Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

झलनाथको सम्झनामा सहपाठी सुवास : पार्टी मिलाउने प्रयास अधुरै रह्यो !

खबरडबली संवाददाता

काठमाडाैं । अचानक ढंगले हृदयघातले सुवास नेम्वाङको निधन भएको खवरले स्तब्ध र चिन्तित भएको छु । उहाँको परिवारजनमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु । सुवास नेम्वाङ सहपाठी साथी पनि हो । हामी २०१९ साल देखि हामीसंगै पढेको हौ । इलामको आदर्श माविमा ७ देखि १० संगै पढेका हौ । बढो मिलनसार हुनुहुन्थ्यो हामी भन्दा कम उमेर भएपनि । त्रिचन्द्र कलेजमा हामीले संगै आइएस्सी सकेको थियौ । पछि उहाँ कानुन पढ्न लाग्नुभयो ।

विएस्सी पढेर म राजनीतिमा आए । फेरी पनि राजनीतिक मैदानमा हाम्रो भेट भयो । एउटै धारमा अगाडी बढ्दै आउने शिलशिलामा त्रिवि अन्र्तगत विएको परिक्षा इलामको मरब क्याम्पसमा संगै पास गरेको हौ । २०२६ सालमा म पूर्वतिर आउँदा नेम्वाङ इलाममै हुनुहुँदो रहेछ । त्यो बेलामा हाम्रो भेटघाट भयो । मैले धेरै लामो कुराकानी गरेँ, जतिबेलासम्म उहाँ प्रगतिशील राजनीतिमा आइसक्नुभएको थिएन ।

उहाँ प्रगतिशील राजनीतिमा लागेपछि मैले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको विद्यार्थी युनियनको अध्यक्षमा उठाएँ, जतिबेला उहाँ बीए पढ्न थाल्नुभएको थियो । त्यहीबेला उहाँ महेन्द्ररत्न क्याम्पसको स्ववियुको अध्यक्ष पनि बन्नुभयो । म २०२३ सालदेखि नै राजनीतिमा लागिसकेको थिएँ । २६ सालदेखि २८ सालसम्म मैले उहाँसँग राजनीतिबारे लामो कुराकानी गरेँ । त्यसपछि उहाँ २०२९ सालबाट प्रगतिशील राजनीतिमा आउनुभयो ।

उहाँ प्रगतिशील राजनीतिमा लागेपछि मैले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको विद्यार्थी युनियनको अध्यक्षमा उठाएँ, जतिबेला उहाँ बीए पढ्न थाल्नुभएको थियो । त्यहीबेला उहाँ महेन्द्ररत्न क्याम्पसको स्ववियुको अध्यक्ष पनि बन्नुभयो । त्यही कालखण्डबाट उहाँ प्रगतिशील राजनीतिमा पूर्णरुपमा होमिनुभयो । तर म इलाम जिल्ला कमिटी बनाउँदै कोअर्डिनेशन केन्द्रतर्फ अगाडि बढेँ ।

त्यसपछि उहाँ काठमाडौँ आएर कानुन पढ्नुभयो । कानुन पढ्दा पनि विद्यार्थी आन्दोलनलाई सँगसँगै लैजानुभयो । हामीले कोअर्डिनेशन बनायौँ । त्यो कोअर्डिनेशन बनाउने, माले बनाउने अनि एमालेसम्म आउने कुरामा हाम्रै धारबाट उहाँ अगाडि बढ्नुभयो ।

खासगरी २०४६ को परिवर्तनपछि हामीलाई संसद्मा वकिल, कानुन जानेको मान्छे पनि चाहिएको थियो । त्यो भएकाले हामीले नेम्वाङलाई राष्ट्रिय सभाको सांसद बनायौँ । राष्ट्रिय सभामा उहाँ सांसद भएको बेला धेरै राम्रो भूमिका पनि खेल्नुभयो । जसले हामीलाई कानुन बनाउन धेरै सहज पनि भएको थियो ।

त्यसपछि पार्टीमा सल्लाह गरेर उहाँलाई इलामबाटै चुनाव लडाउने कुरा भयो । उहाँलाई इलाम क्षेत्र नम्बर २ बाट चुनाव लडाउने र म क्षेत्र नम्बर १ बाट चुनाव लडेँ । २०५१ सालपछि उहाँ इलाम क्षेत्र नम्बर २ बाट लगातार र म क्षेत्र नम्बर १ बाट लगातार चुनाव लड्दै आयौँ । र, पछि शाहीकालमा राजा ज्ञानेन्द्रले संसद् विघटन गरेपछि हामी त्यो कदमविरुद्ध लड्नुपर्ने अवस्था आयो । त्यतिबेला पनि सँगै नै लड्यौँ ।

इलामको मुहार परिर्वतन गर्ने कुरामा हामीले भुमिका खेलेका हौ । सुवास नेम्वाङले सांसदको हैसियतले संसदमा भुमिका खेल्नु भएको हो । पटक पटक उहाँ सभामुख समेत हुनुभयो । सभामुखको हिसावले महत्वपुर्ण भुमिका खेल्नुभयो । पछिल्लो अवधिमा संविधानसभाको अध्यक्ष हुनुभयो । इलामबाट प्रतिनिधित्व गर्ने क्रममा म देशको ३४ औ प्रधानमन्त्री निर्वाचित भए र सुवास नेम्वाङ संविधानसभाको अध्यक्षको रुपमा निर्वाचित हुनुभयो ।

संयोग २ जनाको जिवनमा सुखद संयोगको लामो इतिहास छ । एउटै पार्टीबाट प्रतिनिधित्वको क्रममा तत्कालिन नेकपा एमाले विभाजित हुँदा विद्रोह गरेर नयाँ पार्टी बनायौ । फरक फरक पार्टीमा रहँदा पनि हामी २ विचको सम्बन्धमा असर परेन् । राम्रो सम्पर्क रहन्थ्यो । विभाजित पार्टीलाई कसरी मिलाएर लग्न सकिन्छ भन्ने बारेमा लगातार कुरा भइरहन्थ्यो ।

नेकपा एमाले भित्रमा रहेर पनि उहाँले कम्युनिष्ट आन्दोलनलाई निकट ल्याउने कुराहरुको सोच महत्वपुर्ण लाग्थ्यो । गर्नुपर्ने कामहरु अधुरो छाडेर सुवास नेम्वाङको निधनले देशलाई अपुरर्णीय क्षति पुगेको छ । नेपाली राजनीतिकका कुशल वामपन्थी नेतालाई आज देशले गुमाएको छ । अन्तमा सुवास नेम्वाङ प्रति हार्दिक श्रद्धासुमन

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुट्टा गुमे, आत्मबल होइन : डोको बुनेर सम्मानका साथ बाँचिरहेका पौडेल र श्रेष्ठ

धनकुटा । जीवनले धेरै परीक्षा लिन्छ, तर सबैले त्यसलाई एउटै तरिकाले सामना गर्दैनन्। धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका ७५ वर्षीय दलबहादुर पौडेल ...

तीन दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू हुँदै

काठमाडौं । राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रणाली स्तरोन्नतिका लागि केही दिन राहदानी सेवा अस्थायी रूपम...

५५–३० को प्रस्तावले बढायो राजीनामा, सुविधा जोगाउन कर्मचारीको हतार

काठमाडौं । संघीय निजामती सेवा विधेयकमार्फत ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाशको व्यवस्था लागू हुने चर्चा चल्न थालेपछि निजामती कर...

वैशाखदेखि विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

काठमाडौं । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्...

अर्जेन्टिना संघर्षपूर्ण जितसहित अन्तिम १६ मा, मेस्सीले बनाए नयाँ कीर्तिमान

एजेन्सी । साविक विजेता अर्जेन्टिनाले डेब्यु टोली केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेक...

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम । गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ । हरियालीले ढाकिएका बगैँचामा लट...

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा...

संवाद नगरी निर्वाचन आयोगमा नियुक्ति अघि बढाइयो, प्रधानमन्त्रीको शैलीप्रति आङ्देम्बेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्...

एमाले-नेकपा एकता : सम्भावना कि सपना ?

एकता चर्चामा ओली–प्रचण्डबीच विश्वासको संकट कायमै

१०० स्थानमा बर्डफ्लु, मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आवश्यक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending