Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

नेम्वाङको निधनले शोकमा गृहजिल्ला इलाम

खबरडबली संवाददाता

इलाम । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट गृहजिल्ला इलाम शोकमा डुबेको छ । नेकपा (एमाले)का उपाध्यक्ष एवम् एमाले संसदीय दलका उपनेता नेम्वाङ प्रतिनिधिसभामा इलामबाट पाँच पटकसम्म सांसदका रुपमा निर्वाचित हुनुभएको थियो । इलामका मतदाताले नेम्वाङलाई संविधान निर्माण र इलामको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने व्यक्तिका रुपमा स्मरण गरेका छन् ।

विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको अध्यक्ष हुनुभएका उहाँ २०५६ सालको निर्वाचनपछि कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री भए । कानुन व्यवसायी र प्राध्यापक समेत रहेका उनी २०२९ सालमा अनेरास्ववियुका अध्यक्षसमेत भएका थिए ।

विसं २०३३ मा राजद्रोहीको मुद्दामा जेल परेका उनी २०६४ र २०७० मा संविधानसभा अध्यक्ष बने । विसं २००९ मा इलामको सुन्तलाबारमा जन्मिएका उनले राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकतामा जोड दिए ।

एमाले इलामका सचिव उमेश गुरुङले उहाँको मृत्युले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताए । उनकै अध्यक्षतामा नेपालमा संविधान जारी भएको भन्दै नेपाली जनताले नेम्वाङलाई सधै स्मरण गरिरहने उनको भनाइ छ । 

नेपाली कांग्रेस इलामका पूर्वजिल्ला सचिव राजेन्द्र शर्माले नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति बेहोरेको भनाइ व्यक्त गरे । नेकपा (माओवादी केन्द्र) इलामका कार्यालय सचिव तथा प्रदेश परिषद् सदस्य प्रकाश परियारले नेम्वाङको निधनबाट देश र जनताले एक इमान्दार नेता गुमाएको बताए । 

किरात याक्थुम चुम्लुङका संस्थापकसमेत रहनुभएका नेम्वाङले संविधान निर्माणमा महत्वपूर्ण योगदान रहेको भन्दै किरात याक्थुम चुम्लुङका सङ्घीय सचिव अभिषेक एक्तेनले नेपाली जनतालाई उनलाई सदैव स्मरण गर्ने बताए । 

नेम्वाङको निधनको शोकमा एमालेले पार्टीको झण्डा आधा झुकाएको छ । पार्टीले तीजलगायतका कार्यक्रम रद्द गरेको एमाले इलामका उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending