Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

बजारमा सुपथ पसलकाे तामझाम, दुर्गमका रित्ता गोदाममा सुपथ पसलकाे व्यानर

खबरडबली संवाददाता

धनगढी । दसैं–तिहारलगायत चाडपर्वलाई लक्ष्य गर्दै नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले तराईलगायत सुगम क्षेत्रमा तामझामका साथ सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । तर अधिकांश समय खाद्य संकट हुने दुर्गम जिल्लामा सुपथ पसल त के खाद्यान्न नभएर गोदाममा ताल्चा झुन्डिएका छन् ।

सुदूरपश्चिममा खाद्यान्न संकट भइरहने बाजुरामा कम्पनीका गोदाम रित्ता छन् । अत्यधिक माग हुने कोल्टीस्थित खाद्य डिपोले असोज ८ देखि खाद्यान्न सकिएको सूचना टाँस गरेर गोदाम बन्द गरेको छ । कोल्टी क्षेत्रकै कवाडी र मुक्तिकोट बिक्री केन्द्रको अवस्था पनि उस्तै छ ।

यता सदरमुकाम मार्तडीमा भने झन् गजब छ । गोदाममा खाद्यान्न छैन । तर उपल्लो निकायको निर्देशनमा गोदामबाहिर ‘सुपथ मूल्य पसल’को ब्यानर झुन्ड्याइएको छ । ‘के भन्नु, अनौठो तरिका भएको छ । गोदाममा चामल छैन, सुपथ मूल्य पसलको ब्यानर झुन्ड्याउनू भनेर निर्देशन आयो,’ कम्पनीको मार्तडी शाखा प्रमुख मेखराज ओझाले भने ।

कोल्टी डिपोको गोदाम रित्तिँदा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् । गोदाममा भएका बेला डिपोले प्रतिकिलो ५६ रुपैयाँमा बिक्री गर्ने गुणस्तरकै चामल अहिले बजारमा ७० रुपैयाँ प्रतिकिलो किन्नुपरेको छ । ‘सहर बजारतिर त यतिबेला खाद्यले सुपथ मूल्य पसल चलाएर केही सस्तोमा बिक्री गर्न लागेको सुन्छौं,’ वीरबहादुर रोकायाले भने, ‘तर हामी जस्तो दुर्गमका बासिन्दालाई भने सस्तो चामल त परै आओस्, खाद्यान्न नै छैन भनेर गोदाम बन्द गरिएको छ ।’

प्रदेश कार्यालयमा बारम्बार गुहार्दा आश्वासन आए पनि चामल भने आउन नसकेको उनले जनाए । ‘हामीलाई पनि तनाव छ, चाडबाडका मुखमा गोदाममा ताल्चा झुन्ड्याउनुपरेको छ,’ कोल्टी डिपो प्रमुख भीमबहादुर बुढाले भने ।

नेपाल खाद्य तथा व्यापार कम्पनी प्रदेश कार्यालय धनगढीले भने ढुवानी सम्झौता गर्न ढिलाइ भएर समस्या भएको बताएको छ । मोटा चामल धनगढीमै अभाव रहेको र मसिनो चामल भने पठाउने तयारी रहेको कार्यालयकी लेखा अधिकृत कल्पना विष्टको भनाइ छ । ‘सुदूरपश्चिममा बैतडी र डोटीबाहेक सबै जिल्लामा सुपथ मूल्य पसल सञ्चालनको योजना छ,’ उनले भनिन् । कम्पनीले बाजुरा सदरमुकाम मार्तडीमा अघिपछि पनि ‘अरुवा’ मोटा चामल प्रतिकिलो ५४ र मसिनो ९२ रुपैयाँमा बिक्री गर्थ्यो ।

चाडबाडको समयमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्य राखेर कम्पनीले पसल खोले पनि दुर्गम क्षेत्रलाई भने बेवास्ता गरेको स्थानीय बताउँछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा बाजुरासहित ४२ जिल्लाका ४८ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरेको दाबी गरिरहेको छ । सरकारले सुपथ मूल्य पसलका लागि अनुदान दिएकाले यति बेला प्रतिकिलो सात रुपैयाँ छुट दिइरहे पनि दुर्गमका उपभोक्तालाई भने पुरानै मूल्यमा पनि खाद्य सामग्री पाउने व्यवस्था गर्न कम्पनी चुकेको छ ।

दसैंतिहार लक्षित गरी धेरै जिल्लामा सुपथ मूल्य पसल संचालन भइरहेका समाचार सुनेर मंगलबार चामल किन्न मार्तडीस्थित गोदाममा पुगेका बीरबहादुर थापा रित्तो हात फर्किए । सधैं प्रतिकिलो ५४ रुपैयाँ पर्ने मोटो चामलका लागि पंसाको जोहो गरेर आएका उनी खाली हात फर्किएका हुन् । गोदाममा ९२ रुपैयाँ किलो पर्ने मसिनो चामल भए पनि बिक्री भइरहेको छैन । ‘कसरी त्यति महँगो चामल किनेर खानु ?’ उनले भने, ‘सामान्य मानिसले किन्न नसक्ने भाउको चामल ल्याएर राखिदिएको छ । सरकारको पसलमा जनतालाई सस्तो हुने केही सामान छैन ।’ मार्तडी डिपोमा पुगेर दैनिक २५/३० जना रित्तो हात फर्किने गरेका छन् । उता, बाजुराको कोल्टी, कवाडी डिपोमा पनि त्यही अवस्था छ । मार्तडीमा भदौ २४ मै चामल सकिएको सूचना टाँस गरिएको कार्यालय प्रमुख मेखराज ओझाले बताए ।

बाजुरामा गत आर्थिक वर्ष ०७९/८० मा मार्तडीमा ९ हजार, कोल्टीमा ८ हजार, कवाडीमा ३ हजार र मुक्तिकोटमा ५ सय क्विन्टल मोटा चामल बिक्री भएको थियो । ‘महँगो मूल्य पर्ने भएकाले मसिना चामलको विक्री नगण्य मात्रामा हुन्छ,’ मार्तडीस्थित शाखा कार्यालय प्रमुख ओझाले भने । कान्तिपुरमा याे समाचार छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending