Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

खोलाखोल्सीको निहुरो सहर बजारका भान्सामा

खबरडबली संवाददाता

भोजपुर । सडकको पहुँच विस्तार भएसँगै भोजपुर चोलन्ती, मझौलेको निहुरो सहर बजारका भान्सामा पुग्न थालेको छ । भौगोलिक रुपमा दुर्गम मानिने यी स्थानको खोलाखोल्सी तथा वन पाखामा फल्ने निहुरो देशका ठूला सहरमा पुग्न थालेको हो । 

टेम्केमैयुङ– ५ चोलन्ती, मझौलेका स्थानीयवासीले वन जङ्गलबाट सङ्कलन गरेको निहुरो धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँ लगायतका सहरमा जाने गरेको छ । सङ्कलित निहुरो घरबाटै बिक्री गर्दै आएको स्थानीयवासी डम्बर विष्टले बताए । विगतमा त्यतिकै वन, पाखा खोलाखोल्सीमा खेर गइरहेको निहुरोले अहिले गाउँघरमा नै राम्रो मूल्य पाउने गरेको उनको भनाइ छ ।

‘‘सडकको पहुँच विस्तारपछि यहाँका वन पाखामा पाइने निहुरोले मूल्य पाएको छ’’स्थानीयवासी विष्टले भने,‘‘हामीले सङ्कलन गरेको निहुरो आफ्नै घरबाट बिक्री भइरहेको छ । गाउँमा खेर गइरहेको निहुरो अहिले सहरका भान्सामा पुग्ने गरेको छ । निहुरो बिक्रीबाट घरखर्च चलाउन सहज छ ।’’

सङ्कलन गरेको निहुरो ठेकेदारहरुले घरमा नै आएर किन्ने गरेको स्थानीयवासी मीना बस्नेतले बताए । सङ्कलन गरिएको निहुरो प्रतिकेजी २५ देखि ३५ मा ठेकेदारले लैजाने उनको भनाइ छ । 

पात भएको भन्दा डाँठ मात्र भएको निहँुरोले राम्रो मूल्य पाउने बस्नेतले बताए । निहुरो बिक्रीबाट परिवारको घरखर्च धान्न सहज भएको उनले जानकारी दिए । सुरु सुरुमा प्रतिकेजी ४० देखि ४५ सम्ममा बिक्री गरेको उनको भनाइ छ । 

‘‘हाम्रो जस्तो दुर्गम ठाउँको निहुरो बिक्री होला भन्ने मलाई लागेको थिएन’’उनले भने,‘‘अहिले यही निहुरो किन्न घरमा नै मान्छे आउँछन् । गाउँभरिका सबैजना वन जङ्गलमा गएर सङ्कलन गरेर ल्याएर बिक्री गर्दै आएका छौँ । निहुरो बिक्रीबाट राम्रै आम्दानी हुन्छ ।’’

चोलन्ती, मझौलेमा सङ्कलन भएको निगुरो स्थानीय बजारमा भन्दा पनि जिल्ला बाहिरका सहरमा जाने गरेको स्थानीयवासी एकराज विष्टले बताए । एक जनाले एक दिनमा एकदेखि दुई डोकोसम्म निहुँरो सङ्कलन गर्ने उनको भनाइ छ । ‘‘खोलाखोल्सीको निहुरो सहर बजारमा पुग्न थालेको छ’’ उनले भने,‘‘निहुरो हुर्किएपछि गाईबस्तुलाई सोतरको रुपमा प्रयोग गर्दै आएका थियौँ । अहिले त्यही निहुरोले मूल्य पाएको अवस्था छ । हामीले जति धेरै सङ्कलन गरेपनि बिक्रीको लागि कुनै समस्या छैन ।’’

स्थानीय बासिन्दाले वर्षातयाम सुरु भएपछि अर्थात जेठ असारबाट कात्तिक महिनासम्म निहुरो बेच्दै आएका छन् । वनजङ्गलमा सजिलै पाइने, निहुरो अर्गानिक हुने भएकाले सहरका मानिसको रोजाइँमापर्ने गरेको छ । तराईमा पाइने निहुरोभन्दा पहाडी क्षेत्रबाट जाने डौँठे निहुरोको बजारमा राम्रो माग रहेको स्थानीय निहुरो व्यापारी लालबहादुर विष्टले बताए । यो वर्षबाट चोलन्ती,मझौले गाउँबाट मात्र आठ मेट्रिक टन निहुरो बाहिरका बजारमा लगेको उनले जानकारी दिए । 

गत वर्षको भन्दा यो वर्ष उत्पादनमा केही कमि आएको उनको भनाइ छ । गतवर्ष यहाँबाट दश मेट्रिक टन बढी निहुरो बाहिर लगेको व्यापारी विष्टले बताए । 

‘‘पहाडको निहुरोको सहरका बजारमा राम्रो माग छ’’उनले भने,‘‘गाउँबाट हिँडेको पाँचदेखि छ घण्टामा यसलाई धरान, इटहरी पुर्याउछौँ । बजारमा पुर्याएपछि बिक्रीको लागि कुनै समस्या छैन । खास गरेर पहाडको डौठे निहुरो अचारको लागि बढी माग हुन्छ । मैले मात्र यो वर्ष आठ मेट्रिक टन निगुरो बाहिर लगेँ ।’’ जैविक र मौसमी तरकारी निहुरो पौष्टिकताले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि फाइदाजनक रहेको पोषणविद्हरुको भनाइ छ ।

निहुरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ‘ए’ लगायतका पोषकतत्व पाइने भएकाले बालबालिका तथा गर्भवती महिलालाई धेरै लाभदायक हुने उनीहरुको भनाइ छ । स्थानीयस्तरमा पाइने निहुरो बाहिरका बजारसम्म निर्यात हुने गरेकाले यसको उत्पादन र बजारीकरणको लागि गाउँपालिकाले आवश्यक पहल गर्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर योजनाबद्ध रुपमा काम गर्दै आएको उपाध्यक्ष राईको भनाइ छ ।

‘‘स्थानीय सरकार सञ्चालनमा आएपछि जनतालाई केही सहज भएको अवस्था छ’’उपाध्यक्ष राईले भनिन्, ‘‘गाउँरगाउँमा कच्ची नै भए पनि कृषि सडक बनेकाले दुर्गम ठाउँका कृषि उपजले बजार पाएको अवस्था छ । अहिले किसानले घरबाट नै बिक्री गर्न सक्ने अवस्था छ । स्थानीयस्तरमा पाईने वस्तुको उत्पादनसँगै बजारीकरणमा गाउँपालिकाले पनि आवश्यक पहल गर्छ ।’’

ऊनीउ प्रजातीमा पर्ने निहुरो पहाड र तराई सबैतिरका वन जङ्गल तथा खोलाखोल्सीमा पाइने वनस्पति हो । निगुरो पहाडी क्षेत्रमा बढी मात्रामा पाइने भए पनि यहाँका गाउँघरका स्थानीयवासीले भने कमैले मात्र खाने गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending