Ntc summer Offer
Khabar Dabali १९ पुष २०८१ शुक्रबार | 3rd January, 2025 Fri
Investment bank

बझाङ भूकम्पमा एकजनाको मृत्यु, १३५ घर भत्किए

खबरडबली संवाददाता

बझाङ । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ ।

बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीया आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की २० वर्षीया रमा परियार रहेका छन् ।

प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ । प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्नेचार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दैरकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्...

शीर्ष नेताहरू एकै ठाउँमा बसेर भ्रष्टाचारको फाइल खोल्न गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलबारे छलफल गर्नुपर...

झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ६० करोड भन्दा बढीकाे कारोबार

काठमाडाैं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्से ४.६३ अंकले बढेर ३५८६.२३ विन्दुमा पुगेको हो । नेप्से ०.१७ ...

मोबाईल लोकेसन हेर्दै युवाहरुले समाते ४ चोर, बरामद गरियाे ८ लाख बराबरकाे समान

रौतहट  । रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिका स्थित गएराती युवाहरुले मोबाईल लोकेशनको आधारमा ४ जना चोरलाई पक्राउ गरेका छन्। घटनाको समय प्रहरील...

एमाले सचिवालय बैठक सुरू

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक सुरू भएको हो । केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकार...

विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छ...

दाङका विद्यार्थीले मर्मत गरे रोल्पाका विद्यालयमा विग्रेका कम्प्युटर

तुलसीपुर । कम्प्युटर ल्याबको कोठा पुरै भरिने गरी कम्प्युटरहरु छन् तर त्यहाँ विद्यार्थीहरु पसेर नचलाएको केयौ दिन भयो । कम्प्युटरको मोनिटरमा लागेको धुलो...

दाङका विद्यार्थीले मर्मत गरे रोल्पाका विद्यालयमा विग्रेका कम्प्युटर

तुलसीपुर । कम्प्युटर ल्याबको कोठा पुरै भरिने गरी कम्प्युटरहरु छन् तर त्यहाँ विद्यार्थीहरु पसेर नचलाएको केयौ दिन भयो । कम्प्युटरको मोनिटरमा लागेको धुलो...

"सौभाग्य मेरो जीवनको" मा रोमाण्टिक देखिए लक्ष्मण र लक्ष्मी

काठमाडौं ।  बेजिला फिल्मस् को निर्माणमा तयार भएको नयाँ म्युजिक भिडियो "सौभाग्य मेरो जीवनको" सार्वजनिक भएको  छ। यो प्रेमिल गीतमा गायक सुमन केसी र गायिक...

गौशलाको होटलमा मृत अवस्थामा भेटिइन युवती

काठमाडौं । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छन । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy