Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

इजरायलको युद्ध क्षेत्रको बंकरबाट ३४ नेपाली विद्यार्थीको अपिल- हामीलाई बचाउनुस्

खबरडबली संवाददाता

काठमाडाैं । चितवनस्थित कृषि तथा वन विश्वविद्यालय रामपुरबाट इजरायलको कृषि फार्ममा गएका मध्ये ३४ जना विद्यार्थीले  इजरायलको युद्ध क्षेत्रको बङ्करबाट आफुहरुलाई बचाउन अपिल गरेका छन् । हमासले आक्रमण गरेको युद्ध प्रभावित क्षेत्रमा फसेका उनीहरुले आफुहरुलाई बचाउन अपिल गरेका हुन् ।

विश्वविद्यालयबाट गएका सात कृषि फार्म मध्ये सोरासिम, साइड निटसन, रोगोलस्काइ कृषि फार्ममा गएका ३४ जना विद्यार्थी जोखिममा परेका कृषि तथा वन विश्वविद्यालयको योजना निर्देशनालयका निर्देशक शिवचन्द्र ढकालले जानकारी दिए ।उनीहरुको गोपनीयताको कारण विश्वविद्यालयले विद्यार्थीको नाम भने सार्वजनिक गरेको छैन । निर्देशक ढकालका अनुसार विद्यार्थीहरु तीन समूहमा फरक फरक बंकरमा राखिएको छ ।

उनीहरुलाई उद्धार गर्ने टोली पनि त्यहाँ पुगेका छैनन् । उनीहरु नजिकै रहेका कोठाबाट पानी र ड्राइ फुड खाएर ज्यान धानिरहेका छन् । ढकालले हरेक समूहका एक एक जनासँग विश्वविद्यालय टीम सम्पर्कमा रहेका जानकारी दिए ।

आइतबार साँझ सुरक्षित स्थलमा जानको लागि झोला प्याक गर्न भनिएपनि पुनः सुरक्षा संयन्त्रले बाहिर निस्किए जीउकै जोखिम हुने भन्दै बाहिर निस्किनुभन्दा बंकर भित्रै बस्न सुरक्षित रहेको सूचना निकालेपछि उनीहरु उद्धार टोली कुरेर बसिरहेका छन् ।

‘विश्वविद्यालयबाट हरेक टीमका एक एक जनासँग सम्पर्कमा छौँ’, ढकालले भने, ‘३४ जना विद्यार्थी उनीहरु बंकरभित्र ज्यान बचाउने अपिलमा बसिरहेका छन् । उनीहरुसम्म स्थानीय उद्धार टोली पुगेको सूचना अहिलेसम्म आएको छैन ।’

कृषि विश्वविद्यालयकै जिम्मेवार पदमा बसेका व्यक्ति तथा विद्यार्थीले युद्धरत क्षेत्रमा फसेका विद्यार्थीलाई फिर्ता ल्याउन भन्दै सामाजिक सञ्जालमा रकम संकलन अभियान चलाएका छन् ।

ढकाल भने मुख्य कुरा बंकरमा फसेका विद्यार्थीलाई सुरक्षित स्थानमा ल्याउनु रहेको बताउँछन् । सामाजिक सञ्जालमा विश्वविद्यालयसँग पैसा नभएर उद्दार नगरेझैँ रकम संकलन अभियान चलाउनु गलत भएको बताउँदै उनीहरुलाई सुरक्षित स्थानमा पुर्याउन सके तत्कालै नेपाल ल्याउन सकिने पनि उनले जानकारी दिए ।

गत भदौ १६ गते सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत कृषि तथा वन विश्वविद्यालयका अन्तिम वर्षका १ सय १९ जना विद्यार्थी इजरायल उँडेका हुन् । उनीहरु ११ महिनाको लागि इजरायल गएका थिए ।

आक्रमणमा १० जनाको मृत्यु भएको पुष्टि 

हमासले गरेको रकेट आक्रमणका क्रममा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल पुगेका १७ जना नेपालीमध्ये १० जनाको मृत्यु भएको पुष्टि भएकाे छ । 

आक्रमणमा कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी ६ का गणेशकुमार नेपालीको मृत्यु भएको छ। कैलाली भुनियाँ ३ का आशिष चौधरी, दार्चुलाको लेखम ५ का दिपेशराज बिष्ट, धनुषाको सपही ६ का आनन्द शाह, सुनसरी मधुवन १ का राजेशकुमार स्वर्णकारको पनि मृत्यु भएको छ।

यसैगरी आक्रमणमा डोटी पछन्ली ३ का राजन फुलरा, डोटी लमीखाल ८ का पदम थापा, सल्यानको शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाको मल्लिकार्जुन ४ का लोकेन्द्रसिं धामीको पनि मृत्यु भएको छ।

आक्रमणमा परेका एक नेपाली सम्पर्कविहीन रहेका छन् भने ४ जना नेपाली सुरक्षित स्थानमा रहेका छन्। आक्रमणमा सिकिस्त २ जनाको उपचार भइरहेको छ।  गोरखाको गोर्खा ८ का हिमाञ्चल कट्टेल, कैलालीको टीकापुर ९ का धनबहादुर चौधरीको अवस्था सामान्य छ । दुवै जना उपचाररत छन्।

सल्यानको शारदा २ का विधान सेजुवाल र दाङको दंगीशरण ३ का प्रविण डाँगीको खुट्टामा चोट लागेको र उनीहरुको उपचार भइरहेको छ। आक्रमणका क्रममा कञ्चनपुरको भीमदत्त ३ का विपिन जोशी सम्पर्कविहीन रहेका छन् ।

सल्यानको त्रिवेणी गाउँपालिका १ का प्रमोद केसी, कैलाली भजनी ४ का वीरेन्द्र चौधरी सुरक्षित रहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending