काठमाडौँ । इजरायलमा हमासले गरेको विशाल आक्रमणमासँगै आतङ्कवादी हमला निरन्तर जारी छ । जसले गर्दा नेपालीहरू निकै त्रासमा छन्
युद्धग्रस्त क्षेत्र नजिकै रहेका नेपाली विद्यार्थीको भने शनिवारदेखि आजसम्म उद्धार हुन नसकेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी अजुर्न गिरीले बताए । ‘शनिवारदेखि विभिन्न देशमा विद्यार्थीहरू बंकरमा थिए । तर, अन्य देशका विद्यार्थी तथा नागरिकको उद्धार गरियो । हाम्रा साथीहरू भने शनिवारदेखि नै बंकरभित्रै छन्’ उनले भने ।
हाल कृषि विश्वविद्यालयका ३९ जना विद्यार्थी जीमान फार्ममा छन् । जुन इजिप्टको सिमाना नजिकै पर्छ । इजिप्टको बोर्डरभन्दा ५०० मिटरको दुरीमा मात्रै रहेको उनको भनाई छ । उक्त क्षेत्र गाजासँगको सीमा क्षेत्रबाट भने करिब ३० किलोमिटरको दूरीमा हो । उनीहरू बस्ने ठाउँमा भने सुरक्षित मानिएको छ । तर, न बंकर छन्, न त आर्मी नै छन् । बंकर नै नभएको ठाउँ कसरी सुरक्षित हुने भन्दै उनले प्रश्न गरे ।
त्यस्तै १८ जना विद्यार्थीहरू मिफ्ताहिम भन्ने ठाउँमा रहेको सोरासिम नर्सरीमा छन् । उनीहरू पनि शनिवारदेखि नै बंकरभित्र छन् । अहिलेसम्म उद्धारको लागि कोही नआएको उनको भनाई छ । त्यस्तै ८ जना विद्यार्थीहरू नेटिभ भन्ने ठाउँमा छन् । जुन गाजासँगको सीमा क्षेत्रबाट ४र५ किलोमिटरको दूरीमा पर्छ । थाइल्यान्ड लगायतका देशका नागरिकहरूको भने त्यहाँबाट उद्धार भइसकेको छ । तर, नेपाली विद्यार्थीको भने त्यहाँबाट उद्धार हुन नसकेको उनको भनाई छ ।
आफूहरूसँगै जाम्बिया र थाइल्यान्डका नागरिक समेत काम गर्दै आएको तर, उनीहरूलाई भने सुरक्षित स्थानमा लगिसकिएको बताए । ‘इन्डियाले आफ्ना नागरिकको उद्धार गरेर लगिसक्यो । इजरायलका मानिसहरूलाई हेलिकोप्टरबाट नै उद्धार गरेको छ । हामीले काम गर्ने फार्मको बोस आफैं सुरक्षित क्षेत्रमा गइसकेको छ । अहिले बंकरमा नेपालीहरू मात्र छन् ।’ उनले भने ।
‘मैले राजदूत कान्ता रिजाललाई फोन गरेको थिए । लोकेसन पठाउनु भन्नुभयो । तर, कोही आएका छैनन् । अहिले त बंकरभित्र नेपालीहरू मात्र छन् । अन्य देशकाहरूको फटाफट उद्धार भयो । हामी भने बंकरभित्रै छौं’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: