काठमाडौं । नेपालमा सुन तस्करीका लागि ७ वटा कम्पनी खडा गरेको पाइएको छ । ब्रेक प्याडको रुपमा भित्र्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भइसकेको अवस्थामा बरामद भएको ६० किलो बढी सुन र त्याे भन्दा अघि सुन तस्करीका लागि ७ वटा कम्पनी खडा गरीएकाे भेटीएकाे हाे ।
सुन तस्करी गर्ने समूहले ६० किलोभन्दा पहिले पनि धेरैपटक सुन तस्करी गरेको र त्याे सुन नेपाल भित्र्याउनका लागि ती कम्पनी खडा गरीएकाे प्रहरीले जनाएकाे छ । साउन २ गते त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको बाहिरबाट बरामद भएको सुन रेडी ट्रेड प्रालिका नाममा ब्रेक प्याडका रुपमा भित्र्याइएको थियो। सुन तस्करीका लागि रेडी ट्रेड बाहेक अन्य ६ वटा कम्पनी पनि खोलेको पाइएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा सुन तस्करीबाट आर्जन भएको रकम १४ जनाको बैंक खातामा जम्मा गरेको पाइएको बताइएको छ।
सुन तस्करीका लागि लेखनाथ कार्कीको नाममा छुवाग इलेट्रिक्सल सप्लायर्स, रामकुमार भुजेलको नाममा भुजेल इलेक्ट्रिक्क्स सप्लायर्स प्रालि, कुमार बहादुर भुजेलको नाममा हाडा इलेक्ट्रिक सप्लायर्स, रामबहादुर भुजेलको नाममा पवटी इलेक्ट्रिक सप्लायर्स प्रालि, बिकुन्द्र भुजेलको नाममा दोलखा इलेक्ट्रिक सप्लायर्स र सरिता तामाङको नाममा सरिता सप्तायर्स खोलिएको अभियोगपत्रमा उल्लेख छ।
अभियोगपत्रमा सुन तस्करीबाट आर्जित रकम १४ जनाको नाममा राखिएको देखिएको दाबी गरिएको छ । पुष्करराज भट्ट, राजकुमार श्रेष्ठ, राजेन्द्रकुमार राई, सुदर्शन गौतम, दोङ फाङ्ग इन्टरनेशनल, नरेश तामाङ, रामकुमार भुजेल, हर्कराज राई, भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, बिरेन्द्र नेपाली, पुष्पा जोशी, कमल परियार र भुजेल इलेक्ट्रिक प्रालिको नाममा बैंकमा रकम देखिएको अभियोगपत्रमा दाबी गरिएको छ।
सुन तस्करीमा संलग्न भएकामध्ये मुख्य अभियुक्त भनिएका दावा छिरिङ, योङ पुचिङ र शिवकुमार सरार्फले अवैध सुन कारोबारबाट प्राप्त रकम क्रिप्टो करेन्सीमा लगानी गरी कारोबार गरेको देखिएको अभियोगपत्रमा दाबी गरिएको छ।
उनीहरुले सुन तस्करीको पैसा विदेश लैजानका साथै राज्य प्रणालीबाट जोगाउनका लागि डिजिटल कारोबारको सहयोग लिएको अभियोगपत्रमा उल्लेख छ। नेपालका क्रिप्टोमा लगानी अवैध मानिएको थियो। तर उनीहरुले नेपाली नागरिकता बनाएर यस्तो कारोबार गरेको अभियोगपत्रमा उल्लेख छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: