काठमाडौं । बिदेशमा प्रसिद्धी कमाएको कस्मेटिक गाईनोक्लोजी सेवा नेपालमा पनि मँगलबारबाट सुरु भएको छ । यो सेवा नेपालकी चर्चित प्रसुति चिकित्सक डा. कुन्साङ डोमा शेर्पाले सुरु गरेकी हुन् ।
डा. कुन्साङले आफ्नो नयाँ अस्पताल ‘डा. कुन्साङ डाइनोस्टिक सेन्टर’को कस्मेटिक गाईनोक्लोजी डिपार्टमेन्ट सुरु गरेकी छन् । भारतकी चर्चित कस्मेटिक गाईनेक्लोजिष्ट डा. सावना चोन्थाङको प्रमुख आतिथ्यतामा मँगलबार सो डाईनोस्टिक सेन्टरको कस्मेटिक गाईनोक्लोजी डिपार्टमेन्ट उद्घाटन गरिएको हो ।
बिगत दुई दशकदेखि प्रसुति चिकित्सकको रुपमा सेवा दिँदै आएकी कुन्साङले काठमाडौंको बौद्ध फुलवारी नजिकै आफ्नै घरमा उपचार केन्द्र ‘डा. कुन्साङ डाइनोस्टिक सेन्टर’को कस्मेटिक गाईनोक्लोजी डिपार्टमेन्ट सुरु गरेकी हुन् । आफ्नो डाईनोष्टिक सेन्टरमा प्रसुतिसँगै नाक कान घाँटी, मुटु रोग, दन्त रोग, पेट सम्बन्धि समस्या, छाला तथा चर्मरोग, बालरोगसहित विभिन्न रोगको उपचार हुने गरेको पनि उनले बताएकी छिन् । सो सेन्टरमा अत्याधुनिक ल्याव, भिडियो एक्सरे, इसिजी, इको सहित विभिन्न अत्यावस्यक मेसिनरी सामानहरु रहेको उनको भनाई छ ।
‘नेपालमै हामीले पहिलो पटक कस्मेटिक गाईनोक्लोजिस्ट सेवा सुरु गरेका छौं । महिलाहरुको प्रसुतिसँगै विभिन्न रोग र स्किनको समस्याको उपचार कस्मेटिक गाइनो सेवा मार्फत गर्न थालिएको छ ’ डा. कुन्साङले भनिन् ।
गाईनो कस्मेटिक उपचारको लागि आफुहरुले विश्व प्रसिद्ध ‘भेगिसिए’ उपकरण पनि भित्राएको डा. कुन्साङले बताएकी छन् । यो मेसिनबाट पेट देखि मुहारसम्मको चाउरीएको , झोलिएको, छाला स्क्राच भएको जस्ता समस्याको उपचार हुने पनि उनले बताएकी छन् । आफुहरुले गाईनो कस्मेटिक अन्तर्गत धेरै किसिमको सेवा दिने गरेको पनि उनले जानकारी गराएकी छन् ।
भारतको मणिपुरमा रहेको सावना सी म्याटर्स एकेडेमी एन्ड एशिया एकेडमी अफ फेमिनिन् एस्थेटिक्सकी अध्यक्ष डा. सावना चोन्थाङले आफ्नो एकेडेमीको शाखा डा. कुन्साङले नेपालमा स्थापना गरेको भन्दै सफलताको शुभकामना दिईन् । कार्यक्रममा डा. सावनाले भनिन्,‘अब कस्मेटिक गाईनो उपचारको लागि भारत जानु पर्दैन । नेपालमै डा. कुन्साङले सावना सी म्याटर्स एकेडेमी एन्ड एशिया एकेडमी अफ फेमिनिन एस्थेटिक्स सेन्टरको साखा काठमाडौंको बौद्धमा स्थापना गरेर यो सेवा यहीबाट दिन थाल्नु भएको छ ।’ यो सेवाले नेपालमा धेरै महिलाहरुलाई फाईदा पुग्ने विश्वास आफुले लिएको पनि डा. सावनाले बताईन् ।
कार्यक्रममा डा. सावनाले नयाँ डा. कुन्साङ डाइनोस्टिक सेन्टरको सफलताको शुभकामना दिईन् । प्रसुति समस्यासँगै विभिन्न रोगको उपचार हुने भएकाले डा. कुन्साङको डाइनोष्टिक सेन्टरले राम्रो सेवा दिने डा. सावनाले कार्यक्रममा बताईन् ।
आफुसँग कस्मेटिक गाईनोक्लोजिस्ट्को प्रशिक्षण लिएका नेपालका विभिन्न गाईनो डाक्टरहरुलाई सो क्रममा डा. सावनाले प्रमाणपत्र प्रदान गरिन् । उनीहरुले केक काटेर ‘डा. कुन्साङ डाइनोस्टिक सेन्टर’ उद्घाटनको खुसीयाली मनाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: