Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

जमुनाह नाकामा सीमापारी जाने उपभोक्ताको लर्को

खबरडबली संवाददाता

बाँके ।  नेपालगञ्जस्थित जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपेडिहा जाने नेपाली उपभोक्ताको लर्को लागेको छ । नेपालगञ्ज भन्सार कार्यालयले रु एक सयभन्दा बढीको सामान ल्याउदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरेपनि घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौँको सङ््ख्यामा नेपाली रुपेडिहा पुग्ने गरेका हुन् । 

अहिले प्रत्येक दिन दस हजारभन्दा बढी नेपाली जमुनाह नाका हुँदै रुपेडिहामा जाने गरेको जमुनाहस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मीनबहादुर विष्टले बताए । “शुक्रबार र शनिबार सीमामा थामिनसक्नु भीड लाग्ने गरेको छ”, उनले भने, “सहजरुपमा आवतजावतको लागि हरदम प्रयास गरिरहेका छौँ ।” तीजको किनमेल गर्न रुपेडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित् छन् । बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यानलगायत स्थानका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् ।

अधिकांश उपभोक्ता नेपाली  हुने भएकाले रुपेडिहामा नेपाली रुपैयामा कारोबार हुनेगरेको छ । व्यापारीले पसलमा काम गर्ने कामदारसमेत नेपालीलाई राखेर भाषाका लागि सहज बनाएका  छन् । नेपाली उपभोक्ताको भरमा रुपेडिहा बजार चलेको मोफसलका पत्रकार सन्तोष शुक्लाले  बताए । तीज आउन केही दिन बाँकी रहेपनि नेपालगञ्ज बजार सुनसान छ । बजारमा उपभोक्ताको चहलपहल कम छ तर सीमा पारी भारतीय बजार रूपेडिहामा किनमेल गर्ने नेपाली उपभोक्ताको चहलपहल बढेको छ ।

चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रूपेडिहामै निर्भर रहने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । रुपेडिहा बजार नेपाली उपभोक्ताको भरमा टिकेको छ । दैनिक करिब एक करोडको कारोबार नेपाली उपभोक्ताबाटै हुने गरेको छ ।

 दैनिक उपभोग्य सामान, तरकारीलगायत वस्तु किन्न सयौंँ नेपाली सीमा पार जान्छन् । नेपालगञ्जमा चाडपर्वको बेलामा पनि कारोबारमा कमी आएको उहाँको भनाइ थियो । नेपाली उपभोक्ता भारतीय बजार किनमेलका लागि जाने परम्परा पुरानै भएकाले उनीहरूलाई नेपालगञ्जमै रोक्न नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गरे पनि निर्वाचनपछि सेलाउँदै जाने गरेको छ । 

“हामीले सङ्घको तर्फबाट धेरै प्रयास गरेका छौंँ हाम्रो मात्रै प्रयासले केही हुनसकेको छैन । सस्तो पाइने लोभमा नेपाली उपभोक्ता रुपेडिहा जाने चलनले नेपालगञ्जका व्यवसायी धराशायी भएका छन्। “हामीले बेला बेलामा उपभोक्ता जागरण कार्यक्रम गरेर सम्झाउने काम गरेका छौंँ”,सङ्घका अध्यक्ष सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले भने, “भारतीय बजारमा सबै सामान सस्तो पाइन्छ भन्ने भ्रम नेपाली उपभोक्तामा हट्न सकेको छैन ।”

पछिल्लो एक सातायता किनमेल गर्न रुपेडिहातर्फ जाने नेपाली उपभोक्ताको भीड बढेको जमुनाहस्थित इलाका प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले बताए ।उनका अनुसार दैनिक करिब दुई÷तीनसय नेपाली उपभोक्ता किनमेलका लागि रुपेडिहा जाने गरेका छन् ।

घरायसी प्रयोजनका सामान किन्न सीमावर्ती बजारतिर धाउने सीमा क्षेत्रका स्थानीयवासीसँगै चाडपर्वका बेला टाढाटाढाबाट पनि नेपाली उपभोक्तारुपेडिहा जाने गर्दछन् । घर रङ्गरोगनदेखि विद्युतीय सामग्री, मसला, फलफूल र लत्ताकपडा प्रायजसोले रुपेडिहाबाटै खरिद गरेर ल्याउने गरिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: