काठमाडौं । आइतबार हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार साहसहित १० जना कार्यपालिका सदस्य नगरपालकिाको चाबी बोकेर संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय पुगेका छन् । प्रमुख प्रशासकीय अधिकृतमा रुपमा हाजिर भएको २४ घण्टामै शम्भुप्रसाद यादवको जिम्मेवारी खोसिएपछि मन्त्रीसँग जवाफ माग्ने र चित्त बुझ्दो ढंगले सम्बोधन नभए नगरपालिकाको चाबी बुझाउने गरी बहुमत कार्यपालिका सदस्यहरु मन्त्रालयमा ‘डेलिगेसन’ आएका हुन् ।
उनीहरुको योजना थियो, मन्त्री अनिता देवीलाई भेटेर नगरपालिका कार्यालयको चाबी बुझाउने । तर, मन्त्रीलाई मन्त्रालयमा नभेटेपछि उनीहरु सचिव विनोदसिंह कुँवरको मा पुगे, सचिव पनि मन्त्रालयमा नभएको थाहा भएपछि उनीहरु सहसचिव सुमन दाहालको कार्यकक्षमा हुल बाँधेरै छिरे ।
हरिपूर्वामाथि अन्यायूर्ण तबरले प्रमुख प्रशासकीय अधिकृत नै नदिने गरी षडयन्त्र भएको र त्यसमा मन्त्रालयको भूमिका समेत विवादास्पद देखिएको भन्दै जवाफ माग गरे । दाहालले किन २४ घण्टामै प्रमुख प्रशासकीय अधिकृत फिर्ता भए भन्ने स्पष्ट जवाफ दिएनन् । तर, मन्त्री यादवको टिमलाई हरिपूर्वाको समस्याबारे जानकारी गराएको र छिट्टै समस्या समाधान हुने आश्वास दिलाए ।
तर, हरिपूर्वा नगरपालिकाको सो समूहले मन्त्री यादवसँग भेटेर मात्रै फर्किने भन्दै दिनभर मन्त्रालयमै अड्डा जमायो । तर, दिनभर मन्त्री नभेटेपछि सोमबार मन्त्रालयमा फेरि आउने भन्दै उनीहरु बाहिरिए ।
‘सोमबार मन्त्रीज्यूसँग कुराकानी गर्दा पनि मिलेन भने हामी यहीँ धर्ना सुरु गर्छौं,’ मेयर साहले भने,‘प्रमुख प्रशासकीय अधिकृत नै नदिएर नगरपालिका नै नचेल्ने अवस्था बनाउन पाइन्न, यसका विरुद्ध सिंहदरबारभित्रै लड्छौं ।’ उनले चाबी समेत लिएर आएको भन्दै तुरुन्तै समस्या समाधान नभए मन्त्रीलाई नै बुझाएर जाने चेतावनी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: