बझाङ । बझाङ भूकम्पका कारण जिल्लाका १२ हजार ३७६ वटा घर तथा भवनमा क्षति पुगेको छ । जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट प्राप्त विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
जिल्लामा पूर्ण, आंशिक र सामान्य क्षति भएका १२ हजार ३७६ घर तथा भवन छन् । विवरण अनुसार जिल्लामा दुई हजार ४४५ घरमा पूर्ण क्षति पुगेको छ । छ हजार ८४ आंशिक र तीन हजार ५२४ घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट १२३ वटा सरकारी भवन तथा कार्यालय पूर्ण क्षति र १५२ भवनमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
जलविद्युत्, शौचालय, सामुदायिक भवनतर्फ ५० वटामा क्षति भएको छ । भूकम्पमा जिल्लाभरि छ वटा चौपाया मरेका थिए । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बझाङ पुगेर भूकम्पको क्षति तथा पुनर्निर्माण सम्बन्धमा अध्ययन गरेको थियो । बझाङमा भूकम्पको प्रभाव, क्षति र भावी रणनीतिका सम्बन्धमा शुक्रबार जिल्लाका सरोकारवालासँग आयोजित छलफलमा पुनर्निर्माणका लागि प्राधिकरणले आवश्यक तयारी थालेको जानकारी दिइएको थियो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव कृष्ण गैरेले भूकम्पपछिको पुनर्निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यक्त गर्नुभएको योजना अनुसार प्रभावित क्षेत्रमा प्रारम्भिक अवलोकन, अनुगमन गर्न आफूहरू आएको जानकारी दिए ।
उनले पुनर्निर्माणमा स्थानीय तह, जिल्ला विपत् व्यवस्थापन समिति, प्रदेश सरकार तथा सङ्घ सरकारको भूमिकाका बारेमा समेत सरोकारवालासँग जानकारी लिनुभएको थियो । उनले निजी आवास पुनर्निर्माण, प्रबलीकरण, बस्तीको जमिनको अवस्था, घरको अवस्थालगायत विषयमा एक हप्ताभित्र प्राधिकरणबाट प्राविधिक खटाएर पुनर्निर्माणको कार्य अघि बढाइने बताए ।
उनका अनुसार सुरुमा प्राधिकरणका कर्मचारीले स्थानीय तहको समन्वयमा पीडितको घरमा पुगेर विस्तृत विवरण तयार गर्ने, पालिकास्तरीय विपत् व्यवस्थापन समितिको बैठकबाट अनुमोदन, जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा अनुमोदनपछि पुनर्निर्माण कार्य अघि बढाइने छ । कार्यक्रमका सहभागीले पुनर्निर्माणको कार्यलाई छिटोछरितो गरेर विपत्मा परेका नागरिकलाई अनुभूति दिने वातावरण बनाउन आग्रह गरे ।
पीडित नागरिकको घर घरमा गएर सत्यतथ्य विवरण ल्याई पुनर्निर्माणको कामलाई छरितो बनाउनुपर्नेसमेत स्थानीयले सुझाव दिएका छन् । जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, थलारा गाउँपालिकालगायत स्थानीय तहका विद्यालय भवन भत्किएकाले विद्यालय बन्द अवस्थामा छन् । जिल्लाका झन्डै आठ हजारभन्दा बढी नागरिक त्रिपालमुनि रात काट्न बाध्य छन् ।
असोज १६ यता झन्डै ५२० पटक परकम्प गएको छ । अहिले पनि भूकम्पको परकम्प नरोकिएकाले स्थानीयस्तरमा त्रास कायमै छ । थलारा गाउँपालिका–३ की टालु कामीले भने, “जमिन हल्लिरहेको छ । घर भत्किएर पालमुनि बसिरहेका छौँ । घर बनाएको ऋण तिर्न नपाउँदै घर भत्किएपछि उठिबास भएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: