Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

भायानेटको २४औँ बार्षिक उत्सव विशेष अफरः पुराना ग्राहकको निशुल्क इन्टरनेट अपग्रेड गर्ने

खबरडबली संवाददाता

काठमाडाैं । भायानेट कम्युनिकेसन, नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायक, आफ्ना ग्राहकहरूलाई भरपर्दो र किफायती डिजिटल सेवाहरू प्रदान गरेको २४ वर्ष पूरा गरेको छ।

सन् १९९९ मा आफ्नो स्थापना भएदेखि नै, भायानेटले अत्याधुनिक ब्रोडब्यान्ड इन्टरनेट र आईपीटीभी सेवाहरू उपलब्ध गराएर आफ्ना उपभोक्ताहरूको डिजिटल अनुभव सुधार गर्न निरन्तर लागिपरेको छ ।

भायानेट ले २४ औँ वार्षिक उत्सब को अवसरमा, विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३-महिना सदस्यता मात्र रु २४२४ (भ्याट बाहेक)पर्नेछ। यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन् । यसका साथै भायानेटको चाडपर्व अफरअन्तर्गत सबै ३ महिना वा सोभन्दा माथिका भायानेटग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५०% सम्म छुट पाउनेछन् । 

त्यती मात्र होईन ! आफ्ना ग्राहकहरु प्रति कृतज्ञता जनाउदै, भायानेटले आफ्नोपुराना ग्राहकको इन्टरनेट नि:शुल्क अपग्रेड गरेको छ! जसमध्य भायानेटका वार्षिक ग्राहकहरु, जसको २०० एम्बिपिएस इन्टरनेट छ उहाँहरुको २५० एम्बिपिएस अपग्रेड भएको छ, ३०० एम्बिपिएस इन्टरनेट भएका ग्राहक ले निसुल्क ४०० एम्बिपिएस पाएका छन्, त्यस्तै अन्यको पनि इन्टरनेट निशुल्क अपग्रेड गरिएको छ ।

भायानेटसँग प्रविधिमा सधै एक कदम अगाडी आफ्ना ग्राहकलाई सुबिधा दिने इतिहास छ । २०११ मा, हामीले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स (एफ टि टि एच) को सुरुवात गर्यौँ, जसले देशलाई उच्च-गतिको डिजिटल युगमा अघी बढ्न सहयोग गर्यो । २०१६ मा, भायानेटले आइपिटिभी सेवाहरू ल्याएर नेपालमा टिभी हेर्ने अनुभवमा नयाँ पन थप्यो ।

ग्राहकहरूलाई गुणस्तरीय सेवाहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धताले कम मुल्य मा १७५+ टिभि च्यानलहरू प्रदान गर्ने भायाटिभीको सुरुवात गरेको हो । र हामी केहि समय अगाडी मात्रै नेपालको पहिलो मल्टि-गिग इन्टरनेट,२ जिपिएस एक्स जि एस-एक्स्ट्रीम प्याकेज, जुन अत्याधुनिक एक्स जि एस फाइबर टेक्नोलोजीमा निर्मित छ, सुरु गरेकोमा कृतज्ञ छौं। भायानेट कम्युनिकेसनले नेपालमा इन्टरनेट जडानलाई पुन: परिभाषित गर्दैछ।

हामीले २४ अविश्वसनीय वर्षहरू मनाउँदै गर्दा, हामी हाम्रा कर्मचारीहरू, हाम्रा वफादार ग्राहकहरू, र हाम्रा सबै सरोकारवालाहरूलाई यस यात्रालाई उल्लेखनीय बनाउनको सहयोगी हात बनेकोमा हृदयदेखि धन्यवाद दिन्छौं।  भायानेट कम्युनिकेसन भविष्यमा व्यक्तिगत र व्यावसायिक दुवै आवश्यकताहरूका लागि इन्टरनेट, टिभी र डिजिटल सेवाहरूको विकासशील मागहरू पूरा गर्न प्रतिबद्ध छ।

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending