काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य गाेपाल दहितले शिक्षकलाई प्रशस्त तलब, सुविधा दिनुपर्ने तर राजनीतिक झोले बनाउन नहुने बताएका छन् । कांग्रेस केन्द्रीय समिति बैठकमा उनले पार्टीसम्बद्ध शिक्षक संघ खारेजीको माग गर्दै यस्ताे बताएका हुन् ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला कांग्रेसको बैठकमा नेताहरुले शिक्षकहरुलाई व्यावसायिक बनाइनुपर्ने, पर्याप्त सेवा सुविधा दिनुपर्ने तर राजनीतिक संस्थामा आवद्ध हुन दिन नहुने बताए ।
अहिले शिक्षकहरुले आन्दोलन गरिरहेका र उनीहरुलाई सम्मानपूर्वक इज्जतपूर्वक व्यावसायिक बनाउनुपर्ने कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा नेता गोपाल दहितले बताए । उनले पार्टीका भातृ संघ संस्थाको रुपमा निर्माण गर्ने माग गर्न नहुने उनकाे भनाइ थियाे । नेपाली कांग्रेस निकट शिक्षकहरुको पनि संघ छ । कांग्रेस निकट शिक्षकहरु नेपाल शिक्षक संघमा आवद्ध छन् । कतिपयले शिक्षकहरुले संघ बनाउन पाउने र पार्टी सम्बद्ध हुन पाउने मजदुर अधिकारको पक्ष भएको तर्क गरिरहेका बेला कांग्रेस नेता दहितले पार्टीसम्बद्ध शिक्षक संगठन खारेजीको माग राखेका हुन् ।
यदि नेपाली कांग्रेसले एउटा राष्ट्रिय सहमति बनाउन चाहन्छ भने यो युनियनहरु खारेजी गर्नुपर्ने उनकाे भनाइ छ । उनीहरुलाई प्रोफेसनल, व्यावसायिक बनाउने इज्जतपूर्ण व्यावसाय गर्न दिने हो भने कांग्रेसलेल पार्टी सम्वद्ध शिक्षाक संगठन खारेज गर्नु पर्ने उनकाे भनाइ छ । प्रशस्त तलब, सुविधा दिनुपर्ने तर राजनीतिक झोले बनाउन नहुने नेता दहितकाे भनाइ छ ।
विश्वभरका विकसित मुलुकमा कुनै प्रकारका युनियन नरहेको बताउँदै नेता दहितले भने, ‘नेपालमा हेर्ने हो भने हरेक क्षेत्रमा विकासको वाधकको रुपमा युनियनहरु पाइरहेका छौं ।’ नेकपा एमालेमा युनियन पार्टी संगठनकै रुपमा रहेको पनि कांग्रेस नेता दहितले स्मरण गरे ।
साथै, कांग्रेस नेताहरुले शिक्षकहरुको सेवा सुविधाको मागमा सरकार गम्भीर हुनुपर्ने र त्यसका लागि पार्टी समेत निर्णय गरेर सरकारलाई भन्नुपर्ने माग राखेका छन् । विद्यालय शिक्षा विधेयकलाई आवश्यक परिमार्जन गर्दै अगाडि बढ्न सकिने भएकाले आन्दोलनको विकल्प खोज्न पनि कांग्रेस नेताहरुले आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरेका छन् ।
कांग्रेसले विद्यालय शिक्षा विधेयककै विषयमा छलफल गर्न सांसदहरुको बैठक समेत आह्वान गरिसकेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार यही असोज ८ र ९ गते कांग्रेस सांसदहरुले प्रस्तावित विद्यालय शिक्षा विधेयकका विषयमा सामूहिक छलफल गर्नेछन् । छलफलका आधारमा विधेयकउपर संसदीय प्रक्रियामा अगाडि बढ्ने कांग्रेसको तयारी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: