Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

भाडा नबढाए यातयात व्यवसायीले दसैँमा अग्रिम टिकट बुकिङ नखुलाउने

खबरडबली संवाददाता

काठमाडौं । सरकारले भाडा नबढाए यातयात व्यवसायीले दसैँमा अग्रिम टिकट बुकिङ नखुलाउने भएका छन् । यातायात व्यवस्था विभागसँगको छलफलमा व्यवसायीहरूले सबै वस्तुको मूल्यवृद्धि भएको र सडक पनि राम्रो नभएको भन्दै दसैँमा सार्वजनिक गाडीको भाडा बढाउनुपर्ने अडान राखेका छन् ।

दसैँका लागि अग्रिम टिकट कहिलेबाट खोल्ने निधो नगर्दा सर्वसाधारण अलमलमा परेका छन् । यातायात व्यवसयीसँग पटक-पटक कहिलेबाट दसैँको लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भन्ने विषयमा छलफलमा बसेकाे भए पनि व्यवसायीले भाडावृद्धि नगरी अग्रिम टिकट खुल्ला गर्न नसकिने बताइरहेकाे यातायात व्यवस्था विभाग स्रोतले बतायाे । 

यातायात व्यवस्था विभाग भाडा बढाउने पक्षमा नरहेकाे स्राेतकाे भनाइ छ । दसैँको बेला सार्वजनिक यातायातको भाडा वृद्धि गर्दा गाउँ जानेहरूलाई समस्या पर्ने अवस्था सिर्जना हुने  भाडा बढ्यो भने नकारात्मक सन्देश समेत जाने स्राेतकाे भनाइ छ ।

व्यवसायीले अहिले कति भाडा वृद्धि गर्नुपर्ने खुलाएका छैनन् । विभागसँगको छलफलमा भाडा वृद्धि गर्नुपर्ने सर्त मात्रै राखेका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले पटकपटक दसैँका लागि अग्रिम टिकट खुल्ला गर्ने विषयमा यातायात व्यवसायीसँग छलफल भएको बताए ।

विभागले यातायात व्यवसायीसँग पटकपटक अग्रिम टिकट खोल्नको लागि छलफल सरिसकेकाे उनले बताए । व्यवसायीहरूले आफ्नो समस्या विभागमा राखेकाे र  चाँडै बुकिङ खोल्दा टिकट सकिएर समस्या आउन सक्ने भएकाेले आगामी २० गते वा त्यो भन्दा पछाडि टिकट बुकिङ खुल्ला गर्दा पनि राम्रो हुने उनले बताए । आज पनि अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भन्ने विषयमा यातायात व्यवसायीसँग छलफल गर्ने तयारी रहेको उनले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष विजय स्वाँरले भाडा वृद्धि गर्नुको विकल्प नरहेको बताए । राज्यले यातायात व्यवसायीलाई पेल्दै गएको र दसैँका लागि अग्रिम टिकट बुकिङको लागि हाम्रा मागहरु अगाडि सारेका भएपनि चासाे नदिएकाे उनकाे भनाइ छ । 

व्यवसायीकाे पहिलो माग  देशभर खनिएका सडक बनाउन रहेकाे ५ । दोस्रो माग भाडा वृद्धिमा प्रयोग हुने १६ वटा तत्वमध्ये सबैंभन्दा धेरै मूल्यवृद्धि भएको ५ वटा वस्तुको मूल्यांकन गरेर भाडा वृद्धि गर्न भनिएकाे उनले बताए । कानूनी व्यवस्था पनि त्यही रहेकाे र प्रत्यक वर्ष गाडीमा प्रयोग हुने ५ वस्तुको मूल्य हेरेर भाडा वृद्धि गर्नुपर्ने आफुहरुकाे माग रहेकाे उनले बताए । बाँकी ११ वटा वस्तुको मूल्य हेरेर ५ वर्षमा पुन: भाडा समायोजन हुनुपर्ने हो । तर, भाडा बढाउन हुदैन मात्रै भनिरहेको उनकाे भनाइ छ ।

पेट्रोलियम पदार्थले ३५ प्रतिशतमात्रै भाडाको सम्बोधन गर्छ । बाँकी ६५ प्रतिशत भाडा गाडीमा प्रयोग हुने टायरदेखि अन्य वस्तुको आधारका निर्धारण हुनुपर्छ । राज्यले व्यवसायीको कुरा नसुने दसैँमा अग्रिम टिकट नखुलाउने उनले बताए ।

अध्यक्ष स्वाँरले ९ प्रतिशतमा बैंकबाट लिएको ऋणको व्याज अहिले १७ प्रतिशत पुगेको भन्दै सबैभन्दा ठूलो मिटरव्याजी नै बैंक भएको टिप्पणी गरे । 

अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको सहज सञ्चालनमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरबीच समन्वय हुँदै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending