झापा । झापाको दमक ९ स्थीत कदम थिएटरको पाङ्वाईला हिममा नाटक ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन हुने भएको छ ।
दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मुलकाहरुको जीवन भोगाइलाई साहित्यकार इन्द्रबहादुर राईले कथा लेखेका थिए ।
सोहि कथालाई नाटकीकरण गरेर रंगकर्मी जीवन बरालको निर्देशनमा कदम थिएटरका पहिलो ब्याचका कलाकारहरुले अभिनय गर्दैछन् । नाटक यहि असोज १२ गते देखि हरेक साँझ ५ः१५ बजे कदम थिएटरमा मञ्चन हुनेछ ।
कदम थिएटरले गएको जेठ २४ गते देखि रंगमञ्चको आधारभुत कार्यशाला सञ्चालन गरेको थियो । सोहि कार्यशालाको अन्त्यमा नाटक “जयमाया आफू मात्र लिखापानी आईपुगी” को मञ्चन गर्नका लागि पूर्वअभ्यास भईरहको कदम थिएटरका महासचिवकमन देवानले जानकारी दिए । देवान भन्छन्, यो नाटक हाम्रै परिवेशको नियती, वाध्यता र दुःखका कथा हो ।
हामीले भोगेका, भोग्न परेका शरणार्थी व्याथाभित्र कतै न कतै जयमायाहरु बाँचिरहेकै छन्, होलान् । पूर्वी नेपालका बेलडाँगी, पथरी शनिश्चरे अझै यी व्याथाका साँक्षी छन् । यस नाटकमा अनिल दुलाल, आयुुश खतिवडा, पारुमा राई, पुनम भुजेल, पुष्प राई,भरत मगर, नविन भण्डारी, नविन रिजाल, रश्मी उप्रेती, रोशन मुर्मु, विवेक राउत र संचिता लामाले अभिनय गरेका छन् भने नाट्य आलेख रंगकर्मी सिजन दाहाललेतयार पारेका हुन् ।
कदम थिएटरका कलाकार मनिक शंकरले मञ्च परिकल्पना गरेकाछन् । कार्यशालाका सहभागीलाई कलाकार बनाएर नाटक मञ्चन गर्न सम्म आईपुग्दा मौषम राना राई, सुवास खरेल, चोमु शेर्पा खुशी “पाण्डेय”, सुमन कुईकेल, कृष्ण काश्यप, राजेन्द्र अधिकारी, राजा श्रेष्ठ, दिपक खरेल, मनिक शंकर लगायतले कार्यशालाको सहजिकरण गरेका थिए ।
कार्यशालाका मुख्य सहजकर्ता रंगकर्मी जीवन बरालका अनुसार यस कथालाई नाटकको रुपमा रुपान्तरण गरिरहँदा अहिलेको समयमा हाम्रो समाजले भोग्दै गरेको नियतीलाई छुने गरि तयार पारिएको छ । निर्देशक बरालले २० वर्ष भन्दा धेरै नेपाली रंगमञ्चमा काम गर्दै आईरहका छन् भने, घामड शेरे, प्रेम गीत ३, महानगर, निरफूल, लगायतका एक दर्जन बढी नेपाली सिनेमामा अभिनय गरिसकेका छन् भने आधा दर्जन भन्दा बढी नाटकको निर्देशन गरिसकेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...



प्रतिकृया लेख्नुहोस्: