काठमाडौँ । संसदीय समितिले चिनी, चामल, गहुँलगायतका अति आवश्यकीय खाद्यवस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले दसैँ, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अति आवश्यक खाद्य वस्तुहरुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको हो ।
त्यसैगरी बैठकले अतिआवश्यकीय खाद्य वस्तुहरुको बिक्री वितरण शुलभ मूल्यमा पनि गर्न सरकारलाई सचेत गराइएको समितिका सभापति अब्दुल खानले बताए । समितिले बजारको माग अनुसार मूल्य अभिवृद्धि करमा पूरै छुट हुनेगरी अति आवश्यकीय खाद्य वस्तुको आयात गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको माग सम्बोधन हुनेगरी तत्काल सहमति दिन पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
त्यसैगरी समितिले दसैँ, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरेर बजार अनुगमनका लागि सभापति खानको नेतृत्वको ४ सदस्यीय समिति पनि बनाउने भएको छ ।
उपभोक्ताहरुलाई चाडपर्वको बेला खाद्य वस्तुको अभाव हुन नदिन र कालोबजारी नियन्त्रण गर्न पनि सो समिति बनाउने निर्णय गरिएको सभापति खानले बताए ।
बैठकमा समितिका सदस्यहरुले चाडपर्वका बेला आम उपभोक्तालाई सहज र सुलभ ढंगले अति आवश्यकीय वस्तुहरुको व्यवस्था मिलाउन सरकारलाई सचेत गराएका थिए । समितिकी सदस्य रमा कोइराला (पौड्याल)ले सरोकारवाला सबै निकायले चाडपर्वका बेला जनतालाई सुलभ र सहज ढंगले आवश्यक वस्तुहरुको व्यवस्था मिलाउने काममा लाग्नुपर्ने आवश्यक्ता औँल्याइन् ।
कोइरालाले सरकारले चाडबाडका बेला नागरिकलाई सुभल मूल्य वस्तुहरुको आवश्यक व्यवस्था मिलाउन भन्सार छुट गर्नुपर्ने बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ११ गते, २०८० - १३:४४
दाेलखा । बुधबार राती दाेलखाकाे विगुबाट प्रहरीले चारकिलाे सुन सहित तीजना युवालाई पक्राउ गर्याे । पक्राउ पर्नेमा विगु गाउँपालिका–३, का १८ वर्षिय पेम्ब...
आश्विन ११ गते, २०८० - १२:५३
काठमाडौं । ई.ओ.एल. प्रा. लि., नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थालेयसपालीको दशैं, तिहार ...
आश्विन ११ गते, २०८० - १२:५३
काठमाडौं । ई.ओ.एल. प्रा. लि., नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थालेयसपालीको दशैं, तिहार ...
आश्विन ११ गते, २०८० - १२:४२
काठमाडौं । गीतकार तथा निर्देशक तारा अधिकारीको अर्को गीत ‘संयोग भन्दै पिरतीलाई...’को भिडियो सार्वजनिक भएको छ । सत्यराज आचार्यको स्वर, किरण कँडेलको ...
आश्विन ११ गते, २०८० - १२:२३
रसुवा । मापदण्डविपरीत व्यवसाय गर्ने दक्षिणी रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ ।कारबाही पर्नेमा कालिका गाउँपालिका-२ घुम्ती बजारस्थित आरएस एभ्रोभ...
आश्विन ११ गते, २०८० - १२:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको सीमाभित्रै रहेर शिक्षकका मागहरु सम्बोधन गर्नुपर्ने बताएका छन् । काठमाडौंको शंकरापुरस्थि...
आश्विन ११ गते, २०८० - ११:३९
काठमाडौं । ओखलढुङगा सुनकोशी गाउपालिकाका अध्यक्ष कमल तामाङ नेलसन मन्डेला लिडरशिप अवार्डबाट सम्मानित भएका छन् । उनलाई लण्डनमा आयोजित एक कार्यक्रमकाब...
आश्विन ११ गते, २०८० - ११:१९
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धनुषा प्रहरीले...
आश्विन ११ गते, २०८० - ११:१३
एकै छानामुनी सयौं उत्पादन
प्रतिकृया लेख्नुहोस्: