Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

झलनाथको सम्झनामा सहपाठी सुवास : पार्टी मिलाउने प्रयास अधुरै रह्यो !

खबरडबली संवाददाता

काठमाडाैं । अचानक ढंगले हृदयघातले सुवास नेम्वाङको निधन भएको खवरले स्तब्ध र चिन्तित भएको छु । उहाँको परिवारजनमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु । सुवास नेम्वाङ सहपाठी साथी पनि हो । हामी २०१९ साल देखि हामीसंगै पढेको हौ । इलामको आदर्श माविमा ७ देखि १० संगै पढेका हौ । बढो मिलनसार हुनुहुन्थ्यो हामी भन्दा कम उमेर भएपनि । त्रिचन्द्र कलेजमा हामीले संगै आइएस्सी सकेको थियौ । पछि उहाँ कानुन पढ्न लाग्नुभयो ।

विएस्सी पढेर म राजनीतिमा आए । फेरी पनि राजनीतिक मैदानमा हाम्रो भेट भयो । एउटै धारमा अगाडी बढ्दै आउने शिलशिलामा त्रिवि अन्र्तगत विएको परिक्षा इलामको मरब क्याम्पसमा संगै पास गरेको हौ । २०२६ सालमा म पूर्वतिर आउँदा नेम्वाङ इलाममै हुनुहुँदो रहेछ । त्यो बेलामा हाम्रो भेटघाट भयो । मैले धेरै लामो कुराकानी गरेँ, जतिबेलासम्म उहाँ प्रगतिशील राजनीतिमा आइसक्नुभएको थिएन ।

उहाँ प्रगतिशील राजनीतिमा लागेपछि मैले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको विद्यार्थी युनियनको अध्यक्षमा उठाएँ, जतिबेला उहाँ बीए पढ्न थाल्नुभएको थियो । त्यहीबेला उहाँ महेन्द्ररत्न क्याम्पसको स्ववियुको अध्यक्ष पनि बन्नुभयो । म २०२३ सालदेखि नै राजनीतिमा लागिसकेको थिएँ । २६ सालदेखि २८ सालसम्म मैले उहाँसँग राजनीतिबारे लामो कुराकानी गरेँ । त्यसपछि उहाँ २०२९ सालबाट प्रगतिशील राजनीतिमा आउनुभयो ।

उहाँ प्रगतिशील राजनीतिमा लागेपछि मैले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको विद्यार्थी युनियनको अध्यक्षमा उठाएँ, जतिबेला उहाँ बीए पढ्न थाल्नुभएको थियो । त्यहीबेला उहाँ महेन्द्ररत्न क्याम्पसको स्ववियुको अध्यक्ष पनि बन्नुभयो । त्यही कालखण्डबाट उहाँ प्रगतिशील राजनीतिमा पूर्णरुपमा होमिनुभयो । तर म इलाम जिल्ला कमिटी बनाउँदै कोअर्डिनेशन केन्द्रतर्फ अगाडि बढेँ ।

त्यसपछि उहाँ काठमाडौँ आएर कानुन पढ्नुभयो । कानुन पढ्दा पनि विद्यार्थी आन्दोलनलाई सँगसँगै लैजानुभयो । हामीले कोअर्डिनेशन बनायौँ । त्यो कोअर्डिनेशन बनाउने, माले बनाउने अनि एमालेसम्म आउने कुरामा हाम्रै धारबाट उहाँ अगाडि बढ्नुभयो ।

खासगरी २०४६ को परिवर्तनपछि हामीलाई संसद्मा वकिल, कानुन जानेको मान्छे पनि चाहिएको थियो । त्यो भएकाले हामीले नेम्वाङलाई राष्ट्रिय सभाको सांसद बनायौँ । राष्ट्रिय सभामा उहाँ सांसद भएको बेला धेरै राम्रो भूमिका पनि खेल्नुभयो । जसले हामीलाई कानुन बनाउन धेरै सहज पनि भएको थियो ।

त्यसपछि पार्टीमा सल्लाह गरेर उहाँलाई इलामबाटै चुनाव लडाउने कुरा भयो । उहाँलाई इलाम क्षेत्र नम्बर २ बाट चुनाव लडाउने र म क्षेत्र नम्बर १ बाट चुनाव लडेँ । २०५१ सालपछि उहाँ इलाम क्षेत्र नम्बर २ बाट लगातार र म क्षेत्र नम्बर १ बाट लगातार चुनाव लड्दै आयौँ । र, पछि शाहीकालमा राजा ज्ञानेन्द्रले संसद् विघटन गरेपछि हामी त्यो कदमविरुद्ध लड्नुपर्ने अवस्था आयो । त्यतिबेला पनि सँगै नै लड्यौँ ।

इलामको मुहार परिर्वतन गर्ने कुरामा हामीले भुमिका खेलेका हौ । सुवास नेम्वाङले सांसदको हैसियतले संसदमा भुमिका खेल्नु भएको हो । पटक पटक उहाँ सभामुख समेत हुनुभयो । सभामुखको हिसावले महत्वपुर्ण भुमिका खेल्नुभयो । पछिल्लो अवधिमा संविधानसभाको अध्यक्ष हुनुभयो । इलामबाट प्रतिनिधित्व गर्ने क्रममा म देशको ३४ औ प्रधानमन्त्री निर्वाचित भए र सुवास नेम्वाङ संविधानसभाको अध्यक्षको रुपमा निर्वाचित हुनुभयो ।

संयोग २ जनाको जिवनमा सुखद संयोगको लामो इतिहास छ । एउटै पार्टीबाट प्रतिनिधित्वको क्रममा तत्कालिन नेकपा एमाले विभाजित हुँदा विद्रोह गरेर नयाँ पार्टी बनायौ । फरक फरक पार्टीमा रहँदा पनि हामी २ विचको सम्बन्धमा असर परेन् । राम्रो सम्पर्क रहन्थ्यो । विभाजित पार्टीलाई कसरी मिलाएर लग्न सकिन्छ भन्ने बारेमा लगातार कुरा भइरहन्थ्यो ।

नेकपा एमाले भित्रमा रहेर पनि उहाँले कम्युनिष्ट आन्दोलनलाई निकट ल्याउने कुराहरुको सोच महत्वपुर्ण लाग्थ्यो । गर्नुपर्ने कामहरु अधुरो छाडेर सुवास नेम्वाङको निधनले देशलाई अपुरर्णीय क्षति पुगेको छ । नेपाली राजनीतिकका कुशल वामपन्थी नेतालाई आज देशले गुमाएको छ । अन्तमा सुवास नेम्वाङ प्रति हार्दिक श्रद्धासुमन

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending