Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

रामेछापको सदरमुकाम सुनसान हुँदा मन्थली एयरपोर्ट पर्यटकले भरिभराउ

खबरडबली संवाददाता

रामेछाप । सगरमाथा क्षेत्रतिर जाने पर्यटक बढेसँगै रामेछापको मन्थली विमानस्थल व्यस्त हुन थालेको छ । 

आन्तरिक उडानका साना विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो एअर ट्राफिक कम गर्न काठमाडौं -लुक्ला उडान बन्द गरी मन्थली-लुक्ला उडान शुरू गरिए सँगै मन्थली एयरपोर्ट भरीभराउ भएको हो ।

मन्थली–लुक्लाबीचको दूरी छोटो र मौसम अनुकूल हुने भएकाले मन्थलीबाट उडान शुरू गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । काठमाडौंबाट लुक्ला ३० मिनेट र मन्थलीबाट लुक्ला १५ मिनेटको हवाई दूरीमा रहेको  छ।

लुक्लाको मौसम छिनछिनमा परिर्वतन भइरहने र काठमाडौंबाट लुक्लाको मौसम ठीक छ भनेर उडान गर्दा त्यहाँ पुग्दा मौसम खराब भएर फर्किनुपर्ने हुँदा मन्थलीबाट त्यो समस्या झेल्नु नपर्ने निरौलाले बताए ।

बिहान सबेरैदेखि दिउँसो ढिलोसम्म पनि मौसम खुल्ने भएकाले मन्थली विमानस्थलमा उडान भर्न सहज हुने गरेको छ । मन्थलीमा उडान सञ्चालन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप केही कम भएको प्रवक्ता निरौलाले बताए । आन्तरिक उडान भर्ने कम्पनी तारा, समिट र सीता एअरले २०७५ सालदेखि मन्थली–लुक्लाको उडान गर्दै आएका छन् ।

 हाल मन्थलीबाट लुक्लामा दैनिक ११ वटा उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण, रामेछाप कार्यालयले जनाएको छ । यस वर्षको अक्टोबरमा मात्रै मन्थलीबाट लुक्लाका ३३४ उडान भएका छन् । मन्थलीबाट लुक्लाका लागि सामान ढुवानी गर्ने उडान पनि हुँदै आएका छन् ।

मन्थली विमानस्थल सञ्चालन भएसँगै यस क्षेत्रमा पर्यटन प्रवर्द्धन भएको मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ बताउँछन् । मन्थलीबाट लुक्लाको उडान हुने भएपछि विमानस्थल र आसपासको क्षेत्र पर्यटकले खचाखच भएको उनको भनाइ छ । विगतमा मन्थलीमा राम्रा होटल कम भएपनि हाल सुविधासम्पन्न होटल पनि बनेका  उनले बताए ।

काठमाडौंबाट सडकमार्ग हुँदै रामेछापको मन्थली विमानस्थल पुग्न चारदेखि पाँच घण्टा लाग्छ । नियमित उडान हुन थालेपछि सोलुखुम्बु पुर्‍याउनुपर्ने सामान मन्थलीबाट हवाई मार्ग हुँदै लग्न थालिएको छ ।

मन्थली विमानस्थल २०३५ सालमा निर्माण भए पनि २०७५ सालदेखि मात्र सञ्चालनमा आएको हो । चार वर्षअघि स्तरोन्नति गरेपछि विमानस्थलमा आठ वटासम्म जहाज र केही हेलिकोप्टर पार्किङ गर्न सकिन्ने भएको छ । पर्यटकको चाप हुने चार महीना मात्र विमानस्थल सञ्चालन हुनेगरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: