काठमाडाैं । गौहत्या गर्ने जोकोहीको हत्या गरेर आए आफूले जिम्मा लिने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका हिन्दू धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा श्रीनिवासविरुद्ध बिहीबार मुद्दा दर्ता भएको हाे ।
मंगलबार बराहक्षेत्रस्थित चक्रघट्टी आश्रमबाट पक्राउ परेका उनलाई बुधबार साँझ कारबाहीको लागि धनुषा लगिएको थियो । असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रमममा उत्तेजित अभिव्यक्ति दिएका उनीमाथि मुद्दा चलाइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेको डीएसपी अवाको भनाइ छ । ‘म साधु मान्छे । त्यति बेला माहोल देखेर आवेशमा आएर बोलेँ । गल्ती गरेँ, कमिला पनि नमार्ने मान्छे म । के मान्छे मार्न आदेश दिउँला र । मैले गल्ती बोलेको हुँ’, श्रीनिवासको वयान उद्धृत गर्दै डीएसपी अवाले भने ।
मुलुकी फौजदारी कार्यविधिमा सार्वजनिक शान्ति खलल पार्ने कसूर सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ । कसुरमा एक वर्ष कैद र १० हजार जरिवाना हुन सक्ने उल्लेख छ । धनुषाको एउटा कार्यक्रममा श्रीनिवासले छाती पिट्दै अभिव्यक्ति दिएका थिए– ’एउटा सन्तका नाताले मेरो व्यक्तिगतत र्फबाट म यहाँका युवाहरुलाई के भन्न चाहान्छु भने, आजका दिनबाट उप्रान्त जसले गाई काटेर मिडियामा राखेको छ र जसले गाई काट्छ त्यो व्यक्तिलाई गएर तपाईंले खुकुरी लिएर गएर काटिदिनुस तपाइँलाई दश वर्षसम्म जेलमा पाल्ने काम म गर्छु । तपाईंको पत्नी, बच्चा, परिवारलाई दश वर्षसम्म तपाईं जेल बसुन्जेल भिख मागेर ल्याएर पाल्ने काम म गर्छु, आँट गर्नुहोस् हिम्मत गर्नुहोस् ।’
यसअघि २५ चैत २०७४ मा आचार्य श्रीनिवासले धार्मिक द्वेष फैलाएको र आफैंलाई गोली हानेको आरोपमा पक्राउ परेका थिए । वराहक्षेत्रस्थित चक्रघट्टीमा उनको आश्रम रहेको छ । श्री लक्ष्मी वैङ्कटेश्वर मन्दिर निर्माण गर्न जनस्तरबाट समेत चन्दा सङ्कलन गरी निर्माण गर्ने चर्चा चलेको दशक बितिसक्दा पनि सो मन्दिर निर्माण हुन सकेको छैन । अतिवादी अभिव्यक्तिका कारण श्रीनिवास पछिल्लो समय विवादित बन्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - २२:४४
काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...
जेष्ठ १४ गते, २०८३ - २२:३७
रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...
जेष्ठ १४ गते, २०८३ - २२:३२
काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...
जेष्ठ १४ गते, २०८३ - २२:२९
काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...
जेष्ठ १४ गते, २०८३ - २२:१४
सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...
जेष्ठ १४ गते, २०८३ - २२:०५
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...
जेष्ठ १४ गते, २०८३ - २२:०३
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...
जेष्ठ १४ गते, २०८३ - २२:००
काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...
जेष्ठ १४ गते, २०८३ - २१:५७
गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...
जेष्ठ १४ गते, २०८३ - २१:५३
कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...



प्रतिकृया लेख्नुहोस्: