Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

के हृदयाघात भएका व्यक्तिलाई बचाउन सकिन्छ ?

खबरडबली संवाददाता

काठमाडौं । पाँच पटक प्रधानमन्त्री भइसकेका सूर्यबहादुर थापा (हाल स्वर्गीय) विसं २०६८ सालको पुस महिनामा कमलपोखरीको पूर्वतर्फ रहेको तत्कालीन राष्ट्रिय जनशक्ति पार्टीको कार्यालयमा बोल्दा बोल्दै बेहोस भए।

पार्टी कार्यकर्ताहरूले तत्कालै डाक्टरहरूलाई फोन गर्ने क्रममा एक जना चिकित्सकले उनलाई 'सीपीआर' दिँदै अस्पताल लगिहाल्न सुझाव दिएका थिए।

"त्यस बेला हामीलाई भनिए अनुसार पार्टीका नेता दीपक बोहराले गाडी चलाएर अर्का नेता राजेन्द्र श्रेष्ठले सीपीआर दिँदै अस्पताल पुर्‍याउनुभएको रहेछ," हाल राष्ट्रपतिका सल्लाहकार समेत रहेका थापाका छोरा सुनिलबहादुर थापाले बीबीसी न्यूज नेपालीसँग भने।

ती चिकित्सकले सिकाएअनुसार नै सीपीआर दिँदै लगिएका कारण बुबालाई त्यस बेला बचाउन सकिएको सुनिल ठान्छन्। त्यस बेला जनशक्ति पार्टीमै रहेका नेता किरण गिरीले आफू पनि थापालाई लगिएको गाडीमा अस्पताल गएको बताए।

"छातीमा थिच्दै थिच्दै अस्पताल पुर्‍याइएको थियो। पछि डाक्टरले पेसमेकर राखेपछि उहाँ ठिक हुनुभयो," गिरी सम्झन्छन्। संविधानसभाका अध्यक्ष समेत भएका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको मृत्यु हृदयाघातका कारण भएको उनको पार्टीले बताए पनि अस्पतालले मृत्युको कारणबारे स्पष्ट खुलाइसकेको छैन।

तर उनको निधनसँगै हृदयाघात र मुटुको हेरचाहबारे विभिन्न बहसहरू भैरहेका छन्।

मुटु रोग सम्बन्धी जानकार चिकित्सकहरू हृदयाघात भएका मानिसहरूलाई पनि तत्कालै अस्पताल लैजान सकिए बचाउन सकिने बताउँछन्। हृदयाघात भएका मानिसहरूलाई अस्पताल पुर्‍याउनुअघि सीपीआर (छातीको मध्य भागमा हत्केलाले दम दिने) गरेर पनि केही समय बचाइएका उदाहरणहरू छन्।

सीपीआरले बचाउन सक्छ ज्यान

अस्पताल लैजाँदासम्म ठीक तरिकाले सीपीआर दिइरहने हो भने मुटुको चाल बन्द भइसकेका मानिसहरूलाई बचाउन सकिने केही सम्भावना रहने मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर भगवान् कोइराला बताउँछन्।

“धेरैजसो अचानक हुने हृदयाघात जसलाई हामी सडन कार्डियाक अरेस्ट भन्छौँ। त्यसलाई आधारभूत लाइफ सपोर्ट व्यवहारमा उतार्न सकियो भने मुटु बन्दै भएका पनि उल्लेख्य मानिसहरूलाई बचाउन सकिन्छ,” कोइराला भन्छन्।

उनका अनुसार नेपालमा अस्पताल पुर्‍याउनुअघि मुटु बन्द भएका कति मानिसहरूलाई बचाइयो भन्ने यकिन तथ्याङ्क राखिएको नभए पनि केही त्यस्ता बिरामीहरू उपचारपछि बाँचेका उदाहरण छन्।

“मैले नाम भन्न नमिल्ने एक दुई वटा उदाहरणहरू चाहिँ छन्। घरमै मुटु बन्द भएपछि सीपीआर गरेर कृत्रिम तरिकाले मुटु थिचेर बचाएर अस्पताल पुर्‍याएर घर फर्किएकाहरू पनि छन्,” उनले भने।

तर यस्तो सङ्ख्या निकै न्यून रहेको उनी बताउँछन्। “सीपीआर जस्तो गतिविधिले मुटु बन्द भएका मानिसहरू बचाउने सम्भावना उल्लेख्य हुन्छ। तर यो चाहिँ मुटु बन्द भएको केही मिनेटभित्रै सुरू गर्नुपर्छ,” कोइराला थप्छन्।

मुटुरोग उपचारमा लामो अनुभव भएका अर्का डाक्टर मन बहादुर केसी पनि अरू स्वास्थ्य सुविधा उपलब्ध नभएको अवस्थामा सीपीआर प्रभावकारी हुने बताउँछन्।

“सीपीआर भनेको छाती थिच्दै अस्पताल पुर्‍याउने हो। मुटुको चाल कम भएको वा मुटु नचलेको अवस्थामा यसले काम गर्छ,” केसी भन्छन्, “तर कतिपय अवस्थामा पात हल्लिएजस्तो मुटु थर्र गरेर रहेको हुन्छ त्यस्तो अवस्थामा चाहिँ सीपीआरले पनि काम गर्दैन।”

तत्काल अरू विकल्प नभएको अवस्थामा सीपीआर सबैभन्दा प्रभावकारी विकल्प हुनेमा दुवैजना विज्ञ डाक्टरहरू सहमत छन्। सीपीआरको अभ्यास कतिपय पश्चिमा देशहरूमा धेरै हुने गरेको र उनीहरूले आम मानिसहरूलाई यसको तरिकाबारे समय समयमा प्रशिक्षण पनि दिने गरेका कारण प्रभावकारी नतिजा देखिने गरेको चिकित्सकहरू बताउँछन्।

हृदयाघातको लक्षण देखिए के गर्ने ?

आफ्नो वरवर रहेका कुनै व्यक्तिमा हृदयाघातको लक्षण देखिए सीपीआर दिने तरिका र अवस्थाबारे राम्रोसँग बुझ्नुपर्ने चिकित्सकहरू बताउँछन्।

“अचानक कसैले होस गुमायो छाम्दा नाडी छ, छैन, त्यो पनि हेर्न जानेको हुनुपर्‍यो। श्वास पनि फेर्दैन नाडी छाम्दा नाडी छैन भनेदेखि मुटु थिच्ने त्यसलाई हामी चेस्ट कम्प्रेसन भन्छौ सुरू तुरुन्तै गर्‍यौँ भने त्यसले हानी गर्दैन देख्दा खेरि चाहिँ डरलाग्दो देखिन्छ मुटु थिचेको जस्तो,” मुटुरोग विशेषज्ञ कोइराला भन्छन्, “त्यसले मात्रै पनि धेरै मान्छेलाई बचाउन सक्छ।”

तर छारे रोग लागेको वा अन्य कारणले बेहोस भएको मानिसहरूलाई यसो गर्न उपयुक्त नहुने उनी बताउँछन्। हृदयाघातको जोखिम समूहमा रहेका व्यक्तिहरूले आफ्नो मुटुमा कुनै असहजता भएको महसुस भए घरमा आराम गर्नेतर्फ नलागी नजिकैको अस्पताल जानु बुद्धिमानी हुने मुटुरोग विशेषज्ञ केसी बताउँछन्।

तर त्यस्तो अस्पतालमा कम्तीमा ईसीजी गर्ने उपकरण र त्यसको रिपोर्ट हेर्ने डाक्टर भएको सुनिश्चित गर्नुपर्ने उनी बताउँछन्। अस्पताल लैजान समय लाग्ने अवस्थामा मुटुको चाल प्रभावकारी बनाउन सहयोग गर्ने औषधी पनि खान सकिने केसी बताउँछन्।

“एस्पिरिन भन्ने हुन्छ त्यो ३०० एमजी चपाएर निल्ने। यत्तिकै निल्नु भन्दा चपाएर निल्दा प्रभावकारी हुन्छ,” केसी भन्छन्,
“सबभन्दा राम्रो चाहिँ कम्तीमा ईसीजी सेवा भएको र त्यससम्बन्धी डाक्टर भएको नजिकैको अस्पतालमा जाने नै हो।”

हृदयाघातका लक्षण

चिकित्सकहरूका अनुसार हृदयाघातको लक्षण सबैलाई एउटै नहुन सक्छ। “हृदयाघातकै लक्षण चाहिँ छातीको अघिल्लो मध्य भागमा दुखाई तर भारी भएर ढुङ्गाले थिचेको जस्तो कसैलाई श्वास फेर्न गाह्रो हुने गरी दुख्छ र कसैलाई बायाँपट्टिको भागतिर च्यापुतिर सरेर गएकोजस्तो पनि महसुस हुनसक्छ,” कोइराला भन्छन्।

“यो अत्यन्त नमज्जा लाग्ने कठिन दुखाई हुन्छ कहिलेकाहीँ ग्यास्ट्रिकले हुने दुखाइसँग पनि मिल्नजान्छ।” तर एक औँलाले देखाउन मिल्ने खाले दुखाई साधरणतया हृदयाघातमा नहुने कोइराला बताउँछन्।

“विशेष गरी वाकवाकी पनि भएर आउँछ, रिङ्गटा लाग्छ, पसिना आउँछ, अत्यन्त गाह्रो महसुस हुन्छ भने चाहिँ उमेर पुगेका र जोखिम भएका मानिसले तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर इसीजीबाट वा अन्य तरिकाले जाँच गराए सुरक्षित हुन्छ,” उनी भन्छन्।

डाक्टर केसीका अनुसार सबैभन्दा धेरै देखिने लक्षण भनेको छातीको बायाँपट्टि दुख्ने हो तर कसै कसैलाई बीचमा पनि दुख्न सक्छ।

डा मन बहादुर केसीका अनुसार हृदयाघातका लक्षणहरू:

छातीको मध्य वा बायाँभागमा दुख्ने (कहिलेकाहीँ दुख्ने ठाउँ बायाँ हाततर्फ सर्दै जान्छ)
कमजोर महसुस हुने
श्वास फेर्न कठिन हुने
घाँटी अँठ्याएजस्तो (चोकिङ) हुने
पेटको माथिल्लो भाग दुख्ने

जोखिमका कारण

डा कोइरालाका अनुसार उमेरसँगै मुटु रोग वा हृदयाघातको जोखिम बढ्दै जान्छ। “किनभने उमेर बढेसँगै मुटुको रगतको नलीहरू साँघुरो हुँदै जाने बोसो वा क्याल्सियम जम्दै जाने र त्यसको कारणले हृदयाघात हुने सम्भावना केही प्रतिशतले भए पनि बढ्दै जान्छ,” कोइराला भन्छन्।

“तर कम उमेर हुँदैमा हृदयाघात हुँदैन भन्ने पनि छैन। यदि त्यो व्यक्ति ध्रूमपान गर्छ व्यायाम गर्दैन मोटोपन छ तनाव धेरै छ कोलेस्टोरल धेरै छ रक्तचाप उच्च छ वा आनुवंशिक लक्षण छ भने एकदमै युवा व्यक्तिमा पनि हृदयाघात हुनसक्छ।”

उनका अनुसार धेरैजसो ४० वर्षमाथिका व्यक्तिमा हृदय रोगको जोखिम बढी हुने भए पनि आफूले गङ्गालाल हृदय रोग केन्द्रमा काम गर्दा २० प्रतिशतजस्तो हृदयाघातका बिरामीहरू ध्रूमपान गर्ने र ४० वर्ष मुनिका थिए।

डा केसीका अनुसार हृदयाघातको जोखिम निम्त्याउने तत्त्वहरू यी हुन्:

सुर्तीजन्य पदार्थको सेवन
उच्च रक्तचाप
मधुमेह
उच्च कोलेस्टोरल
मानसिक तनाव
बढ्दो उमेर
मोटोपना
निष्क्रिय जीवनशैली
वंशाणुगत समस्या

“जसको परिवारमा बा, आमा उहाँका दाजुभाइ, दिदी बहिनीहरूलाई हृदयाघात छ उनीहरूका सन्ततिलाई हृदयाघात हुने सम्भावना अरू सामान्य मान्छेहरू भन्दा कैयौँ गुणा बढी हुन्छ,” आनुवंशिक वा वंशाणुगत समस्याबारे केसी बताउँछन्।

यस्तो समूहमा रहेका व्यक्तिहरूले अस्वाभाविक वा हृदयाघातको लक्षण भए तत्काल परीक्षण गराउनुपर्ने उनको सुझाव छ। कुनै जोखिम समूहमा नहुँदा पनि उमेर बढ्दै जाँदा यसको जोखिम बढ्ने कोइराला बताउँछन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजाका रोजाइको प्रकृति संरक्षण कोषमा प्रधानमन्त्री कार्कीको मनमौजी

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...

चैत ५ गतेदेखि १९ सम्म कसरामा विक्रमबाबा पूजापाठ हुने

चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...

अमेरिकाले इरानको खार्ग टापुलाई किन निशाना बनायो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...

सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास जोगाउन नसक्ने सैनिक अधिकारीमाथि पनि कारबाहीको सिफारिस

काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...

मानवीय लापरवाहीबाट डढेलोको जोखिम उच्च

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...

रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: