बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा उत्पादित “प्रहरी कार्यक्रम” प्रसारणको लागि स्थानिय टेलिभिजनहरुसंग सम्झौता भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले आज एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा बिराट टेलिभिजन इटहरी, सप्तकोशी टेलिभिजन इटहरी र कृति टेलिभिजन धरानसंग कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले उत्पादन गरेको “प्रहरी कार्यक्रम” साप्ताहिक रुपमा प्रसारण गर्ने संझौता भएको हो ।
उक्त सम्झौता कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोला सहित बिराट टेलिभिजनका व्यवस्थापक बिकल पौडेल, सप्तकोशी टेलिभिजनका व्यवस्थापक बिकल रेग्मी तथा कृति टेलिभिजनका व्यवस्थापक बिनय प्रधान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता कार्यक्रमलाई सम्वोधन गर्नु हुदै प्रदेश प्रहरी प्रमुख बास्तोलाले स्थानिय टेलिभिजनहरुसंगको सहकार्यमा प्रहरी गतिबिधिका साथै जनचेतनामुलक तथा संदेशमुलक सामग्रीहरु प्रसारण गर्दा आम नागरिकहरुमा जनचेतना अभिबृद्धी भई समाजमा अपराध रोकथाम तथा नियन्त्रण हुने र शान्ति सुरक्षा स्थापना गर्ने कार्यमा स्थानिय टेलिभिजनहरुको महत्वपूर्ण भुमिका रहने बताए ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा उत्पादित “प्रहरी कार्यक्रम” नेपाल टेलिभिजन इटहरी, एरिना टेलिभिजन इटहरी र मकालु टेलिभिजन बिराटनगरबाट निरन्तर साप्ताहिक रुपमा प्रसारण हुदै आईरहेको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: