Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

इजरायलको युद्ध क्षेत्रको बंकरबाट ३४ नेपाली विद्यार्थीको अपिल- हामीलाई बचाउनुस्

खबरडबली संवाददाता

काठमाडाैं । चितवनस्थित कृषि तथा वन विश्वविद्यालय रामपुरबाट इजरायलको कृषि फार्ममा गएका मध्ये ३४ जना विद्यार्थीले  इजरायलको युद्ध क्षेत्रको बङ्करबाट आफुहरुलाई बचाउन अपिल गरेका छन् । हमासले आक्रमण गरेको युद्ध प्रभावित क्षेत्रमा फसेका उनीहरुले आफुहरुलाई बचाउन अपिल गरेका हुन् ।

विश्वविद्यालयबाट गएका सात कृषि फार्म मध्ये सोरासिम, साइड निटसन, रोगोलस्काइ कृषि फार्ममा गएका ३४ जना विद्यार्थी जोखिममा परेका कृषि तथा वन विश्वविद्यालयको योजना निर्देशनालयका निर्देशक शिवचन्द्र ढकालले जानकारी दिए ।उनीहरुको गोपनीयताको कारण विश्वविद्यालयले विद्यार्थीको नाम भने सार्वजनिक गरेको छैन । निर्देशक ढकालका अनुसार विद्यार्थीहरु तीन समूहमा फरक फरक बंकरमा राखिएको छ ।

उनीहरुलाई उद्धार गर्ने टोली पनि त्यहाँ पुगेका छैनन् । उनीहरु नजिकै रहेका कोठाबाट पानी र ड्राइ फुड खाएर ज्यान धानिरहेका छन् । ढकालले हरेक समूहका एक एक जनासँग विश्वविद्यालय टीम सम्पर्कमा रहेका जानकारी दिए ।

आइतबार साँझ सुरक्षित स्थलमा जानको लागि झोला प्याक गर्न भनिएपनि पुनः सुरक्षा संयन्त्रले बाहिर निस्किए जीउकै जोखिम हुने भन्दै बाहिर निस्किनुभन्दा बंकर भित्रै बस्न सुरक्षित रहेको सूचना निकालेपछि उनीहरु उद्धार टोली कुरेर बसिरहेका छन् ।

‘विश्वविद्यालयबाट हरेक टीमका एक एक जनासँग सम्पर्कमा छौँ’, ढकालले भने, ‘३४ जना विद्यार्थी उनीहरु बंकरभित्र ज्यान बचाउने अपिलमा बसिरहेका छन् । उनीहरुसम्म स्थानीय उद्धार टोली पुगेको सूचना अहिलेसम्म आएको छैन ।’

कृषि विश्वविद्यालयकै जिम्मेवार पदमा बसेका व्यक्ति तथा विद्यार्थीले युद्धरत क्षेत्रमा फसेका विद्यार्थीलाई फिर्ता ल्याउन भन्दै सामाजिक सञ्जालमा रकम संकलन अभियान चलाएका छन् ।

ढकाल भने मुख्य कुरा बंकरमा फसेका विद्यार्थीलाई सुरक्षित स्थानमा ल्याउनु रहेको बताउँछन् । सामाजिक सञ्जालमा विश्वविद्यालयसँग पैसा नभएर उद्दार नगरेझैँ रकम संकलन अभियान चलाउनु गलत भएको बताउँदै उनीहरुलाई सुरक्षित स्थानमा पुर्याउन सके तत्कालै नेपाल ल्याउन सकिने पनि उनले जानकारी दिए ।

गत भदौ १६ गते सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत कृषि तथा वन विश्वविद्यालयका अन्तिम वर्षका १ सय १९ जना विद्यार्थी इजरायल उँडेका हुन् । उनीहरु ११ महिनाको लागि इजरायल गएका थिए ।

आक्रमणमा १० जनाको मृत्यु भएको पुष्टि 

हमासले गरेको रकेट आक्रमणका क्रममा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल पुगेका १७ जना नेपालीमध्ये १० जनाको मृत्यु भएको पुष्टि भएकाे छ । 

आक्रमणमा कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी ६ का गणेशकुमार नेपालीको मृत्यु भएको छ। कैलाली भुनियाँ ३ का आशिष चौधरी, दार्चुलाको लेखम ५ का दिपेशराज बिष्ट, धनुषाको सपही ६ का आनन्द शाह, सुनसरी मधुवन १ का राजेशकुमार स्वर्णकारको पनि मृत्यु भएको छ।

यसैगरी आक्रमणमा डोटी पछन्ली ३ का राजन फुलरा, डोटी लमीखाल ८ का पदम थापा, सल्यानको शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाको मल्लिकार्जुन ४ का लोकेन्द्रसिं धामीको पनि मृत्यु भएको छ।

आक्रमणमा परेका एक नेपाली सम्पर्कविहीन रहेका छन् भने ४ जना नेपाली सुरक्षित स्थानमा रहेका छन्। आक्रमणमा सिकिस्त २ जनाको उपचार भइरहेको छ।  गोरखाको गोर्खा ८ का हिमाञ्चल कट्टेल, कैलालीको टीकापुर ९ का धनबहादुर चौधरीको अवस्था सामान्य छ । दुवै जना उपचाररत छन्।

सल्यानको शारदा २ का विधान सेजुवाल र दाङको दंगीशरण ३ का प्रविण डाँगीको खुट्टामा चोट लागेको र उनीहरुको उपचार भइरहेको छ। आक्रमणका क्रममा कञ्चनपुरको भीमदत्त ३ का विपिन जोशी सम्पर्कविहीन रहेका छन् ।

सल्यानको त्रिवेणी गाउँपालिका १ का प्रमोद केसी, कैलाली भजनी ४ का वीरेन्द्र चौधरी सुरक्षित रहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending