काठमाडाैं । फिलिपिन्समा बसोबास गर्दा पैसा तिरेर १२ हजार महिलासँग यौनसम्पर्क गर्ने एक विद्यालयका प्रमुख पक्राउ परेका छन् । ती महिलामध्ये एक १३ वर्षीया बालिका पनि भएको आरोपमा प्रहरीले जापानमा उनलाई पक्राउ गरेको हाे ।
युहेइ ताकासिमाले आफ्नो जीवनको २७ वर्षको अवधिमा शोषण गरेका घटनाका एक लाख ५० हजार फोटो करिब ४०० किताबमा राम्रोसँग सङ्कलन गरेर राखेका छन् । उनले यी कुराको सम्झना कायम राख्न आफूले यी फोटोको पुस्तक बनाएको जानकारी दिए भनी जिजी प्रेसले उल्लेख गरेको छ ।
हाल ६४ वर्षका ताकासिमाले सन् १९८८ मा आफूलाई मनिलास्थित एक जापानी विद्यालयमा पठाइएपछि पैसा तिरेर यौनसम्पर्क राख्न सुरु गरेको जानकारी प्रहरीलाई दिए भनी जिजीले उल्लेख गरेको छ ।
यसपछि यी माध्यामिक विद्यालयका प्रमुखले प्रत्येक वर्ष फिलिपिन्समा यस्तो तीनवटा यौनयात्रा गर्ने गर्थे र उनले यस्ता यात्रा ६५ पटक गरेको बताएका छन् ।
उनले यस अवधिमा १२ हजारभन्दा बढी महिलासँग यौनसम्पर्क गरेको र ती महिलाको उमेर १४ देखि ७० वर्षसम्म भएको जानकारी दिए भनी एनटीभीले उल्लेख गरेको छ । समाचारमा यी शिक्षकको यौनयात्रा कतिसम्म लामो हुने गरेको र एक महिलासँग कतिपटक यौन सम्पर्क गरे भन्ने विषयमा जानकारी दिइएको छैन ।
उसले प्रत्येक दिन एक भन्दा बढी महिलासँग यौनसम्पर्क गरेको अनुमान गरिएको छ । ताकासिमाले आफूले यौनसम्पर्क गरेका करिब १० प्रतिशत महिला १८ वर्ष भन्दा कम उमेरको भएको जानकारी प्रहरीलाई दिए भनी जिजीले उल्लेख गरेको छ ।
ताकासिमाले मनिलामा गत वर्ष १३ वा १४ वर्षकी बालिकासँग यौनसम्पर्क गरेको भनी निजलाई पक्राउ गरिएको छ । प्रहरीले विदेशमा गरेका केही अपराधमा मुलुकभित्रै कारवाही गनसक्ने जिजीले उल्लेख गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - २२:३४
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...
श्रावण ७ गते, २०८३ - २२:२७
काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...
श्रावण ७ गते, २०८३ - २२:०४
ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...
श्रावण ७ गते, २०८३ - २१:५४
काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...
श्रावण ७ गते, २०८३ - २१:५३
तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...



प्रतिकृया लेख्नुहोस्: