Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सिन्धुपाल्चोककाे एउटै गाउँमा तीन करोड बराबरको दुध उत्पादन

खबरडबली संवाददाता

सिन्धुपाल्चोक  । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिन्जेलबाट वार्षिक झण्डै ३ करोड मूल्यको दुध उत्पादन भएर अन्यत्र निर्यात हुने गरेको छ । गत आर्थिक बर्षमा बिन्जेलबाट ४ लाख ८७ हजार ७ सय ७९ लिटर दुध निर्यात भएको थियाे । 

एउटै गाउँबाट संकलन भएर २ करोड ९१  लाख ९६ हजार ५ सय ९३ रुपैया बराबरको दुध निर्यात भएको बिन्जेल दुग्धउत्पादक सहकारी संस्थाका व्यवस्थापक द्वारिका नेपालले जानकारी दिए ।  बिन्जेल गाउँ बलेफीको ४ र ५ वडाले छोएपनि यो एउटै गाउँ हो । 

पछिल्लो समय किसानले गाउँमा  उन्नत जातका गाई तथा भैँसी पालन गर्न थालेपछि दूध उत्पादनमा वृद्धि भएको उनले बताए ।
पछिल्लो समयमा ग्रामीण भेगमा हुँदै आएको निर्वाहमुखी पशुपालन घटे पनि व्यावसायिक रूपमा दूध उत्पादन गर्ने किसानको भने वृद्धि भएको छ । स्थानीय र प्रदेश सरकारले किसानलाई खासै अनुदानका कार्यक्रम नदिएपनि किसानहरु आफैं अग्रसर भएर दुध उत्पादनमा लागेको संस्थाका उपाध्यक्ष हरीप्रसाद तिमिल्सिनाले बताए । 

स्थानीय सरकारले किसानहरुलाई प्रोत्साहन गर्नुको साटो वेवास्था गरेका कारण अझै सोचेको जस्तो दुध उत्पादन हुन नसकेको उक्त सहकारीका पूर्व अध्यक्ष कृष्ण सुवेदीकाे भनाइ छ । वार्षिक झण्डै ५ लाख लिटर दुध बेच्ने बिन्जेलमा स्थानीय सरकारले पशुपालक कृषकलाई विजनको व्यवस्था समेत गर्न नसकेको बिन्जेल तल्लो गाउँका पशुपालक तथा सबैभन्दा धेरै दुध बेच्ने किसान डिल्ली नेपालले दुखेसो पोखे । आफूले गाईलाई कृक्रिम गर्भधारणको लागि पाँचखालबाट ३ हजार तिरेर बिजन ल्याउन परेको उनले बताए  ।

पालिकाकामा कृषि तथा पशु प्राविधिक रहेपनि किसानलाई आवश्यक परेको बेलामा सहयोग नपाएको उनको भनाई छ । डिल्ली नेपाल  बिन्जेलका उत्कृष्ट व्यवसायी हुन् । उनले गत वर्ष १३ हजार ९ सय ८० लिटर दुध बेचेका थिए । जसको मूल्य ८ लाख २३ हजार ६ रुपैयाँ हुन्छ ।

सबैभन्दा धेरै  दुध उत्पादन गर्ने किसान भन्दै नेपालललाई सहकारीको ३० औं साधारणसभामा प्रमथ पुरस्कार दिएर सम्मान समेत गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending