मकवानपुर । हेटौंडामा चिकित्सकलाई आक्रमण गरेको आरोपमा चार जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा रहेको सन्चो अस्पतालका चिकित्सकद्वय विकास थापा र प्रशान्त बिडारीलाई भदौ २७ मा आक्रमण गर्नेमध्ये चार जना पक्राउ परेका हुन् ।
स्थानीय रमा प्रधान, रमिता प्रधान, रोही प्रधान र अनुप प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। यसैबीच स्वास्थ्यकर्मीले आक्रमण गर्नेहरू विरुद्ध सामुहिक उजुरी दिने भएका छन्। वार्ताको नाममा पीडित चिकित्सकलाई नै हतोत्साहित गर्ने काम भएपछि सामूहिक रूपमा मुद्दा दर्ता गर्ने निष्कर्षमा पुगेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, मकवानपुरका अध्यक्ष भोला चौलागाईंले बताए।
प्रशासन र प्रहरीले दोषीलाई कारबाही गर्न चासो नदेखाएको, उजुरी दर्ता गर्नुको सट्टा दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको अध्यक्ष चौलागाईंको भनाइ छ। घटनापछि छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको र एसपीकै कार्यकक्षमा उजुरी दर्ता नगराउन वार्ता गरिएको तथा दोषीले डाक्टरलाई काट्छु भन्दा समेत एसपी सीताराम रिजाल निरीह बनेको स्वास्थ्यकर्मीको आरोप छ।
यसैबीच नेपाल चिकित्सक संघ, नेपाल औषधी व्यवसायी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, मकवानपुरले प्रेस विज्ञप्ति जारी गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। आक्रमण गर्नेलाई कारबाही नभए आन्दोलन गर्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन्।
एक महीनाअघि सन्चो अस्पतालमा परीक्षण गर्न आएका हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानलाई डेंगी देखिएको थियो। उपचारका क्रममा चितवनमा उनको मृत्यु भएको थियो।
उनको उपचारमा लापरबाही गरेको आरोप लगाउँदै पदमपोखरीको एक समूहले सन्चो अस्पतालका चिकित्सकद्वय थापा र बिडारीलाई आक्रमण गरेको थियो। चिकित्सकलाई आक्रमण भएपछि सेवा प्रभावित भएको छ। यसको विरोधमा मकवानपुरमा ओपीडी सेवा बन्द गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: