काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् । काभ्रपलाञ्चोक बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उनले जनताका मुद्दामा केन्द्रित भएर आफूहरु अघि बढेको जिकिर पनि गरे ।
“हामी जनताका साना–साना मुद्दामा ध्यान दिन्छौँ, उहाँहरुका काममा साथ दिन चाहान्छौँ, चिनीको मूल्य घटाउनेतर्फ पनि अब सम्बन्धित ठाउँमा पुग्नेछौँ, सडक तताउँदैनौँ”, पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भने ।
उनले आफ्ना नेता तथा कार्यकर्ताले जनतालाई सडकमा आउ भन्ने होइन, अब धान काट्न बोलाउनुस् भनेर जनतासँग आग्रह गर्नुपर्नेमा जोड दिए । सभापति लामिछानेले भने, “अब १५ दिन पार्टीको गतिविधि नगरेर भए पनि जनताकोमा गएर धान काट्नुस् ।” उनले फरक प्रसङ्गमा बेथितिमा थिति बसाल्ने पार्टीलाई जनताले मन पराउनेमा जोड दिए।
“हामी भइरहेको व्यवस्थालाई परिवर्तन गरी अवस्था बदल्न हिँडेका हौँ, अब निर्वासन र भूमिगत बन्नुपर्ने अवस्था छैन, जनता पनि दु:खी बन्नुपर्दैन, उहाँहरुले बेथितिमा थिति बसाल्ने पार्टीलाई मन पराउनुहुन्छ ।” रास्वपाले भ्रष्टाचारलगायत आपाराधिक घटनाका विषयमा संसद्बाट विरोध जनाएको र अब एकैपटक २०८४ मा मात्रै बोल्ने नेता लामिछानेले बताए । “हामी आम नागरिकलाई सास्ती हुनेगरी जनतालाई सडकमा उतार्दैनौँ, सबै बेथितिको अन्त्य आउँदो २०८४ को निर्वाचनले गर्नेछ”, उनले भने ।
कार्यक्रममा रास्वपा सांसद मनिष झाले हरेक आयोजना सञ्चालन गर्दा भविष्यलाई मध्यनजर गर्नुपर्ने आवश्यकता औँल्याए । पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले रास्वपाले जनताका आवश्यकतालाई मसिनो ढङ्गले अध्ययन गरी समाधान गर्दै जाने बताए । सो अवसरमा रास्वपाका नेता रमेश खरेल, जिल्लाध्यक्ष प्रवीण ढकाललागायतले नगर भेलालाई शुभकामना दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८० - १७:३१
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को राजेन्द्रकुमार (आरके) शर्मा समूहले अनलाइन प्रणालीमार्फत गत महिना सम्पन्न निर्वाचनमा योजनाबद्धरूपमा धाँधल...
मंसिर १२ गते, २०८० - १७:०८
काठमाडौं । जिल्ला अदालत काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतले सिंहलाई दो...
मंसिर १२ गते, २०८० - १६:५८
रुकुमपश्चिम । रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको छ । पहिलो किस्ता वापतको रकम स्...
मंसिर १२ गते, २०८० - १६:४६
काठमाडौँ । आत्मनिर्भर अर्थतन्त्र निर्माण र व्यापार घाटा न्यूनीकरण गर्न सघाउने लघु, घरेलु तथा साना उद्योगलाई कृषि क्षेत्र जस्तै प्राथमिकता प्राप्त क्षे...
मंसिर १२ गते, २०८० - १६:०६
रुकुम । पूर्वअर्थमन्त्री जनार्दन शर्माले भूकम्पप्रभावित क्षेत्रमा एक हप्ताभित्र अस्थायी आवास निर्माण गरिसक्नुपर्नेमा जोड दिएको छन् । दिन प्रतिदिन चिसो...
मंसिर १२ गते, २०८० - १५:५०
काठमाडौं। सेयर बजार एकल अंकले ओरालो लागेको छ । मंगलबार सेयर बजार २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन २९० वटा कम्पनीको ४७ ह...
मंसिर १२ गते, २०८० - १५:२५
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताएका छन्। कांग्रेस रुपन्देही जिल्लाको ज...
मंसिर १२ गते, २०८० - १५:०२
चितवन । नारायणी किनारमा यतिबेला महोत्सवको रौनक छ । दिनहुँ कलाकारले स्टेज तताइरहेका छन् । यसपटकको माहोल अलि फरक छ । कलाकारहरुले कलासँगै दुर्व्यसनीविरुद...
मंसिर १२ गते, २०८० - १४:४५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइका कारण सिर्जित समस्या विकराल बन्दै गएकाले त्यसलाई सम...
मंसिर १२ गते, २०८० - १४:१३
तनहुँ । म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको ...
प्रतिकृया लेख्नुहोस्: