काठमाडौं । काठमाडाैंकाे टोखा नगरपालिकाले गुणस्तरहीन पानी बिक्री वितरण गरेको भन्दै एक उद्योगमा सिल गरेको छ । नगरपालिकाबाट शुक्रबार खटिएको अनुगमन टोलीले टोखा नगरपालिका-३ ढलमलटोलमा सञ्चालित एक्वा अविरल पानी उत्पादन गर्ने सिलवाल गुप्र इण्ड्रष्टिज प्रालिमा सिल गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले स्थानीय तहमा दर्ता नभई विगत १६ वर्षदेखि सञ्चालनमा रहेको र गुणस्तरहिन पानी उत्पादन गरी बिक्री वितरण गरेकाले उद्योगमा सिल गरिएको जानकारी दिए ।
यस्तै, नगरपालिकाको बजार अनुगमनका क्रममा वडामा दर्ता नभई सञ्चालित गोँगबु तरकारी बजारलाई १० हजार, म्याद नाघेको वस्तु बिक्री वितरण गर्ने सागर प्लास्टिक सप्लायर्सलाई पाँच हजार र दर्ता नगरी सञ्चालित गुड्डु किराना एण्ड मसला सेन्टर गोँगबुलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ ।
यसैगरी, टोखा नगरपालिका वडा नं ११ बानियाँटारमा सञ्चालित क्वालिटी फ्रेस चिकेन सप्लायर्सलाई सिल गरेको छ । नगरपालिकाले चाडपर्वको समयमा टोखावासीको जनस्वास्थ्यलाई ध्यानमा दिएर अनुगमनलाई तीव्रता दिएको हो ।
अनुगमनका क्रममा नगर प्रमुख प्रकाश अधिकारी, नगर उपप्रमुख मुरारी तामाङ, वडा नं ११ का वडाध्यक्ष घनश्याम खड्का, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, घरेलु तथा साना उद्योगका प्रतिनिधिलगायत टोखाका कर्मचारीको सहभागिता थियो ।
काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा छन् । नगरपालिकाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई निरन्तरता दिने नगरपालिकाकी पशुसेवा शाखाकी प्रमुख डा. सुस्मिता गौतमले जानकारी दिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: