Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

पटक-पटक ११ केजी सुन भित्रिएको थियो दोलखा नाकाबाट

खबरडबली संवाददाता

दोलखा  । चीनको तिब्बतसंग सिमा जोडिएको दोलखाको फलाक नाकाबाट विगतमा तिब्बती शरणार्थी प्रवेश गर्ने समाचारले चर्चा पाउने गरेकाे थियाे । कहिले काँहि त अवैध रुपमा प्रवेश गरेका तिब्बती नागरिकलाई उतै फर्काउन खोज्दा प्रहरीसंग झडप समेत हुने गरेको थियो ।

तर, यो पटक तिब्बती शरणार्थी प्रवेश गरेको विषयले हैन ११ केजी सुन अवैध ढङ्गले भित्रिएको विषयले फलाक नाकाको चर्चा भइरहेको छ । कसैले अनुमान र आशंका समेत नगरेको दोलाखको फलाक नाकाबाट ११ केजी सुन भित्रिएपछि अहिले दोलखा प्रहरी र सिआईवी ले समेत यो घट्नाको सुष्म अनुसन्धान गरिरहेको छ ।

तीन पटक गरेर ११ केजी सुन बरामद गरेको दोलखा प्रहरीले सिआईवीको समेत सहयोगमा अहिलेसम्म तस्करीमा संलग्न रहेको आशंकामा दुई चिनिया नागरिक सहित ११ जनालाई पक्राउ गरेको छ । अहिलेसम्मको अनुसन्धानमा पछिल्लो पटक असोज १७ गते बुधवार काठमाडौंबाट पक्राउ परेका चीनको सिचुवान घर भै काठमाडौंको स्वयम्भु बस्ने आगर लामानै फलाकबाट सुन तस्करी गर्ने गिरोहको मुख्य नाईके भएको देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताए ।

आगर लामासंग अर्का चिनिया नागरिक ग्याङ रोउ र दोलखा लामाबगर घर भइ काठमाडौँ बस्ने नुर्वुछिरीङ शेर्पाको समेत सुन तस्करीमा मिलेमतो र लगानी हुनसक्ने देखिएको प्रहरी नायव उपरीक्षक दिपक खड्काको भनाई छ । यो पटक ठूलो परिमाणमा सुन तस्कर गरेको आगर लामा समूहले ६-७ महिनाको अवधिमा दोलखाको फलाक नाकाबाट थप ३-४ पटक सुन तस्करी गरिसकेको अनुसन्धानमा संलग्न प्रहरीको भनाई छ । ठ्याक्कै कति भन्ने नखुले पनि यो अवधिमा आगर लामा समूहले फलाक नाकाबाट ३५-४० केजी सुन भित्र्याएको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउछन् ।

अहिले प्रहरील्र मुख्य दुई विषय तस्करीमा अन्य चिनिया या नेपाली नागरिकको संलग्नता भए-नभएको र यस अघि भित्र्याईएको सुन भारत वा नेपालको कुन–कुन ठाँउमा बिक्रि गरीयो भन्नेमा केन्द्रीत भएर अनुसन्धान गरीरहेका प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

अहिलेसम्मको अनुसन्धानमा ब्रेक– सु मार्फत भएको सुन तस्करी र भेपमा राखेर गरिएको सुन तस्करी ग्रुपसंग आगर लामा समूहको कनेक्सन नदेखिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । पक्राउ परेका दुई चिनिया नागरिक मध्य आगर लामासंग तिब्बती शरणार्थी कार्ड रहेको र ग्याङ रोउसंग पासर्पोट रहेको अनुसन्धानमा संलग्न दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

सुरुमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्का र ईलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक बिक्रम लामाको टोलीले सुराकीको आधारमा असोज १० गते राति दोलखाको विगु गाँउपालिका ३ जामुने स्थित सिता तमाङको घरमा डेरा वस्ने केशर तमाङको कोठाबाट चार केजी सुन बरामद गरेको थियो ।

अवैध चार केजी सुन सहित असोज १० गते रातिनै विगु गाँउपालिका वडा नम्बर १ लामाबगरका १९ बर्षको पेम्बा तमाङ, २८ बर्षको केशर तमाङ र २० बर्षको माधव मगरलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका केशर तमाङको बयानको आधारमा प्रहरीले असोज १३ गते उनको अर्को कोठाबाट थप तीन केजी सुन बरामद गरेको थियो भने असोज १४ गते विगु १ लामाबगरमा ढुङ्गाको चेपमुनी घाँसको चपरीले छोपेको अवस्थामा जनपथ प्रहरीका प्रहरी निरीक्षक बिक्रम लामा र शसस्त्र प्रहरी निरीक्षक जयन्त केसीको टोलीले चार केजी सुन बरामद गरेको थियो ।

लगतै सुन तस्करीको आरोपमा प्रहरीले विगु १ लामाबगरको ५५ बर्षको नुर्वुछिरीङ शेर्पा र ३० बर्षको सुनमाला तमाङलाई सदरमुकाम चरिकोटकाको एक होटलबाट पक्राउ गरेको थियो भने लामाबगरको राज तमाङ, चिनिया नागरिक ग्याङ रोउ, लालबहादुर तामाङ र ६५ वर्षीय सनद प्रधानलाई काठमाडौँबाट पक्राउ गरेको थियो । त्यसैगरी लामाबगरका ३० वर्षको च्याङबा भन्ने चसमान तमाङलाई घर नजिकबाटै पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार तिब्बतीहरुले चीनपट्टीको रोङ्सा नाकासम्म ल्याएको ११ केजी सुन बिभिन्न सङ्केतको आधारमा मानिस पहिचान गरी ब्यागमा राखेर सिमा खोलाबाट डोरीको माध्यमले दोलखाको फलाक पट्टी पठाएका थिए । त्यसरी आएको सुन चसमान तमाङ र पेम्बा तमाङले लामाबगर ल्याएर आलुको बोरामा राखी स्थानीय युवाहरुको सहयोगमा चरिकोटमा भएका नुर्वुछिरीङ शेर्पालाई दिने योजना बनाउदै गर्दा बिशेष सुराकीको आधारमा प्रहरीले बरामद गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending