सोलुखुम्बु । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि अस्पतालमै हातपातको प्रयास भएको छ । अस्पतालमा उपचारका लागि आएका एक बिरामीले उपचारकै क्रममा सोमवार ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपातको प्रयास गरेका हुन् ।
अस्पताल प्रमुख डा प्रशान्त शाहका अनुसार सोमवार दिउँसो उपचारका लागि आएको भन्दै मादक पदार्थ सेवन गरेर अस्पताल प्रवेश गरेका एक व्यक्तिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपात गर्दै अस्पतालमा समेत तोडफोडको प्रयास गरेका थिए ।
मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण दुर्घटनामा परि उपचारका लागि आएका ती व्यक्तिले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु माथि अपशब्द प्रयोग गर्दै जाइ लागेका अस्पतालले जनाएको छ । उनलाई अस्पतालले सामान्य उपचार पश्चात् प्रहरीको जिम्मा लगाएको अस्पताल प्रमुख डा. शाहले बताए । घटनाको जिल्ला अस्पतालले भर्त्सना गरेको छ ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्दको घोषणा गरेको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऎन २०६६ पहिलो संसोधन ऎन २०७९ बमोजिम दोषीलाई कारबाहीको माग गर्दै दोषी कानुनी दायरामा नआएसम्म अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने विज्ञप्तिमा जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: