Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

सिन्धुपाल्चोककाे एउटै गाउँमा तीन करोड बराबरको दुध उत्पादन

खबरडबली संवाददाता

सिन्धुपाल्चोक  । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिन्जेलबाट वार्षिक झण्डै ३ करोड मूल्यको दुध उत्पादन भएर अन्यत्र निर्यात हुने गरेको छ । गत आर्थिक बर्षमा बिन्जेलबाट ४ लाख ८७ हजार ७ सय ७९ लिटर दुध निर्यात भएको थियाे । 

एउटै गाउँबाट संकलन भएर २ करोड ९१  लाख ९६ हजार ५ सय ९३ रुपैया बराबरको दुध निर्यात भएको बिन्जेल दुग्धउत्पादक सहकारी संस्थाका व्यवस्थापक द्वारिका नेपालले जानकारी दिए ।  बिन्जेल गाउँ बलेफीको ४ र ५ वडाले छोएपनि यो एउटै गाउँ हो । 

पछिल्लो समय किसानले गाउँमा  उन्नत जातका गाई तथा भैँसी पालन गर्न थालेपछि दूध उत्पादनमा वृद्धि भएको उनले बताए ।
पछिल्लो समयमा ग्रामीण भेगमा हुँदै आएको निर्वाहमुखी पशुपालन घटे पनि व्यावसायिक रूपमा दूध उत्पादन गर्ने किसानको भने वृद्धि भएको छ । स्थानीय र प्रदेश सरकारले किसानलाई खासै अनुदानका कार्यक्रम नदिएपनि किसानहरु आफैं अग्रसर भएर दुध उत्पादनमा लागेको संस्थाका उपाध्यक्ष हरीप्रसाद तिमिल्सिनाले बताए । 

स्थानीय सरकारले किसानहरुलाई प्रोत्साहन गर्नुको साटो वेवास्था गरेका कारण अझै सोचेको जस्तो दुध उत्पादन हुन नसकेको उक्त सहकारीका पूर्व अध्यक्ष कृष्ण सुवेदीकाे भनाइ छ । वार्षिक झण्डै ५ लाख लिटर दुध बेच्ने बिन्जेलमा स्थानीय सरकारले पशुपालक कृषकलाई विजनको व्यवस्था समेत गर्न नसकेको बिन्जेल तल्लो गाउँका पशुपालक तथा सबैभन्दा धेरै दुध बेच्ने किसान डिल्ली नेपालले दुखेसो पोखे । आफूले गाईलाई कृक्रिम गर्भधारणको लागि पाँचखालबाट ३ हजार तिरेर बिजन ल्याउन परेको उनले बताए  ।

पालिकाकामा कृषि तथा पशु प्राविधिक रहेपनि किसानलाई आवश्यक परेको बेलामा सहयोग नपाएको उनको भनाई छ । डिल्ली नेपाल  बिन्जेलका उत्कृष्ट व्यवसायी हुन् । उनले गत वर्ष १३ हजार ९ सय ८० लिटर दुध बेचेका थिए । जसको मूल्य ८ लाख २३ हजार ६ रुपैयाँ हुन्छ ।

सबैभन्दा धेरै  दुध उत्पादन गर्ने किसान भन्दै नेपालललाई सहकारीको ३० औं साधारणसभामा प्रमथ पुरस्कार दिएर सम्मान समेत गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending