Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

प्रतिनिधि सभा बैठक : शून्य समयमा कुन सांसदले के भने ?

खबरडबली संवाददाता

काठमाडाैं । संघीय संसद्अन्तर्गत शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदले चाडपर्वलक्षित बजार अनुगमन गर्नदेखि बझाङ भूकम्प पीडितसम्मको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभा सदस्य विमला सुवेदीले खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले चाडपर्वको समयमा अत्यधिकरूपमा खाद्यान्नको मूल्यवृद्धि भएको यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले प्रभावकारी बजार अनुगमन गर्न सरकारलाई आग्रह गरिन् । सुवेदीले हवाई यातायात र स्थल यातायातमा ठगि हुनसक्ने भन्दै यात्रुको सहज यात्राका लागि ध्यान दिन पनि सरकारसँग आग्रह गरिन् ।   

अर्का प्रतिनिधि सभा सदस्य भीमप्रसाद आचार्यले स्थानीय तहको कर्मचारी र शिक्षकको समस्यामा सरकार बेखबर रहेको बताए । उनले वीर अस्पतालबाट चिकित्सकलाई अन्यायपूर्ण ढंगले निकालिएको बताए । त्यस्तै, कालोबजारी भइरहँदा पनि सरकार बेखबर बनेको उनको भनाइ छ ।

‘स्थानीय तहका कर्मचारीहरूको समस्या आइरहेका छन् । सरकार बेखबर छ । बालबिकासका शिक्षकहरू, राहत र अस्थायी शिक्षकहरूका समस्यामा सरकार बेखबर छ । उनीहरूले आन्दोलन गरिरहेका छन् । वीर अस्पतालबाट अन्यायपूर्ण ढंगले डाक्टरहरूलाई निष्काशन गरिएको छ, सरकार बेखबर छ,’ आचार्यले भने, ‘स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ, तर गुण्डागर्दी गर्ने, ज्यानमार्ने मान्छेहरू छुटिरहेका छन् । डेंगु संक्रमण राजधानीमा बढेको छ । सरकार बेखबर छ । कालोबजारी चर्को छ । यस्तो अवस्थामा सरकार कहाँ छ ?’  

प्रतिनिधि सभा सदस्य मनिष झाले भूकम्पग्रस्त क्षेत्र बझाङमा यातायातको सरल व्यवस्था गर्न सरकारसँग माग गरे । उनले चाडपर्वको बेलामा सो क्षेत्रमा सहज वातावरण बनाइदिएर राज्य र सरकार छ भन्ने अनुभूति दिलाउनुपर्ने बताए ।  

‘बझाङमा भूकम्पग्रस्त क्षेत्रमा पुग्नका लागि यातायातको सरल व्यवस्था भइसकेको छैन । टिकट काट्नलाई रातारात बसेर लाइन लाग्नुपर्छ । त्यहाँ आवश्यक उद्धार कार्यपनि भइरहेको छैन । राज्यको आवश्यक उपस्थिति चाडपर्वको बेलामा भइदेओस् र सबैलाई राज्य छ, सरकार छ र कसैले हेर्दैछ भन्नेकुराको अनुभुति भइदेओस्,’ सांसद झाले भने ।  

प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नेपालको उत्पादन पद्धतिमा नयाँ ढंगले सोचेर संरचनागत परिवर्तन गर्न आवश्यक भएको बताए । उनले विद्यमान आर्थिक संकट र चुनौतीहरूलाई संरचनागत परिवर्तनमार्फत् आर्थिक क्रान्तिमा बदल्नुपर्ने बताए ।  

‘राष्ट्र बैंक नेपालको मौद्रिक अधिकारी र बैंकिङ प्रणालीको नियामक संस्था हो । इन्ट्रेस्ट रेट, पेक सिस्टम, इन्भेस्टमेन्ट प्रायरोटी लगायतका क्षेत्रमा उसले गरेका निर्णयहरुले सुखद परिणाम प्राप्त भएका छैनन् । अर्कोतर्फ १६ प्रतिशतको औद्योगिक स्थिति ४ प्रतिशतमा झरेको छ,’ सांसद सापकोटाले भने, ‘५० प्रतिशतको खेतियोग्य जमिन बाँझो छन् । त्यसैले उत्पादन पद्धतिमै नयाँ ढंगले सोच्नुपर्ने संरचनागत परिवर्तन अनिवार्य हुन गएको देखिन्छ । मार्क्‍सवादले भन्छ, इतिहासका खास संकट र चुनौतीहरूले क्रान्तिको जन्म गराउँदछ । आजको आर्थिक संकट र चुनौतीहरूलाई संरचनागत परिवर्तनमार्फत आर्थिक क्रान्तिमा बदलौँ ।’

प्रतिनिधि सभा सदस्य रघुजी पन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विजया दशमीको शुभकामना दिँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, नेपाली भूमि र नेपाली जनताको स्वाभिमानको कदर गर्न आग्रह गरे ।  

‘भारतप्रति रहेको नेपालको मित्रभाव, युगौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, नेपाली भूमि र नेपाली जनताको स्वाभिमानको कदर गर्ने कार्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी विजयादशमीले प्रेरित गर्न सकोस् भनि उहाँलाई विजया दशमीको शुभकामना,’ सांसद पन्तले भने ।  

प्रतिनिधि सभा सदस्य रणेन्द्र बरालीले दसैको समयमा हुने गाडी दुर्घटनाप्रति सरकार बेलैमा सचेत हुनुपर्ने बताए । उनले दसैँमा दलित समुदायलाई मन्दिर प्रवेशमा रोक लगाउँदा झडप हुने घटनाहरू आउने भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।  

‘प्रत्येक दसैँमा गाडी दुर्घटना हुन्छ । त्यसमा नेपाल सरकारको ध्यान पुगोस् । दसैँका सन्दर्भमा दलित समुदायका बीच मन्दिर पूजाका लागि असमानता भएर हुने झडप, झगडा वर्षको १०/२० वटा जहिलेपनि हुन्छ मुद्दा । यस किसिमको पूजामा हुने असमानताको निमित्त जहाँ ख्याल गर्नुपर्छ सरकारले उनीहरूको समान अधिकारको व्यवस्था राज्यबाट होस्,’ सांसद बराइलीले भने ।  

प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले दसैँको समयमा डेंगुको संक्रमण बढेको भन्दै लामखुट्टे मार्नका लागि सरकारले पहल गर्नुपर्ने बताए ।  

‘यसवर्षको चाडपर्व, दसैँ लामखुट्टे पीडित चाडको रूपमा देखा पर्ने भयो । डेंगु पीडित दसैँ हुने भयो । सरकारले लामखुट्टे मार्नका लागि पहल गर्नका लागि अनुरोध गरेँ । महंगी बढेको छ । कालोबजारी बढेको छ । यसको नियन्त्रणमा सरकार अगाडि बढोस्,’ उनले भने, ‘नेपाल एयरलाइन्सका टिकटहरू महँगा छन् । कालोबजारीमा बिक्री भइराखेका छन् । नेपाल एयरलाइन्स अहिले पनि ४८ अर्ब भन्दा बढी घाटामा छ । यसका बारेमा सरकारको ध्यान जाओस् ।’     

खतिवडाले नेपाल एयरलाइन्सका टिकट महँगो भएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending