Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

तस्करको गोदामामा भैरहवा भन्सारको छापा, २० लाख भन्दा बढिको कपडा बरामद

खबरडबली संवाददाता

भैरहवा । भैरहवा भन्सार कार्यालय रुपन्देहीले तस्करको घरमा छापामारी ठुलो परिणाममा कपडा र अन्य मालवस्तु बरामद गरेको छ । जिल्लाको पुर्व दक्षिण पर्ने रोहिणी गाउँपालिका वडा नम्बर ५ तरकुल्लाहमा रहेको महेन्द्र यादव र इश्वर यादवको घरमा आईतवार छापामारी उक्त परिणामको मालवस्तु बरामद गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीले जनाएको छ ।

भारतवाट भन्सार छली तस्करी मार्फत ल्याएको मालवस्तु लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा छापामार्दा ठुलो परिणामा कपडा र अन्य सामान बरामद भएको भैरहवा भन्सार कार्यालयका प्रमुख प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले बताए । सुरक्षा निकायको समन्वयमा छापामारी भन्सार कार्यालयले तस्करको गोदामबाट भारतबाट चोरि पैठारी गरि गोदाममा राखेको लेडिज सुट, सारी, जयपुरी सुट, लेडिज टप तथा टपसेट, लेडिज लुङ्गी, महिलाको ड्रेसमा प्रयोग हुने कपडा र लेमिनेशन पेपर बरामद भएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।

पछिल्लो समय भैरहवा भन्सार कार्यालयले आन्तरिक तथा बाह्यरुपमा तस्करी नियन्त्रण र न्यूनिकरणको अभियान शुरु गरेको छ । भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको जिम्मेवारीमा मनिराम पौडेल आएपछि तस्कर र भन्सार अपराध गर्नेहरुका विरुद्धका भैरहवा भन्सार कार्यालय कठोर बनेको देखिन्छ । पौडेल प्रमुख भन्सार अधिकृत भएसंगै गत बर्ष कपिलवस्तुको चाकरचौडाबाट तस्करको गोदाममा छापामारी २ करोड मुल्य बराबरको सामान बरामद गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीको रेर्कडले देखाउछ ।

भैरहवा भन्सार कार्यालयको तथ्याङ्क अनुसार कपिलवस्तुका साथै बुटवलबाट समेत पौडेलको नेतृत्वमा तस्करको घरमा छापामारी भारतबाट तस्करगरि ल्याएको १ करोड ५० लाख मुल्य बराबरको मालबस्तु बरामद भएको हो । भन्सार भित्रबाट समेत मिलोमतोमा हुने तस्करको सेटिङलाई पौडेलले भत्काएको पाईन्छ । कपडा, माछा, व्याजको तस्करी भन्सार भित्रबाट गर्न खोज्नेलाई समेत पौडेलले निर्ममपुर्वक नियन्त्रणमा ल्याई कार्वाही गरेको भैरहवा भन्सार कार्यालयको सुचना शाखाले जनाएको छ ।

भैरहवा भन्सार कार्यालयको प्रमुख भएको १ वर्ष भित्रमा करिब ८ करोड मुल्य भन्दा बढिको तस्करी सामान बरामद गर्नुका साथै पौडेलले १७ जना तस्करलाई थुनामा राखेको भैरहवा भन्सार कार्यालयका सुचना अधिकारी नारायणदत्त जोशीले जानकारी दिए । यहि अवधीमा फरार ११ जना तस्करलाई भैरहवा भन्सार कार्यालयले पक्राउ पुर्जी जारी समेत गरेको सुचना अधिकारी जोशीले बताए ।

आर्थिक बर्ष २०८०/८१ को साउन र भदौ महिनामा मात्र भैरहवा भन्सार कार्यालयले अवैधरुपमा भारतबाट नेपाल भित्रिएको ५ करोड मुल्य बराबरको सामान बरामद गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीले जनाएको छ ।

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: