काठमाडाैं । गौहत्या गर्ने जोकोहीको हत्या गरेर आए आफूले जिम्मा लिने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका हिन्दू धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा श्रीनिवासविरुद्ध बिहीबार मुद्दा दर्ता भएको हाे ।
मंगलबार बराहक्षेत्रस्थित चक्रघट्टी आश्रमबाट पक्राउ परेका उनलाई बुधबार साँझ कारबाहीको लागि धनुषा लगिएको थियो । असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रमममा उत्तेजित अभिव्यक्ति दिएका उनीमाथि मुद्दा चलाइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेको डीएसपी अवाको भनाइ छ । ‘म साधु मान्छे । त्यति बेला माहोल देखेर आवेशमा आएर बोलेँ । गल्ती गरेँ, कमिला पनि नमार्ने मान्छे म । के मान्छे मार्न आदेश दिउँला र । मैले गल्ती बोलेको हुँ’, श्रीनिवासको वयान उद्धृत गर्दै डीएसपी अवाले भने ।
मुलुकी फौजदारी कार्यविधिमा सार्वजनिक शान्ति खलल पार्ने कसूर सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ । कसुरमा एक वर्ष कैद र १० हजार जरिवाना हुन सक्ने उल्लेख छ । धनुषाको एउटा कार्यक्रममा श्रीनिवासले छाती पिट्दै अभिव्यक्ति दिएका थिए– ’एउटा सन्तका नाताले मेरो व्यक्तिगतत र्फबाट म यहाँका युवाहरुलाई के भन्न चाहान्छु भने, आजका दिनबाट उप्रान्त जसले गाई काटेर मिडियामा राखेको छ र जसले गाई काट्छ त्यो व्यक्तिलाई गएर तपाईंले खुकुरी लिएर गएर काटिदिनुस तपाइँलाई दश वर्षसम्म जेलमा पाल्ने काम म गर्छु । तपाईंको पत्नी, बच्चा, परिवारलाई दश वर्षसम्म तपाईं जेल बसुन्जेल भिख मागेर ल्याएर पाल्ने काम म गर्छु, आँट गर्नुहोस् हिम्मत गर्नुहोस् ।’
यसअघि २५ चैत २०७४ मा आचार्य श्रीनिवासले धार्मिक द्वेष फैलाएको र आफैंलाई गोली हानेको आरोपमा पक्राउ परेका थिए । वराहक्षेत्रस्थित चक्रघट्टीमा उनको आश्रम रहेको छ । श्री लक्ष्मी वैङ्कटेश्वर मन्दिर निर्माण गर्न जनस्तरबाट समेत चन्दा सङ्कलन गरी निर्माण गर्ने चर्चा चलेको दशक बितिसक्दा पनि सो मन्दिर निर्माण हुन सकेको छैन । अतिवादी अभिव्यक्तिका कारण श्रीनिवास पछिल्लो समय विवादित बन्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: