Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी

खबरडबली संवाददाता

काठमाडौँ ।  वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताएका छन् । नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र  समाधान’ छलफल  कार्यक्रमलाई सम्बोधन गर्दै  उनले विदेशमा नेपाली हस्तकलाको माग र पहिचान राम्रो रहेको बताए ।  
 
“हस्तकलामा नेपालको पहिचान, परम्परा र संस्कृति छ । हामीले हाम्रो पहिचान, परम्परा र संस्कृतिको निर्यात गरिरहेका छौँ । नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउने माध्यम हो । हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्छ ।  यसमा परिवार, कृषक र महिलासँग जोडिएको छ । गाउँ, समुदायमा नै गर्न सम्भव भएकाले यो क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण अङ्गका रुपमा रहेको छ”, सचिव मरासिनीले भने । 

उनले हस्तकला क्षेत्रमा नेपाली कालिगढको अभाव हुनुको कारण खोज्नु आवश्यक रहेको जनाउँदै   यसलाई महासङ्घले ध्यान दिएर प्रवद्र्धन गर्नुपर्ने धारणा राखे । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले साना उद्यमी र लघु उद्यमीहरुलाई निर्यात गर्न सक्ने गरी उत्पादन गर्न र रोजगारी सृजना गर्नका लागि माथि उकास्न आवश्यक पर्ने सहुलियत र सुविधा दिनुपर्ने बताए ।  

“हस्तकला क्षेत्रमा विकासका लागि कसले के गर्ने हो भन्ने खालका नीति तथा रणनीतिहरु तय गरिनुपर्छ । समस्याहरु धेरै छन्, विद्यमान समस्या र समाधानका उपायहरुका विषयमा हस्तकला महासङ्घले सुरु गरेको काम महत्वपूर्ण छ, आन्तरिक र बाह्य समस्याहरु के के हुन् भनेर पहिचान गर्नुपर्ने र उद्यमी र व्यापारीहरु छुट्याएर समस्या समाधान गर्न लाग्नुपर्ने अवस्था छ,” निर्देशक राणाले भने । उनले हस्तकला वस्तुको निकासीका लागि पारवहन र ढुवानीका समस्या समाधान गर्नाका साथै बजारहरुको खोजी गर्नुपर्ने धारणा राखे ।

नेपाल बैंक लिमिटेड कर्जा विभागका वरिष्ठ प्रबन्धक कृष्णबहादुर कार्कीले निकासीसँग सम्बन्धित व्यवसायलाई नेपाल बैंकले प्राथमिकताका साथ लगानी गर्दै आइरहेको बताए । उनले  व्यवसायीहरुको व्यापारिक सोचलाई उद्योगमा लैजानका लागि स्टार्ट अप बिजनेसदेखि नै सहयोग गर्ने बताए । ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपायहरु’ विषयक कार्यपत्र प्रस्तुति गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वउपसचिव हिमाल थापाले हस्तकला क्षेत्रमा पिछडिएका वर्ग र महिलाहरुको सहभागिता धेरै रहेको बताए ।

उनले निकासी व्यापारमा हस्तकला क्षेत्रको २० प्रतिशत योगदान रहेको तथ्य प्रस्तुत गर्दै ८० मुलुकमा नेपालको हस्तकलाका वस्तुहरु निकासी हुने गरेको बताए । हस्तकला उद्योगको विकास, संरक्षण र प्रवद्र्धन गर्ने छुट्टै निकायको अभाव रहेको पूर्वउपसचिव थापाले प्रस्ट्याए । 

नेपाल हस्तकला महासङ्घका कार्यवाहक अध्यक्ष सनम शाक्यले मूल्यमा प्रतिस्पर्धाले सुनका गरगहना निर्यात हुन नसकेको धारणा राख्दै यसमा व्यावहारिक कठिनाइ र नीतिगत समस्या रहेको तर्क गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending