा कैयौँ गुणा बढी हुन्छ,” आनुवंशिक वा वंशाणुगत समस्याबारे केसी बताउँछन्।

यस्तो समूहमा रहेका व्यक्तिहरूले अस्वाभाविक वा हृदयाघातको लक्षण भए तत्काल परीक्षण गराउनुपर्ने उनको सुझाव छ। कुनै जोखिम समूहमा नहुँदा पनि उमेर बढ्दै जाँदा यसको जोखिम बढ्ने कोइराला बताउँछन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा माघ अन्तिम साता बाघ गणनाको तयारी

कञ्चनपुर ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु ...

आज झापा-५ का दक्षिणी क्षेत्रमा जाँदै ओली, हरेक वडा कमिटीसँग अलगअलग भेट्ने

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् ।  जिल्ला पार्टी सचिव...

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी। लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा...

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको ...

सर्लाहीबाट काठमाडौं आउँदै गरेको गाडी मकवानपुरको सिमखोलामा दुर्घटना

बागमती । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य ...

शून्य लागतमा ८ सय नेपाली श्रमिक मलेसिया जाँदै

काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने...

प्रतिनिधिसभा निर्वाचन- आज उम्मेदवारको नामावली प्रकाशन हुँदै, भोलि चुनाव चिह्न प्रदान गरिने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थिय...

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ ।  चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending