काठमाडौं । आइतबार हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार साहसहित १० जना कार्यपालिका सदस्य नगरपालकिाको चाबी बोकेर संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय पुगेका छन् । प्रमुख प्रशासकीय अधिकृतमा रुपमा हाजिर भएको २४ घण्टामै शम्भुप्रसाद यादवको जिम्मेवारी खोसिएपछि मन्त्रीसँग जवाफ माग्ने र चित्त बुझ्दो ढंगले सम्बोधन नभए नगरपालिकाको चाबी बुझाउने गरी बहुमत कार्यपालिका सदस्यहरु मन्त्रालयमा ‘डेलिगेसन’ आएका हुन् ।
उनीहरुको योजना थियो, मन्त्री अनिता देवीलाई भेटेर नगरपालिका कार्यालयको चाबी बुझाउने । तर, मन्त्रीलाई मन्त्रालयमा नभेटेपछि उनीहरु सचिव विनोदसिंह कुँवरको मा पुगे, सचिव पनि मन्त्रालयमा नभएको थाहा भएपछि उनीहरु सहसचिव सुमन दाहालको कार्यकक्षमा हुल बाँधेरै छिरे ।
हरिपूर्वामाथि अन्यायूर्ण तबरले प्रमुख प्रशासकीय अधिकृत नै नदिने गरी षडयन्त्र भएको र त्यसमा मन्त्रालयको भूमिका समेत विवादास्पद देखिएको भन्दै जवाफ माग गरे । दाहालले किन २४ घण्टामै प्रमुख प्रशासकीय अधिकृत फिर्ता भए भन्ने स्पष्ट जवाफ दिएनन् । तर, मन्त्री यादवको टिमलाई हरिपूर्वाको समस्याबारे जानकारी गराएको र छिट्टै समस्या समाधान हुने आश्वास दिलाए ।
तर, हरिपूर्वा नगरपालिकाको सो समूहले मन्त्री यादवसँग भेटेर मात्रै फर्किने भन्दै दिनभर मन्त्रालयमै अड्डा जमायो । तर, दिनभर मन्त्री नभेटेपछि सोमबार मन्त्रालयमा फेरि आउने भन्दै उनीहरु बाहिरिए ।
‘सोमबार मन्त्रीज्यूसँग कुराकानी गर्दा पनि मिलेन भने हामी यहीँ धर्ना सुरु गर्छौं,’ मेयर साहले भने,‘प्रमुख प्रशासकीय अधिकृत नै नदिएर नगरपालिका नै नचेल्ने अवस्था बनाउन पाइन्न, यसका विरुद्ध सिंहदरबारभित्रै लड्छौं ।’ उनले चाबी समेत लिएर आएको भन्दै तुरुन्तै समस्या समाधान नभए मन्त्रीलाई नै बुझाएर जाने चेतावनी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - २२:४४
काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...
जेष्ठ १४ गते, २०८३ - २२:३७
रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...
जेष्ठ १४ गते, २०८३ - २२:३२
काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...
जेष्ठ १४ गते, २०८३ - २२:२९
काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...
जेष्ठ १४ गते, २०८३ - २२:१४
सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...
जेष्ठ १४ गते, २०८३ - २२:०५
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...
जेष्ठ १४ गते, २०८३ - २२:०३
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...
जेष्ठ १४ गते, २०८३ - २२:००
काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...
जेष्ठ १४ गते, २०८३ - २१:५७
गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...
जेष्ठ १४ गते, २०८३ - २१:५३
कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...



प्रतिकृया लेख्नुहोस्: