Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

बझाङ भुकम्पः बाह्र हजार घरमा क्षति, पुनर्निर्माणको तयारी गर्दै प्राधिकरण

खबरडबली संवाददाता

बझाङ  । बझाङ भूकम्पका कारण जिल्लाका १२ हजार ३७६ वटा घर तथा भवनमा क्षति पुगेको छ । जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट प्राप्त विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो । 

जिल्लामा पूर्ण, आंशिक र सामान्य क्षति भएका १२ हजार ३७६ घर तथा भवन छन् । विवरण अनुसार जिल्लामा दुई हजार ४४५ घरमा पूर्ण क्षति पुगेको छ । छ हजार ८४ आंशिक र तीन हजार ५२४ घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट १२३ वटा सरकारी भवन तथा कार्यालय पूर्ण क्षति र १५२ भवनमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । 

जलविद्युत्, शौचालय, सामुदायिक भवनतर्फ ५० वटामा क्षति भएको छ । भूकम्पमा जिल्लाभरि छ वटा चौपाया मरेका थिए । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बझाङ पुगेर भूकम्पको क्षति तथा पुनर्निर्माण सम्बन्धमा अध्ययन गरेको थियो । बझाङमा भूकम्पको प्रभाव, क्षति र भावी रणनीतिका सम्बन्धमा शुक्रबार जिल्लाका सरोकारवालासँग आयोजित छलफलमा पुनर्निर्माणका लागि प्राधिकरणले आवश्यक तयारी थालेको जानकारी दिइएको थियो ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव कृष्ण गैरेले भूकम्पपछिको पुनर्निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यक्त गर्नुभएको योजना अनुसार प्रभावित क्षेत्रमा प्रारम्भिक अवलोकन, अनुगमन गर्न आफूहरू आएको जानकारी दिए ।

उनले पुनर्निर्माणमा स्थानीय तह, जिल्ला विपत् व्यवस्थापन समिति,  प्रदेश सरकार तथा सङ्घ सरकारको भूमिकाका बारेमा समेत सरोकारवालासँग जानकारी लिनुभएको थियो । उनले निजी आवास पुनर्निर्माण, प्रबलीकरण, बस्तीको जमिनको अवस्था, घरको अवस्थालगायत विषयमा एक हप्ताभित्र प्राधिकरणबाट प्राविधिक खटाएर पुनर्निर्माणको कार्य अघि बढाइने बताए ।

उनका अनुसार सुरुमा प्राधिकरणका कर्मचारीले स्थानीय तहको समन्वयमा पीडितको घरमा पुगेर विस्तृत विवरण तयार गर्ने, पालिकास्तरीय विपत् व्यवस्थापन समितिको बैठकबाट अनुमोदन, जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा अनुमोदनपछि पुनर्निर्माण कार्य अघि बढाइने छ । कार्यक्रमका सहभागीले पुनर्निर्माणको कार्यलाई छिटोछरितो गरेर विपत्मा परेका नागरिकलाई अनुभूति दिने वातावरण बनाउन आग्रह गरे । 

पीडित नागरिकको घर घरमा गएर सत्यतथ्य विवरण ल्याई पुनर्निर्माणको कामलाई छरितो बनाउनुपर्नेसमेत स्थानीयले सुझाव दिएका छन् । जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, थलारा गाउँपालिकालगायत स्थानीय तहका विद्यालय भवन भत्किएकाले विद्यालय बन्द अवस्थामा छन् । जिल्लाका झन्डै आठ हजारभन्दा बढी नागरिक त्रिपालमुनि रात काट्न बाध्य छन् । 

असोज १६ यता झन्डै ५२० पटक परकम्प गएको छ । अहिले पनि भूकम्पको परकम्प नरोकिएकाले स्थानीयस्तरमा त्रास कायमै छ । थलारा गाउँपालिका–३ की टालु कामीले भने, “जमिन हल्लिरहेको छ । घर भत्किएर पालमुनि बसिरहेका छौँ । घर बनाएको ऋण तिर्न नपाउँदै घर भत्किएपछि उठिबास भएको छ ।”  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending