काठमाडौं । सरकारले असोज २१ गतेदेखि दसैं तिहार लगायतका चाडपर्व लक्षित सुहुलियत पसल सञ्चालन गर्ने भएको छ । दसैं, तिहार र छव पर्वहरुलाई लक्षित गरी असोज २१ गते देखि मंसिर ३ गतेसम्म यस्ता पसल सञ्चालन गरिने भएकाे हाे ।
उपभोक्ताहरुको हितलाई ध्यानमा राखी उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा दैनिक उपभोग्य खाद्य वस्तुहरु उपलव्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर्गत रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गर्ने बताइएकाे छ ।
काठमाडौंको थापाथली, रामशाहपथ ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायक गरी ४ स्थानमा सहुलियत पसल सञ्चालन हुने मन्त्रालयले जनाएकाे छ । त्यस्ता सहुलियत पसलका सबै किसिमको चामल (मोटा/मसिनो/लङग्रेन), दालहरु, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरा प्रतिकेजी ७ रुपैयाँ, कर्णालीको सिमी/गेडागुडीहरु, फापरको दाना, चिनो, कागुनो र उवा तथा जिउँदो खसी/बोका/च्याङ्गरा प्रतिकेजी १० रुपैयाँ सहुलियतमा पाइने मन्त्रालयले जनाएको छ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका काठमाडौं उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसलबाट सहुलियतमा सामान खरिद गर्न सकिने छ । नुन प्रतिकेजी २ र अन्य खाद्य वस्तुहरु मध्ये तेल र चिउरामा प्रति केजी ७ रुपैयाँ सहुलियत कार्यविधिमा जनाइएको छ ।
दुग्ध विकास संस्थानले पनि सहुलियतमा दुग्ध उत्पादनहरु बिक्री वितरण गर्नेछ । त्यसका लागि एकीकृत पसल लगायत लैनचौर, न्यूरोड र खुमलटारमा छुट दिने व्यवस्था गरिएको छ । घ्यू प्रतिकेजी २०, पनीर २०० ग्राममा २० र पनीर ५०० ग्राममा ५० रुपैयाँ छुट हुनेछ ।
त्यस्तै काठमाडौं बाहिर मोरङ्ग, झापा, ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, खाेटँङकाे दिक्तेल, भोजपुर, ओखलढुँङ्गा, खोटाङ्ग, सिरहा, जनकपुर, पर्सा, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ्ग, मुस्ताङ्ग, रुपन्देही, बाँके, दाङ्ग, बर्दिया, रुकुम पूर्व, पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डंडेलधुरा, बाजुरा, बझाङ्ग, अछाम, दार्चुला, महेन्द्रनगर गरी जम्मा ४२ जिल्लाका ४८ स्थानमा सहुलियत पसल सञ्चालन हुनेछ ।
दुग्ध विकास संस्थाले विराटनगर, जनकपुर-ढल्केवर, जनकपुर हेटौंडा, कोहलपुर, नेपालगंज, अत्तरिया, धनगढी, बुटवल गरी जम्मा ११ स्थान सहित एकिकृत घुम्ती सेवा पसल सञ्चालन गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - २०:५२
काठमाडौं । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...
फाल्गुन ३० गते, २०८२ - २०:४३
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...
फाल्गुन ३० गते, २०८२ - १९:४१
बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...
फाल्गुन ३० गते, २०८२ - १९:३८
काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...
फाल्गुन ३० गते, २०८२ - १९:३४
विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...
फाल्गुन ३० गते, २०८२ - १९:२२
काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...
फाल्गुन ३० गते, २०८२ - १९:२०
रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...
फाल्गुन ३० गते, २०८२ - १९:१४
काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...
फाल्गुन ३० गते, २०८२ - १९:०९
बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...
फाल्गुन ३० गते, २०८२ - १९:०३
ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...


प्रतिकृया लेख्नुहोस्: