काठमाडौं । पूर्वीय दर्शनमा ऋषिमुनिहरूले मानिसका जीवनका हरेक क्रियाकलाप र गतिविधिहरूको बारेमा विस्तृत चर्चा गरेको पाइन्छ । जसमा कता फर्केर, कसरी बसेर खाने, कुन समयमा खाने, कुन समयमा सुत्ने, कुन समयमा उठ्ने आदि सबैको बारेमा दिशानिर्देश गरेको पाइन्छ ।
वास्तुशास्त्र अनुसार पूर्वतिर सिरानी बनाएर सुत्दा विद्या प्राप्त हुन्छ । उत्तर सिरानी बनाउँदा हानी वा मृत्युसमान कष्ट हुनुका साथै दुर्घटना, नराम्रो सपना देख्ने, निद्रा नपुग्ने वा आराम प्राप्त नहुने हुन्छ ।पश्चिमतर्फ सिरानी बनाउँदा अत्यधिक चिन्ता हुन्छ भने दक्षिण सिरानी बनाएर सुत्दा धन र आयु वृद्धि हुने भनिएको छ । वैज्ञानिक पक्ष अनुसार पृथ्वीमा चुम्बकीय तत्त्वको प्रभाव हुन्छ । यसमा दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकीय तरंग प्रवाहित भइरहेको हुन्छ ।
जसका कारण दक्षिणतर्फ शिर राखेर सुत्दा यी ऊर्जा हाम्रो शरीरमा प्रवेश गर्छन् र खुट्टाबाट निस्किएर बाहिर जान्छन् । फलस्वरूप बिहान उठ्दा मानिसले ताजगी महसुस गर्छन् । तर, उत्तरतर्फ टाउको राखेर सुत्यौँ भने शरीरमा विपरीत ढंगले चुम्बकीय तरंग प्रवाहित हुन्छ । ऊर्जा खुट्टाबाट प्रवेश गरेर टाउकोबाट निस्कन्छ । यसको साइड इफेक्टस्वरूप हामीलाई मानसिक एवं शारीरिक समस्या हुन्छ । यस्तो सुताइ अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्याका साथै उच्च रक्तचापको कारण बन्न सक्छ ।
पूर्वी दिशामा सिरानी बनाएर सुत्दा यसले स्वास्थ्य एवम् मानसिकतामा राम्रो प्रभाव पार्छ । जसमा सूर्योदय हुने स्थानतिर खुट्टा फर्काएर सुत्दा त्यसको प्रभाव प्रतिकूल देखा पर्छ अर्थात् पश्चिमतर्फ सिरानी पारेर सुत्नु राम्रो मानिँदैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: