Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

माओवादी अभियानको ‘ग्राउण्ड जिरो’ रिपोर्ट : समाजवाद निर्माणको आधार, वाम एकताको आवाज

महेश्वर दाहाल

सक्किने कि सच्चिने ? माओवादी आन्दोलनका सन्दर्भमा पछिल्ला केही वर्षयता यो प्रश्नले निर्माण गर्न खोजेको भाष्य निकै खतरनाक छ । तर, यसपटक जनतासँग माओवादी अभियानको क्रममा फिल्डमै गएर खटिँदाको निष्कर्ष के हो भने, माओवादी सच्चिन्छ तर यो आन्दोलन सकिँदैन ।

‘जनतासँग तीनमहिने माओवादी अभियान’ ले पार्टी र जनसम्बन्धका समस्या र त्यसलाई चिरेर नयाँ शिरासहित अगाडि बढ्ने सम्भावनाबारे नयाँ बुझाइहरू निर्माण गरेको त छ नै, मूलकुरा जनताका असन्तुष्टिलाई साक्षात परख गर्न पाएको छ । कमलामाई नगरपालिका-, चपौली, सिन्धुलीका पुराना पुस्ताका कम्युनिष्ट नेता उदयनारायण अधिकारीलाई सुन्दा सच्चिने र आशातित हुने ठाउँ अझै छ ।

उहाँ पुष्पलाल श्रेष्ठ, ऋषि देवकोटा आजाद, मदन भण्डारी, सीपी गजुरेलजस्ता नेताबाट प्रभावित भएर कम्युनिष्ट राजनीतिप्रति आकर्षित हुनुभएको हो । आन्दोलन र संगठन निर्माणका क्रममा उहाँ सिन्धुली, जलेश्वर र वीरगञ्जमा गरी चार वर्षभन्दा बढी जेल परेको स्मरण गर्नुहुन्छ ।

रूपचन्द्र विष्ट, अमिक शेरचन, माधव नेपाल, राधाकृष्ण मैनाली लगायतसँग जेल बसेको उहाँ सम्झिनुहुन्छ । पुष्पलाल समूहमा काम गर्नुभएका उहाँले जनयुद्धकालमा भने माओवादीको गाउँ जनसरकारमा रहेर काम गर्नुभयो । कतिपय बेला तरङ्गित भए पनि उहाँ माओवादीका सक्रिय अगुवा हुनुहुन्छ । तर, वर्तमानमा माओवादीले गरिब जनताको पक्षमा ध्यान नदिएको उहाँको गम्भीर गुनासो छ ।

‘गाउँघरमा राजनीति पूर्वाग्रह साँधेर हुँदैन । गरिब जनता भ्रममा जता लागे पनि कुरा बुझेपछि भने भ्रममुक्त हुन्छन् । ती कम्युनिष्ट नै हुन्, माओवादी नै हुन् भनेर माया गर्नुपर्छ । अवसर खोज्नेहरूको चाकडीमा लागेर माओवादीका कतिपय नेताहरू फसेका छन् । माओवादी पार्टी क्रमशः कमजोर भएकोमा दुःख लागेको छ’, उहाँ भन्नुहुन्छ ।

‘हिजो कम्युनिष्ट नेता, तिनको विचार र आदर्श देख्दा उच्च सम्मान जाग्थ्यो तर आज दरा पाखुरा भएका चुल्ठे, मुन्द्रे, ट्यापे प्रकारका गैरराजनीतिक मानिसहरूबाट नेता घेरिएका छन् । इमान्दारहरू पछि परेका छन् ।’ राजनीति सेवाभन्दा पनि धन्दा, कमाउने व्यवसाय जस्तो भएकाले इमान्दार, त्यागी, संघर्षशीलहरूले राजनीतिलाई फोहोरी खेलका रूपमा लिन थालेको अनुभूति भएको उहाँले बताउनुभयो ।

अहिलेको कर्पोरेट पूँजी र संस्कृतिले जताततै ‘लिडर’ होइन ‘डिलर’ पैदा गर्दै गएको अनुभूति गर्नुभएको हो कि भन्ने जिज्ञासामा उहाँले ‘हो’ भन्नुभयो । जनयुद्धको चरम दमनमा सेनाले बन्दुकको कुन्दाले हिर्काउदा ढाडको हड्डी नै माथि उछिट्टिएको उहाँले देखाउनुभयो ।

आफूलाई मार्नै लागेको तर घर खानतलासी गर्दा छोराको सेनाको ड्रेस लगाएको फोटो भित्तामा देखेपछि ‘स्टाफको पिता रहेछन’ भनेर छाडेको अनुभव उहाँले सुनाउनुभयो । छोरा अहिले सेनाबाट निवृत्त भइसकेका छन् । दुई छोरा र चार छोरीका पिता अधिकारी देशमा समाजवादका लागि अझै सक्रिय रहनुपर्ने धारणा राख्नुहुन्छ ।

माओवादीको तीन महिने जन-अभियानले भने राजनीति र समाजका प्राथमिकतामा गहिरो बहस पैदा गरेको उहाँको धारणा छ । वास्तवमा उहाँले भनेजस्तै यस अभियानले देशको अर्थराजनीति र सामाजिक विकासलाई कुन तरिकाबाट लैजाने भनेर देशव्यापी मन्थन गरेको छ ।

यहाँ पनि अन्यत्रको जस्तै मल वितरणमा अनियमितता र कालोबजारी भएको विषय गम्भीर रूपमा उठेको छ । सहकारीका विकृतिका कुरा उठेका छन् । यी समाजका मुद्दा हुन् । समाजबाट राजनीति अलग हुनै सक्तैन । सामाजिक स्वार्थहरूलाई अलग्याएर गरिने राजनीति आकासमा तैरिने कल्पनामात्र हो । राजनीतिले नै समाजका आधारहरू बदल्ने हो ।

राजनीतिक पार्टी र तिनको चेतनाभन्दा यतिवेलाको समाज अगाडि बढेको छ । त्यसैले समाजमा अन्तरविरोध पैदा भएको छ । समाजले नयाँ बाटो र निकास खोजेको छ । पुरानाले नसक्दा इमान र विचारको धरातल नै नभएका वैकल्पिक राजनीति र शक्तितिर समाज आकर्षित हुने अवस्था छ । तर, कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण ठाउँ चपौलीमा भने कम्युनिष्ट आन्दोलनलाई कसरी पुनर्गठन गर्ने भन्नेमा बहस, छलफल भइरहेको छ ।

कमलामाई नगरपालिका-को विस्तारित बैठकमा उठेका विषय हुन् या त्यस क्षेत्रका पुराना स्थापित शिक्षक चुडामणि देवकोटा या पुराना पुस्ताका कम्युनिष्ट नेता उदय अधिकारीसँगको छलफलमा उठेका विषय हुन्, क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको विरासत जोगाएर अगाडि बढ्ने चिन्तासँगै चिन्तन भइरहेको छ । यहाँ कम्युनिष्ट एकता र समाजवाद पक्षधरको एकता नै प्राथमिक हुनुपर्ने बहस समेत उठेको छ ।

चुडामणि देवकोटाको बुझाइमा कम्युनिष्ट नेताहरूमा संकीर्णता हावी भएको, उनीहरूले पार्टी र आन्दोलनभन्दा आफू केन्द्रित राजनीति गरेकाले समस्या आएको हो । देश र जनतालाई केन्द्रमा राखी कम्युनिष्टहरूलाई एकताबद्ध गरेर आर्थिक समृद्धिको यात्रामा जाने हो भने सिन्धुली मात्र होइन सिङ्गो नेपालमा कम्युनिष्टको भविष्य छ ।

नयाँले कुनै नवीन विकल्प दिएकाले होइन, पुरानाहरू जनताका समस्या र आशासँग एकाकार नभएकाले असन्तुष्टि र आक्रोस देखिएको हो । नयाँको खोजी भएको हो । जनयुद्धपछि माओवादीले पहिलोपटक भुइँ तहसम्म जुन तीन महिने ‘जनतासँग माओवादी’ अभियान चलाएको छ, यसले भने आमतहमै ठूलो हलचल पैदा गराएको छ । अति केन्द्रीकरणका रूपमा माथिदेखि तलसम्मको पार्टी जे जसरी चलेको थियो, यस अभियानले त्यसलाई विकेन्द्रित गर्न सकेको छ ।

वैचारिक स्पष्टता, त्याग एवम् वलिदान संस्कृतिको पुनर्स्थापना र जनवादी केन्द्रीयताको प्रणाली भएन भने संगठन थप भद्रगोल हुन्छ । अराजकता बढ्छ ।अभियानले संघ, प्रदेश र स्थानीय सरकारको कामलाई समेत जनतासँग जोडेर लैजानुपर्ने कुरालाई गम्भीरतापूर्वक मनन गरेको छ ।

हामीले गर्न सकेका, गर्न नसकेका, गर्ने क्रममा रहेका र गर्नुपर्ने कामबारे श्वेतपत्र नै जारी गर्नुपर्छ । उदय अधिकारीले भने जस्तै यो सामान्य अभियान होइन । राष्ट्रिय स्वाधीनता, सुशासन, विकास, राष्ट्रिय उद्यम, स्वस्थ व्यवसाय र रोजगारीका लागि यो अभियानमार्फत दबाब बढाउनु पर्छ ।

अभियानका क्रममा भुइँ तहका कार्यकर्ता र कम्युनिस्ट आन्दोलनका शुभचिन्तकका साथै जनताबाट प्राप्त भएको प्रतिक्रिया भनेको वामपन्थी एकता नै हो । वाम शक्तिहरू फेरि पनि मिल्नुपर्छ भन्ने जनताको आवाज जनतासँग माओवादी अभियानका क्रममा हामीले सुनेका छौं ।

यसलाई वाम पार्टीहरूको नेतृत्वले कसरी लिन्छ ? यो महत्वपूर्ण विषय हो । आज जनतामा अवश्य पनि निराशा छ, तर शहरिया अराजकतावादभन्दा फरक छ गाउँको निराशा र असन्तुष्टि । यसलाई फेरि पनि सकारात्मक दिशा दिने र समाजवादको यात्रामा लैजाने दायित्व भनेको माओवादीकै हो र वामपन्थी पार्टीहरूकै हो ।

यसलाई समाजवादी आन्दोलनको तयारीमा विकास गर्नुपर्छ । समाजवादको कोशेढुङ्गा बनाउनुपर्छ । प्रभावकारी कम्युनिष्ट-समाजवादी मोर्चा र सुदृढ कम्युनिष्ट पार्टी, यसको विश्वास जनस्तरबाटै पैदा गर्ने गरी जानुपर्छ । समाजवाद सम्भव छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending