नवलपरासी । नवलपरासी बर्दघाट –सुस्ता पश्चिम जिल्ला सदरमुकाम परासीस्थित यातायात ब्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष ०७९/०८० मा यातायात सेवा सम्बन्धी सेवाबाट कूल १२ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
विगत वर्षमा भैरहवा र बुटवलबाट सेवा लिदै आएका नवलपरासी ९ बर्दघाट –सुस्ता पश्चिम० का बासिन्दालाई जिल्लामै सेवा उपलब्ध गराउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले कार्यालय सञ्चालनमा ल्याएकाले यातायात सेवासँगै राजश्व सङ्कलन पनि बढेको कार्यालयले जनाएको हो ।
विभिन्न चार शिर्षकमा यस कार्यालयले गत आर्थिक वर्षमा कूल रु १२ करोड ८६ लाख चार हजार तीन सय ९५राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेयले जानकारी दिए । उहाँका अनुसार कार्यालयबाट गत आर्थिक बर्षमा यातायात क्षेत्रको आम्दानी, सवारी दर्ता किताब सम्बन्धी दस्तुर, सवारी साधन कर र आयकरमा राजश्व सङ्कलन हुँदै आएको छ ।
यातायात क्षेत्रको आम्दानी रु १५ लाख ५५ हजार ६५, सवारी दर्ता किताब सम्बन्धी दस्तुर रु एक करोड ७ लाख ९ हजार दुई सय ५० रहेकामा ९ सवारी चालक अनुमतिपत्र नवीकरणबाट रु आठ लाख दुई हजार पाँच सय, सवारी साधन करबाट रु ११ करोड १४ लाख ९४ हजार ७५ र आयकरबाट रु ४८ लाख ४६ हजार पाँच गरी कूल रु १२ करोड ८६ लाख चार हजार तीन सय ९५सङ्कलन भएको थियो ।
यातायात कार्यालयले गत वर्षमा १७ हजार १ सय ९०वटा सार्वजनिक तथा निजी सवारी साधन नवीकरण, सात सय ९४ वटा सवारी साधनको जाँचपास तथा नवीकरण, एक सय ५३ वटा बाटो इजाजत, एक हजार सात सय २४अस्थायी बाटो इजाजत र सात सय ६५ वटा ओभरलोड बोकेको भारतीय सवारी साधनलाई कारबाही र तीसय ४८ वटा सवारी चालक अनुमतिपत्र नवीकरण गरिएको कार्यालयप्रमुख पाण्डेयले बताए ।
गत आर्थिक वर्षका साथै यो वर्षको एक महिनाको थप राजश्वसमेत सङ्कलन भएको बताउँदै उनले अहिले केही सेवा थप भएको हुँदा राजश्व वृद्धि हुनसक्ने जिकिर गरे । यस कार्यालयको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हो, उनले भने, सेवाबापत लाग्ने दस्तुरबाट राजश्व पनि सङ्कलन गर्ने दोस्रो प्राथमिकता हो । अहिले राजश्व सङ्कलनसँगै जिल्लाबाटै यहाँका नागरिकले सेवा पाउँदा राहत पनि भएको छ ।
चालु आर्थिक वर्षको साउन महिनामा पनि ५७ वटा सवारी साधनको स्थायी बाटो इजाजतपत्र ९रुट० नवीकरण, एकसय सय ४१सार्वजनिक सवारी साधनको प्राविधिक जाँचपास, तीन सय ७८ अस्थायी बाटो इजाजतपत्र ( पटके ) सेवा गरी कूल पाँच सय ७६ वटा सवारीसाधन सम्बन्धी सेवा प्रदान गरिएको छ ।
साउन महिनाभित्र सवारी साधन करबाट रु ९० लाख १५ हजार दुईसय ८०, सवारी नवीकरणबाट रु छ लाख २४ हजार तीनसय, सवारी चालक अनुमतिपत्रबाट १० लाख ३० हजार, यातायात क्षेत्रको आम्दानीबाट रु दुई लाख ३३ हजार नौसय ५० र आयकरबाट दुई लाख ३० हजार छ सय गरी कूल एक करोड ११ लाख ३४ हजार एकसय ३० राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । यस जिल्लाभित्र नै बजाज र होण्डा कम्पनीको मोटरसाइकलको एसेम्बल गर्ने कारखाना छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: