Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

कर्णाली मासुमा आत्मनिर्भर, वार्षिक एक करोड ४० लाख बढीको खसीबोका निर्यात

खबरडबली संवाददाता

भेरीगङ्गा । कर्णाली प्रदेशबाट वार्षिक रु एक करोड ४० लाख बराबरको खसीबोका र च्याग्रा निर्यात हुँदै आएको प्रदेश सरकारले जनाएको छ । 

प्रदेश सरकारअन्तर्गत पशुपन्क्षी निर्देशनालयको तथ्याङ्कअनुसार वार्षिक रु एक करोड ४० लाख बढीको खसीबोका निर्यात हुने गरेको हो । सरकारको तथ्याङ्कअनुसार कर्णालीबाट दैनिक ११ लाख ७० हजारको खसी बोका निर्यात भइरहेको छ । 

कर्णाली प्रदेश सरकारको तथ्याङ्कअनुसार दैनिक ११ लाख ७० हजारको खसीबोका प्रदेशबाट बाहिर निर्यात हुने गरेको कर्णाली प्रदेश पशुपन्क्षी निर्देशनालयका प्रमुख कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए । 

“कर्णाली मासुमा आत्मनिर्भर छ, पछिल्लो समय उत्पादन पनि बढेको छ,” उनले भने, “यहाँबाट दैनिक रु ११ लाख ७० हजारको खसी बोका निर्यात भइरहेको छ, चाडपर्वमा अझै धेरैको खसीबोका र च्याग्रा निर्यात हुन्छ । यो हिसाबले वार्षिक रु एक करोड ४० लाख ४० हजार बराबारको निर्यात भइरहेको छ ।” 

प्रदेशका १० जिल्लामध्ये सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिममा खसी बोका र माथिल्लो कर्णालीका पाँच जिल्लामा भेडा च्याग्राको उत्पादन धेरै हुने गरेको प्रमुख पङ्गेनीले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशका पाँच जिल्ला दूधमा आत्मनिर्भर रहेको छ । तर अण्डा भने बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

“अहिले कर्णाली प्रदेश सरकारले दूधमा अनुदान दिइरहेको छ, यसले गर्दा दूध उत्पादन पनि बढेको छ,” उनले भने, “अहिले पाँच जिल्ला सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिम दूधमा आत्मनिर्भर छन्, यी जिल्लाबाट दैनिक तीन ट्याङ्कर दूध बाँके, बुटवलसम्म पुग्ने गरेको छ ।” 

माथिल्लो कर्णालीका जिल्लामा भने दूध उत्पादन कम हुने गरेको भन्दै त्यस क्षेत्रमा उन्नत जातका पशुपालन गर्न प्रेरित प्रदेश सरकारले गरिरहेको उनको भनाइ छ । केही वर्षभित्र कर्णालीका सबै जिल्ला दूधमा पनि आत्मनिर्भर हुने प्रमुख पङ्गेनीले बताए । प्रदेश सरकारले पशुपालन व्यवसायतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...

घर घरमै चिकित्सा सेवा पुर्‍याउँदै डा चेवन

झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...

पाल्पा टिपर दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

 पाल्पा । पाल्पामा शनिबार  बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: