काठमाडाैं । असोज १९ र २० गते काठमाण्डौंको बानेश्वर बैंकुटमा स्र्टाटअप एण्ड आइडिया फेस्टसँगै स्टिम क्याम्पको आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने कार्यक्रममा सातै प्रदेशका स्टार्टअपहरुले सहभागिता जनाउने छन् । उक्त फेस्टमा सयबढि डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुने छ ।
आइसिटी अवार्ड २०२३ को प्रिइभेन्ट क्याम्पियनको रुपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकरको सहकार्य रहने छ । आइसिटी अवार्ड २०२३ को प्रतिस्प्रधाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरु प्रदर्शनी गर्नेछन । यसैगरी आयोजकले सातै प्रदेशबाट छनौट गरेर ल्याएका ३० बढि स्टार्टअपहरुको पनि यस कार्यक्रममा सहभागिता रहनेछ ।
यसैगरी स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रिडी प्रिन्टङ सहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राख्नेछ ।
स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केहि नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरुलाई प्रवद्धन गर्न आयोजना गरिएको लिभिङ विथ आइसिटीको अध्यक्ष राजन लम्सालले बताए । यस कार्यक्रममा प्रर्दर्शनीमा सहभागी हुने एक्जिविटर र अवलोकनकर्ताले कुनै शुल्क तिर्नुपर्दैन । दुई दिने प्रदर्शनीसँगै काठमाडौं वाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरुलाई मेन्टरिङ तथा इन्क्युवेसन सेसनहरु सञ्चालन हुनेछ । यस कार्यक्रम मार्र्फत स्टार्टअप र आइडियामा लगानी गर्न चाहनेहरुलाई पनि आयोजकले सहकार्य र इकोसिस्टमको लागि आब्ह्वान गरेको छ ।
आइसिटी अवार्ड २०२३ को नोमिनेशन र छनौट प्रकृया सञ्चालनमा छ । विभिन्न चरणको छनौट पश्चात उत्कृट १२ मा पर्न सफल स्टार्टअपहरुले पनि यस कार्यक्रममा सहभागी जनाएर आफ्नो व्यवसायलाई प्रवद्धन गर्न सक्नेछन ।
अवलोकनकर्ताले आफुलाई मन परेका स्टार्टअप र प्रडक्टलाइ भोट पनि गर्न सक्नेछन् । आइसिटी अवार्डका विभिन्न १३ विधामा ५०० बढिको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जानकारी दिएको छ ।
नेपाल वाहिरका स्टार्टअपहरुको लागि साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड पनि आयोजना हुनेछ । नेपालको सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको आठौं सस्करण पुस ६ गते द सोल्टी काठमाण्डौंमा आयोजना हुनेछ ।
स्टार्टअप एण्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डको लागि दर्जनौ प्रि-इभेन्टहरु सञ्चालन हुनेछन । कान्तिपुर टेलिभिजनले २ महिनासम्म स्र्टाटअप र आइडिया पिचिङको विशेष कार्यक्रमको रुपमा टेलिभिजन सिरिजहरु प्रशारण गर्नेछ । आइसिटी अवार्ड र फेस्टको बारेमा जानकारीको लागि www.ictaward.org हेर्न सकिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: