काठमाडौं । भदौ महिनामा घरजग्गाको कारोबार अघिल्लो महिनामा भन्दा कम देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार भदौमा देशभरका मालपोत कार्यलयमा काराेबार कम भएकाे हाे ।
भदाैमा देशभरका मालपाेत कार्यालयबाट ३५ हजार ६८६ वटा मात्रै घरजग्गा किनबेच भएको छ । जुन साउनको तुलनामा करिब ३ हजार ५ सयले कम हो । साउनमा देशभरका मालपोत कार्यलयबाट ३९ हजार २६३ लिखत पारित भएको थियो ।
लगातार मन्दीतर्फ धकेलिएको घरजग्गा कारोबार कित्ताकाट खुलेसँगै सकारात्मक हुने अपेक्षा गरिएको थियो । साउनको तुलनामा भदौमा कारोबार झन् घट्यो तर राजस्व संकलनमा भने वृद्धि आएको छ । सरकारले भदौमा घरजग्गा कारोबारबाट ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । यो साउनको तुलनामा १३ करोड ५५ लाख रुपैयाँले बढी हो ।
कित्ताकाट खुला भएसँगै कारोबारमा आमूल वृद्धि हुने अपेक्षा थियो । तर अपेक्षाअनुरूप कारोबार हुन नसकेपनि गत वर्षको कारोबारसँग तुलना गर्दा चालु आर्थिक वर्षमा कारोबार वृद्धि भइरहेको छ । गत वर्षको भदौमा देशभरि ३४ हजार ७२० लिखत पारित भएको थियो ।
काठमाडौंमा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ६ वटा मालपोत कार्यालय छन् । यी कार्यालयमध्ये कलंकी मालपोत कार्यालयबाट सबैभन्दा बढी कारोबार भएको छ । कलंकी कार्यालयबाट भदौ महिनामा पाँच सय ९४ संख्यामा घरजग्गा कारोबार भएको छ ।
दोस्रो ठूलो कारोबार गर्नेमा चाबहिल मालपोत कार्यालय छ । चाबहिलबाट भदौमा चार सय ७ संख्यामा कारोबार भएको छ ।
त्यस्तै, तेस्रोमा साँखु मालपोत कार्यालय रहेको छ । साँखुबाट भदौमा ३ सय ६७ संख्यामा घरजग्गा कारोबार भएको छ ।
मनमैजु कार्यालयबाट साउनमा २ सय ७३ संख्यामा कारोबार भएको छ । डिल्लीबजार कार्यालयबाट एक सय ७४ संख्यामा घरजग्गा किनबेच भएको छ ।
त्यसैगरी, टोखा कार्यालयबाट एक सय ३५ संख्यामा घरजग्गा किनबेच भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: