काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताएका छन् । समावेशी एवम् समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने उनकाे भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले मङ्गलबार विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिँदै मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास र लाञ्छनालाई न्यूनीकरण गर्न थप प्रभावकारी पहलहरु अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे । “मानसिक बिरामी पनि अन्य सामाजिक रोगी जस्तै हुन् । त्यसैले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ, हुन नदिऔँ उनीहरुलाई सम्मानजनक व्यवहार गरौँ”, उनले भने ।
मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले भने, “वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गर्न अन्य देशहरुसँग समन्वय गर्न आवश्यक छ ।” उनले नेपालमा दसमध्ये एक जना मानसिक समस्यासँग बाँचिरहेको र दैनिक १९ जनाले ज्यान गुमाउने गरेको अवस्थाप्रति चिन्ता व्यक्त गरे ।
प्रधानमन्त्रीले भने, “समाजमा व्याप्त गरिबी, बेरोजगारी, जातीय तथा लैङ्गिक भेदभाव, अपेक्षाअनुरुपको जीवनशैली बाँच्न नसक्नु, सांस्कृतिकरुपमा अराजकता बढ्दै जानुजस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । यस्ता प्रचलनहरु अन्यायपूर्ण र संविधानप्रदत्त मौलिक अधिकारविरुद्ध छन् ।”
उनले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार प्रयोग, पर्याप्त निन्द्रा, दैनिक व्यायाम र दुःखमा साथी, सहकर्मी र आफन्तको सहयोग लिने र दिने बानीको विकास गर्नसमेत आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - २२:४४
काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...
जेष्ठ १४ गते, २०८३ - २२:३७
रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...
जेष्ठ १४ गते, २०८३ - २२:३२
काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...
जेष्ठ १४ गते, २०८३ - २२:२९
काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...
जेष्ठ १४ गते, २०८३ - २२:१४
सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...
जेष्ठ १४ गते, २०८३ - २२:०५
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...
जेष्ठ १४ गते, २०८३ - २२:०३
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...
जेष्ठ १४ गते, २०८३ - २२:००
काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...
जेष्ठ १४ गते, २०८३ - २१:५७
गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...
जेष्ठ १४ गते, २०८३ - २१:५३
कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...



प्रतिकृया लेख्नुहोस्: