काठमाडौं । सरकारका विभिन्न मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि जाने प्रस्तावहरू अझै पनि फितलो र हचुवाका आधारमा जाने गरेको पाइएको छ । मन्त्रालयबाट आउने विभिन्न प्रस्तावहरू मन्त्रिपरिषद्मा पेस गरिन्छन् र सोही आधारमा मन्त्रिपरिषद्ले निर्णयसमेत गर्छ । तर, त्यसरी आउने कैयौं प्रस्तावहरूमा गल्ती भेटिन थालेपछि प्रस्तावहरू त्यसै फिर्ता हुने क्रम बढेको छ ।
विगतमा ललितानिवास प्रकरण तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिवहरूबाटै प्रस्ताव गएको र फाइलहरू अघि बढ्दा ठुलो अपराध भएको थियो । त्यसयता पनि सचिवहरूद्वारा लगिएका कैयौं प्रस्तावहरू नियमविपरीत हुने गरेको र हचुवामा प्रस्ताव पठाउने गरेको देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
मन्त्रालयबाट आउने प्रस्ताव कानुनविपरीत हुने गरी आउन थालेपछि प्रधानमन्त्री कार्यालयले त्यस्ता प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा नै फिर्ता गरी सचिवहरूलाई समेत सचेत पारेको प्रधानमन्त्री कार्यालय स्रोतले जनायो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने– ‘सचिवहरूले हस्ताक्षर गरेर पठाउने प्रस्ताव उनीहरूले नै राम्ररी अध्ययन समेत नगरी पठाउने गरेको पाइयो, पछि प्रधानमन्त्री कार्यालयमा बोलाएर जानकारी लिँदा प्रस्ताव राम्ररी नपढेको जवाफ सचिवबाटै पाइयो, यो गैरजिम्मेवारीपनको हद हो ।’
मुख्य सचिव डा। बैकुण्ठ अर्यालले मन्त्रिपरिषद्मा आउने प्रस्ताव राम्ररी अध्ययन गर्न र आवश्यक विधि पद्धति नपुगी आएको भए त्यस्ता प्रस्ताव फिर्ता गर्न बैठक शाखालाई निर्देशन दिँदै आउनुभएको छ । मुख्य सचिव अर्यालले मन्त्रिपरिषद्मा ढाडो प्रस्ताव लिएर नआउनसमेत मन्त्रीहरूलाई आग्रह गर्नुभएको बताइएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार बढीभन्दा बढी विकासे मन्त्रालयबाट गलत खालका प्रस्तावहरू आउने गरेको छ । विशेष गरी भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, अर्थ, भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा वातावरणलगायतका मन्त्रालयबाट आउने प्रस्तावमा बढी त्रुटि भेटिने गरेको छ ।
ती मन्त्रालयका सचिवहरूले आफंैले पठाउने प्रस्तावका बारेमा राम्ररी अध्ययन नगरी हचुवाकै आधारमा पठाउने गर्दा समस्या परिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - ०९:३१
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु ...
माघ ९ गते, २०८२ - ०९:२६
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् । जिल्ला पार्टी सचिव...
माघ ९ गते, २०८२ - ०९:१४
म्याग्दी। लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा...
माघ ९ गते, २०८२ - ०८:३०
तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको ...
माघ ९ गते, २०८२ - ०८:२६
बागमती । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य ...
माघ ९ गते, २०८२ - ०७:२८
काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने...
माघ ९ गते, २०८२ - ०७:२२
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थिय...
माघ ९ गते, २०८२ - ०७:१३
महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...
माघ ९ गते, २०८२ - ०७:१०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...
माघ ९ गते, २०८२ - ०७:०८
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...




प्रतिकृया लेख्नुहोस्: