Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

प्रेमी भेट्न इलाम पुगेकी युवतीलाई प्रभु बैंक कर्मचारीद्धारा बलात्कार प्रयास

खबरडबली संवाददाता

इलाम । इलाम घुम्न गएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला प्रभु बैंक इलाम शाखाका कर्मचारी प्रमेश पोखरेलले बलात्कार प्रयास गरेका छन् । तराईको जिल्लाबाट बिश्वकर्मा पुजाको दिन इलाम आएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला पोखरेलले बलत्कारको प्रयास गरेका हुन् ।

युवतीको प्रेमी र पिडक दुबै बैंकका कर्मचारी हुन् । प्रेमीसँगै खाना खाएका बेला पिडकले युवतीलाई देखेका थिए । खाना खाएको केहि घण्टापछि साथीको कोठामा पिडक पुगेका थिए । यो घटना अशोज २ गते दिउँसो साढे तीन बजेको हो ।  इलामको मुख्य बजार भन्दा केहि सय मिटर टाढा मात्रै डेरा बस्दै आएका प्रेमीको कोठामा ती युवती बसेकी थिइन् ।  युवतीको प्रेमी पनि इलाम सदरमुकाममा रहेको अर्को बैंकका कर्मचारी हुन् । युवती बसेको कोठामा जानु अघि पिडक उनको प्रेमीले काम गर्ने बैंकमा पुगेका थिए ।

बैंकमा पुगेका बेला युवतीका प्रेमी काममा व्यस्त थिए । त्यस लगत्तै निस्किएका प्रभु बैंकका ती कर्मचारी बैंकको ड्रेसमा युवती भएको कोठामा पुगेका थिए । उनी मोवाइल चार्ज गर्ने निउँमा युवती बसेको कोठामा पुगेको पिडितले बताइन् ।

युवतीकाे वयान

शुरुमा ढोका खोल्न लगाउँदा मेरो प्रेमीले झै ढोकामा ढक ढक पारे पिडित युवतीले भनिन्–‘ढोका खोलेपछि सर त हुनुहुन्न भने, तर म आराम गर्छु भनेर भित्र पसे र ढोका बन्द गरे ।’ उनी भन्छिन्–‘त्यसपछि म आत्तिएर कोठाको कुनामा बसे ।’ म कोठाको कुनामा बसेर प्रेमीलाई कम फाष्ट भनेर मेसेज गरे ।’ पिडित युवती भन्छिन्–‘त्यसपछि ढल्किएर बसेका उनले मेरो मोवाइल खोसेर फ्याकिदिए र मेरो काखमा एक्कासी आएर कपडा खोल्ने प्रयास गरे । मधिराले लठ्ठ परेका पिडकले शुरुमा लुगा खोल्न लगाएको तर नमानेपछि लछारपछार पारेको उनी बताउँछिन् । उनले भनिन्–‘मेरो आधि लुगा खोलेर मेरो संवेदनसिल अंगमा औला लगाउने प्रयास गरे, त्यहि कारण सानो घाउ भएको छ ।’

जबरजस्ती लडाएर आधि लुगा खोलेपछि मैले उनको टाईमा पक्रन सफल भएँ, पिडित युवती भन्छिन्–‘त्यसपछि युद्ध भएजस्तै भयो ।’ उनले भनिन्–‘मेरो शरिर धेरै पटक भुईमा बजारीयो र मैले पनि उनको टाईमा समाएकाले प्रतिकार गर्न सफल भएँ ।’ यसरी एक अर्कोले लछार पछार गर्ने क्रम १५ मिनेट जस्तो चल्यो । र म ढोका खोल्न सफल भएँ पिडित महिला भन्छिन्–‘धकेला धकेल गर्दा पिडकको लुगा च्यातिएको छ ।’ उनले थपिन्–‘ १५ मिनेट जोगिन धकेला धकेल भयो, त्यसपछि म ढोका खोल्न सफल भएँ अनि बाहिर निस्के । ढोका खोलेर बाहिर निस्कदा मेरो हैन उसको फोन बोकेछु, प्याटन थाहा भएन फेरी प्रेमीलाई फोन गर्न पाइँन ।

त्यसपछि उसले भित्र कोठाबाट भन्यो– भित्र आउ म तिमिलाई केहि गर्दिन भन्दै बोलाए तर प्यासेजमा बसिरहे । त्यतिकैमा उनी पनि आधि लुगामा प्यासेजमा आएपुँगे, त्यसपछि म कोठा भित्र पसेँ । उनी भन्छिन्–‘म कोठामा पसेर ढोका बन्द गरि प्रेमीलाई म्यासेज गरे, त्यसपछि पिडकले कपडा माँगे अनी मैले थोरै ढोका खोलेर कपडा दिएँ अनि धकेलिदिएर म बाथरुममा पसेँ । त्यसको १० मिनेट पछि मेरो प्रेमी आइपुगे । त्यसपछि के गर्ने भन्ने सल्लाहा गर्दा गर्दै रात पर्यो र भोलिपल्ट अशोज ३ गते बिहान प्रहरी कार्यालय पुगेर जाहेरी गरेका हौँ ।

पिडितले प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरी पिडकको कोठामा पुगेको थियो । प्रहरीले पिडकको कोठाबाट युवतीको कोठामा पुग्दा लगाएको बैँकको ड्रेस बरामत गरेको छ । कोठाबाट चुरोट र रक्सीका बोतलहरु पनि प्रहरीले फेला पारेको छ ।

घटना समासुम पार्न बदाब 

घटनालाई सामसुम बनाउन पिडितका अभिभावकलाई पिडकका आफन्त पनि पुगेका छन् । पिडित भन्छिन्–‘मेरो घरमा आएर धेरैजनाले घटना बाहिर नल्याइदिन अनुरोध गर्नुभएको छ, तर मैले हामीले मानेका छैनौँ ।’ उनी भन्छिन्–‘मलाई परिवारको सहयोग राम्रो छ, कानुनी लडाई लड्छु । घटनाको मिलापत्र गर्न र बाहिर नल्याइदिन पिडितको प्रेमीलाई पिडकका आफन्त र साथिले आग्रह गर्दै आएका छन् । पिडितका प्रेमी भन्छन्–‘घण्टैपिच्छे घटना बाहिर नल्याउन आग्रह गर्नेको फोन आउँछ ।’ उनले थपे–‘ मलाई फोन गरेर घटना मिलापत्र गर्नुपर्छ भन्ने फोन आउने क्रम जारी छ, मैले वास्था गरेको छैन ।

पोखरेल दैनिक मातेर पुग्थे बैंकमा

युवतीलाई बलात्कार प्रयास गर्ने प्रभु बैंकका कर्मचारी प्रमेश पोखरेल दैनिक मातेर बैँक पुग्ने गरेको पाइएको छ । बैंकको विराटनगर शाखामा पनि पोखरेलले रक्सीको नसामा हर्कत गरेपछि इलाम सरुवा गरिएको थियो ।

बैंकको व्यवस्थापन पक्षले घरदेखि टाढा राख्दा सुध्रिने वा जागिर छोड्छ भन्ने मनसायले इलाम सरुवा गरेपनि इलाम शाखामा आएपछि पनि उनको बानि नसध्रिएको समाचार श्रोतले बतायो । श्रोत भन्छ–‘बैंकमा दैनिक रक्सीमा लठ्ठ परेर आउने गरेकाले हामी उनीसँग सजग थियौँ र वास्था गर्न छोडेका थियौँ ।’ उनी घटना भएको दिनमा पनि मातेर  नै बैंकमा पुगेका थिए । 

श्रोतले भन्यो–‘हामीले यो मान्छे कुनै नराम्रो घटनामा फस्ने देखिएकाले बैंकका कर्मचारी सबै सजग थियौँ । त्यस दिनपनि एक जना साथि लिएर बाहिर जान खोजेका थिए,पर्दैन भनेर रोकेका थियौँ ।’ त्यसको केहि घण्टामा यस्तो घटना भयो भनेर खबर पायौँ  समाचार श्रोत  भन्छ । श्रोत भन्छ–‘उनले रक्सीको नसामा हुँदा गरेका नराम्रा कामहरु धेरै भइसकेको पाइन्छ ।’ उनी त्यसदिन पनि सप्तकोशी बैंक पुगेपछि युवती बसेको कोठामा पुगेको पाइन्छ ।

प्रहरी भन्छःअदालतले पक्राउ पुर्जी जारी गर्न दिएन

घटनाबारे पिडितले जाहेरी दिएपछि जिल्ला प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले पिडितको बयान र स्वास्थ्य जाँच गरि जिल्ला अदालतमा पेश गरेपनि अदालतले पक्राउ गर्ने अनुमति दिएको छैन । प्रहरी श्रोतले भन्यो–‘घटनाको अनुसन्धान गरि  अनुमति मागेका छौँ, अनुमति पाउने बित्तिकै हामी थप अनुसन्धान गर्नेछौँ ।’

अदालतबाट पक्राउ गर्ने अनुमति नदिएपछि प्रहरीले पक्राउ गर्ने र घटनामा थप अनुसन्धान गर्ने काम गरेको छै्रन । श्रोतका अनुसार युवतीलाई बलात्कार प्रयास गर्ने बैंक कर्मचारी अहिले बैंक गएका छैनन् । उनले इलामको डेरा छोडेर घरमा बसेका छन् । उनले आफन्तमार्फत घटना सामसुम पार्न पिडितका आफन्त र उनका प्रेमीलाई फोन गर्न लगाइरहेका छन् ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending