Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

असोज २१ देखि सरकारले यी स्थानमा सहुलियत पसल सञ्चालन गर्ने

खबरडबली संवाददाता

काठमाडौं । सरकारले असोज २१ गतेदेखि दसैं तिहार लगायतका चाडपर्व लक्षित सुहुलियत पसल सञ्चालन गर्ने भएको छ । दसैं, तिहार र छव पर्वहरुलाई लक्षित गरी असोज २१ गते देखि मंसिर ३ गतेसम्म यस्ता पसल सञ्चालन गरिने भएकाे हाे । 

उपभोक्ताहरुको हितलाई ध्यानमा राखी उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा दैनिक उपभोग्य खाद्य वस्तुहरु उपलव्ध गराउने उद्देश्यले  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर्गत रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गर्ने बताइएकाे छ ।

काठमाडौंको थापाथली, रामशाहपथ ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायक गरी ४ स्थानमा सहुलियत पसल सञ्चालन हुने मन्त्रालयले जनाएकाे छ ।  त्यस्ता सहुलियत पसलका सबै किसिमको चामल (मोटा/मसिनो/लङग्रेन), दालहरु, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरा प्रतिकेजी ७ रुपैयाँ, कर्णालीको सिमी/गेडागुडीहरु, फापरको दाना, चिनो, कागुनो र उवा तथा जिउँदो खसी/बोका/च्याङ्गरा प्रतिकेजी १० रुपैयाँ सहुलियतमा पाइने मन्त्रालयले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका काठमाडौं उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसलबाट सहुलियतमा सामान खरिद गर्न सकिने छ । नुन प्रतिकेजी २ र अन्य खाद्य वस्तुहरु मध्ये तेल र चिउरामा प्रति केजी ७ रुपैयाँ सहुलियत कार्यविधिमा जनाइएको छ ।

दुग्ध विकास संस्थानले पनि सहुलियतमा दुग्ध उत्पादनहरु बिक्री वितरण गर्नेछ । त्यसका लागि एकीकृत पसल लगायत लैनचौर, न्यूरोड र खुमलटारमा छुट दिने व्यवस्था गरिएको छ । घ्यू प्रतिकेजी २०, पनीर २०० ग्राममा २० र पनीर ५०० ग्राममा ५० रुपैयाँ छुट हुनेछ ।

त्यस्तै काठमाडौं बाहिर मोरङ्ग, झापा, ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, खाेटँङकाे दिक्तेल, भोजपुर, ओखलढुँङ्गा, खोटाङ्ग, सिरहा, जनकपुर, पर्सा, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ्ग, मुस्ताङ्ग, रुपन्देही, बाँके, दाङ्ग, बर्दिया, रुकुम पूर्व, पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डंडेलधुरा, बाजुरा, बझाङ्ग, अछाम, दार्चुला, महेन्द्रनगर गरी जम्मा ४२ जिल्लाका ४८ स्थानमा सहुलियत पसल सञ्चालन हुनेछ ।

दुग्ध विकास संस्थाले विराटनगर, जनकपुर-ढल्केवर, जनकपुर हेटौंडा, कोहलपुर, नेपालगंज, अत्तरिया, धनगढी, बुटवल गरी जम्मा ११ स्थान सहित एकिकृत घुम्ती सेवा पसल सञ्चालन गर्नेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending