Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

ईसेवा मनि ट्रान्स्फर र मलेशियाको सिबिएल मनि ट्रान्स्फरबिच रेमिट्यान्स भुक्तानी सम्झौता

खबरडबली संवाददाता

काठमाडौं । ईसेवा मनिट्रान्स्फर र मलेशियाको सिबिएल मनि ट्रान्स्फरबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ । 

स्थापना भएको तीन बर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठुलो फड्को मारेको ईसेवा मनिट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ ।

यो सम्झौता संगै मलेशियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले सिबिएल मनि ट्रान्स्फरको १५ शाखाहरु, वा मोबाईल एपबाट नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्नेछन् । साथै सिबिएल मनि ट्रान्स्फरबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तिय संस्थाहरु तथा इसेवाका १००,००० भन्दा बढी क्यास प्वाइन्ट र ७५ लाखं प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्ने बताइएकाे छ  ।

सम्झौतापत्रमा ईसेवामनि ट्रान्सफरको तर्फबाट प्रमुखकार्यकारी अधिकृत, अजेश कोईराला र सिबिएल मनिट्रान्स्फरको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत, मोहम्मद सैदुर रहमान फराजीले हस्ताक्षर गरेका थिए । ईसेवा मनिट्रान्स्फर र सिबिएल मनि ट्रान्स्फरबीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।  

यस सम्झौताबारे बोल्नेक्रममा ईसेवा मनिट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोईरालाले भने, “सिबिएल मनिट्रान्स्फरको रेमिट्यान्स भुक्तानी सम्झौताबाट हामी निकै उत्साहित छौँ। सिबिएल मनिट्रान्स्फर मलेशियामार्फत अब नेपालमा रेमिट्यान्स पठाउन मिल्ने भएकाले विदेशमा रहनुभएका नेपालीहरुलाई सुरक्षित र भरपर्दो माध्यमबाट आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता हुने कुरामा हामीलाई विश्वास छ”।

ईसेवा मनिट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटलमा ध्यमबाट इसेवावालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनिट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एकलाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइ रहेको छ । 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनिट्रान्सफर, देश भरका दुईकरोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिन टेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफ वान सफ्टग्रुपको भगिनी कम्पनी पनि हो । 

सिबिएल मनिट्रान्स्फर विश्वव्यापी रेमिट्यान्समा अग्रणी नामहरू मध्ये एक हो । सिबिएल मनिट्रान्स्फर विश्वसनीयता र विप्रेषण करोबारको सुरक्षाका लागि प्रसिद्ध छ र कम्पनीले लाखौं मानिसहरूलाई छिटो र सहज रूपमा पैसा पठाउन र प्राप्त गर्न मद्दत गरेको छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending